११ महिनामा ६७ अर्ब ८१ करोडको इन्धन आयात, वैशाख र जेठमा उच्च माग

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउनदेखि जेठ मसान्तसम्म) मा नेपालको इन्धन आयात निरन्तर बढेर कुल ६ लाख ८५ हजार १२७ किलोलिटर पुगेको छ, जसबाट सरकारले ३७ अर्ब ६० करोड ४२ लाख  रुपैयाँ राजस्व सङ्कलन गरेको छ। भन्सार विभागको  तथ्याङ्क अनुसार साउन महिनामा ६७ हजार ७२४ किलोलिटर इन्धन आयात भएकोमा असोज र […]

बिमितलाई दावि भुक्तानी रकम लिन आउन नेशनल लाइफको आग्रह

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सलले दावि भुक्तानी तथा चुक्ता रकम लिन आउन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गरेर दावि भुक्तानी तथा चुक्ता भुक्तानी मुल्य रकम लिन आउने आग्रह गरेको हो । कम्पनीले जारी विभिन्न बीमा योजना अन्र्तगत नियमानुसारको पूर्ण अवधि भुक्तानी दावी/आशिंक दावी भुक्तानी / चुक्ता भुक्तानी मूल्य रकम नलिएका बीमित / […]

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

नवलपरासी । परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाइँ अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ । कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव, उत्पादन लागतमा भएको वृद्धि र बदलिँदो मौसमको चुनौतीबीच धान रोप्ने मेसिनको प्रयोग किसानका लागि प्रभावकारी विकल्प बन्दै गएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा पछिल्ला […]

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

भोजपुर । सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला भोजपुरमा पनि सञ्चालन भइरहेको छ । प्रत्येक वर्ष असार १४ देखि साउन १५ गतेसम्म सञ्चालन हुनेगरी सरकारले सुरु गरेको सगरमाथा वृक्षरोपण महाअभियान भोजपुरमा पनि जारी रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले बताए । उनले भने, “भोजपुरमा पनि यो अभियान निरन्तर चलिरहेको छ, यसले […]

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

नवलपरासी। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को बुलिङ्टार गाउँपालिकाका किसान विषादीरहित तरकारी उत्पादनमा जुटेका छन् । तरकारी तथा अन्नबालीमा विषादीबाट हुने क्षतिका बारेमा जानकारी पाएपश्चात् यहाँका किसान खेतबारीमा रासायनिक विषादीलाई निरुत्साहित गर्दै प्राङ्गारिक खेतीतर्फ अग्रसर भएका हुन् । बुलिङ्टार गाउँपालिका-१ की पहलसिं सारु मगरले स्थानीय सामग्रीबाट झोलमल तयार पारेर अन्नबालीमा प्रयोग गर्न थालेको बताउनुभयो । “हामीले झोल मल-१, झोल […]

शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका हात्ती प्रभावित क्षेत्रमा स्वचालित बत्ती जडानको काम सुरु गरिएको छ । निकुञ्जबाट बस्तीमा प्रवेश गर्ने जङ्गली हात्तीका कारण हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) अन्तर्गत बत्ती जडान अभियान सुरु गरिएको हो । प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री […]

विश्वपक फुटबल : स्पेन क्वाटरफाइनलमा प्रवेश, पोर्चुगल पराजित 

काठमाडौं । पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पारजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो । मेरिनोले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासमा गोल गरेको […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ आज भारी वर्षा

काठमाडौं । देशका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना छ । केहीमा भने हावाहुरीको पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेस र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । दिउँसो देशभर […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र पाउण्डको मूल्य बढेको छ भने युरोको विनिमयदर घटेको हो । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको […]

एनपीएल तेस्रो संस्करण : क्याटेगोरी ‘सी’का १७ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्ध

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेलाडी अक्सन सुरु भएसँगै पहिलो चरणको क्याटेगोरी ‘सी’ मा १७ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्ध भएका छन्। विराटनगर किङ्स र जनकपुर बोल्ट्सले सर्वाधिक ४ लाख २५ हजार रुपैयाँ खर्च गर्दै क्रमशः सुजन थपलिया र रित गौतमलाई टोलीमा भित्र्याएका छन्। राजधानीमा जारी अक्सनमा क्याटेगोरी ‘सी’ का ७७ खेलाडी […]