भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणलाई तीव्रता दिइने, ५ अर्बको स्रोत सुनिश्चित : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकअन्तर्गत गृह मन्त्रालयको बजेट तथा नीतिमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित नराखी मानवअधिकार र कानुनी […]

विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न वाणिज्य बैंकलाई प्रोत्साहन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा खरिदबाट हुने तरलता प्रवाहलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गर्ने भएको छ। आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था अघि सारेको हो। नीतिअनुसार विदेशी मुद्रा खरिदका कारण बैंकिङ प्रणालीमा सिर्जना हुने अतिरिक्त तरलता व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरूलाई […]

ऊर्जा क्षेत्र आर्थिक रूपान्तरणको आधार, प्रसारण लाइन र ऊर्जा व्यापारलाई उच्च प्राथमिकता : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताएका छन्। उनले आगामी आर्थिक वर्षमा प्रसारण लाइन विस्तार, विद्युत् वितरण प्रणाली सुदृढीकरण, सिँचाइ पूर्वाधार विकास तथा ऊर्जा व्यापारलाई उच्च प्राथमिकतामा राखिएको बताए। मंगलबार राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत ऊर्जा, जलस्रोत तथा […]

बैंक शाखा विस्तार र बन्दमा लचक नीति, बैंकहरूको सञ्चालन खर्च घट्ने : मौद्रिक नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको शाखा खोल्ने तथा आवश्यकताअनुसार बन्द गर्ने व्यवस्थालाई थप लचक बनाउने भएको छ। मंगलबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले शाखा सञ्चालनसम्बन्धी नीतिलाई समयानुकूल र व्यावहारिक बनाइने जानकारी दिए। उनका अनुसार शाखा विस्तार तथा बन्द गर्ने प्रक्रियामा लचकता ल्याइएपछि बैंक […]

ढिलासुस्ती गर्ने निर्माण व्यवसायीमाथि कडा कारबाही हुन्छ : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण कार्यमा निरन्तर ढिलासुस्ती गर्ने निर्माण व्यवसायीहरूलाई कडा कारबाहीको दायरामा ल्याइने बताएका छन्। मंगलबार राष्ट्रिय सभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सरकारको प्राथमिकता ठेक्का रद्द गर्नु वा व्यवसायीलाई कालोसूचीमा राख्नु नभई आवश्यक दबाब सिर्जना गरेर समयमै आयोजना सम्पन्न गराउनु रहेको स्पष्ट पारे। तर पटक–पटक […]

निजी आवासीय घर कर्जाको सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी आवासीय घर निर्माण तथा खरिदका लागि प्रवाह गरिने कर्जाको अधिकतम सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ कायम गरेको छ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएका हो । यसअघि आफ्नै घर निर्माण वा खरिद गर्ने ऋणीका […]

२५ अंकले बढ्यो नेप्से, करिब साढे ४ अर्बको कारोबार

काठमाडौं । मंगलबार शेयर बजार बढेको छ । मंगलबार २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ४.३३ अंकले बढेर ४६०.६१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.७३ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.५७ अंकले बढेको हो । मंगलबार ३५२ वटा कम्पनीको ९५ लाख १९ हजार ४५२ […]

यूएईद्वारा १११ नेपाली कैदीबन्दीलाई आममाफी, नेपाल सरकारद्वारा स्वागत

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १११ जना नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेको छ। नेपाल सरकारले ईद अल अधा–२०२६  को अवसरमा प्रदान गरिएको उक्त आममाफीप्रति हार्दिक कृतज्ञता तथा उच्च सम्मान व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा यूएई सरकारको यो कदमलाई नेपाल–यूएईबीचको द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्द अझ सुदृढ बनाउने महत्वपूर्ण […]

आज अपराह्न ३:४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै, राष्ट्र बैंकको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति मंगलवार अपराह्न ३:४० बजे सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार मौद्रिक नीति नेपाल टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरी सार्वजनिक गरिनेछ। साथै, नीति सार्वजनिक गर्ने कार्यक्रम राष्ट्र बैंकको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलबाट पनि प्रत्यक्ष प्रसारण गरिने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले […]

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत सञ्चालन गरिएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार असार १ देखि ९ गतेसम्म सञ्चालन भएको परीक्षामा आवेदन दिएका १ लाख ४८ हजार ५०७ परीक्षार्थीमध्ये १ लाख २९ हजार १९४ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये ८३ हजार […]