होटल फरेष्ट इन लिमिटेडको साधारण शेयर निष्काशन
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री आजदेखि खुल्ला गरेको छ। कम्पनीले आफ्नो जारी पूँजी २ अर्बको २० प्रतिशत अर्थात् ४० करोड बराबरको साधारण शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता साधारण शेयर श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो। […]

