जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् । उनले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गए राति भेटेका हुन् । चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारेपनि मन्त्री गुरुङले जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । घाइतेहरूलाई पूर्वसांसद डा सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका छन् । निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा शर्माप्रति आभार व्यक्त […]

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ । चाँदीको मूल्य तोलामा रु ५० ले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८३० कायम भएको छ । हिजो […]

श्रम कानुन उल्लङ्घन गर्ने २ प्रतिष्ठानको खाता रोक्का

बागमती । श्रम तथा रोजगार कार्यालयले श्रम कानुनको उल्लङ्घन गरेका दुई उद्योग– प्रतिष्ठानको खाता रोक्का गरेको छ । उक्त कार्यालयले १७५ प्रतिष्ठानको अनुगमनका क्रममा ती उद्योग– प्रतिष्ठानको खाता रोक्का गरेको हो । कार्यालयका प्रमुख रुद्रनारायण साहका अनुसार विभिन्न होटल तथा उद्योग प्रतिष्ठानमा कार्यरत २० जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । चालु आर्थिक […]

ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले आफैँ आर्थिक स्रोत जुटाएर समस्तिपुर–गिरन्चौर र हिलेखर्क–बरादी चार किलोमिटर सडक कालोपत्रसहितको स्तरोन्नति थालेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार दुई चरणमा दुवै सडक कालोपत्र गरिनेछ । पहिलो चरणमा जोगिनी भञ्ज्याङदेखि वडा नं ६ को कार्यालयसम्म सडक स्तरोन्नति हुनेछ । यसैगरी, गिरन्चौरदेखि सार्तेसम्मको खण्डमा सङ्घीय सरकारबाट विनियोजित रु छ करोडबाट हिलेखर्क–बरादी […]

इरानका ऊर्जा संरचनामाथि थप आक्रमण गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । मध्यपूर्व क्षेत्रमा तनाव झन् चुलिँदै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका विद्युत् उत्पादन केन्द्रहरू आगामी सैन्य लक्ष्य बन्न सक्ने संकेत दिएका छन्, जसले क्षेत्रीय तनावलाई थप चर्काउने सम्भावना देखिएको छ । अमेरिकाले इरानको एक महत्वपूर्ण पुलमा आक्रमण गरेपछि युद्धको दायरा अझ फराकिलो बन्ने संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त […]

डुम्रे–बेँसीसहर सडक दैनिक ८ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार मध्याह्न १२ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखि […]

निर्माण ब्यबसायीको निर्बाचनमा निकोलस पाण्डे बिजयी

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । हिजो २०८२ चैत १९ गते भएको निर्माण ब्याबसायीको निर्बाचनमा  उनी बिजयी भएका हुन् । बिहिबार राति सम्पन्न मत परिणाम अनुसार  परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी हुँदा आङदोर्जी लामा ४१३ मा रोकिए । वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मत ल्याएर विजयी बनेका छन् […]

सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात-निर्यातको सेवा लिन सकिने

काठमाडौं । सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने भएको छ । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि पनि सार्वजनिक बिदाका दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक नखुल्दा भन्सार जाँचपासमा समस्या हुने गरेको थियो । अन्तरनिकाय समन्वय अभावमा सेवा प्रभावित भइरहेकोबारे गुनासो […]

जीवन विकास लघुवित्तका दुई जना सेयरधनीको सेयर बिक्रीमा 

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  कम्पनीका संस्थापक सेयरधनी बिसनदेव मण्डल गन्गाईको ८ हजार र निरज पोख्रेलको १२ हजार ४०० कित्ता गरी २० हजार ४०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । कम्पनीले ३५ दिन सूचना प्रकाशित गर्दै विद्यामान संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरेपनि सो अवधि […]

दोर्दी खोला जलविद्युतले हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्ति गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको १ः५६.६२१२७९ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको छ । जसमा लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीको पुस २९ गते बसेको सञ्चालक […]