यस्तो छ आजका लागि तय भएको  विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ […]

बूढानीलकण्ठमा तीनदिने ‘सडक खाना महोत्सव’ सुरु

काठमाडौं । काठमाडौँको बूढानीलकण्ठमा तीनदिने ‘सडक खाना महोत्सव’ सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजना तथा बूढानीलकण्ठभित्र रहेका विभिन्न होटल तथा रैथाने खाद्यान्नसम्बन्धी सङ्घसंस्थाको सहकार्यमा बूढानीलकण्ठ मन्दिर अगाडिको सडकमा खाना महोत्सव गरिएको हो । उक्त महोत्सवको आज शुभारम्भ गर्दै बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले स्थानीय मौलिक खानाका परिकारको प्रवर्द्धनसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको […]

केएमसी बास्केटबल आइतबारदेखि

काठमाडौं । केएमसी स्कुलको आयोजनामा पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा विभिन्न २४ विद्यालयका ३२ टिमको सहभागिता रहने केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान १२–१२ र सिनियर गल्र्समा ८ टिमले भाग लिने छन् । सिनियर/जुनियर ब्वाइजलाई ४ […]

अपराजित न्यु डायमन्ड

काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब केएनपी नेरोलेक नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको राउन्ड राउन्ड रोविन लिगमा शुक्रबार अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ४ टिम सहभागी राउन्ड रोविन लिगमा न्यु डायमन्डले डिफेन्डिङ च्याम्पियन नेपाल प्रहरीलाई २५–१४, २५–१९, २०–२५, २७–२९ र १५–१० ले […]

कृषि बिकास बैक कर्मचारी संघद्वारा वार्षिकउत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको ५९औं वार्षिक उत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितिले आज बैंकको मुख्य कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा मुख्य कार्यालय समितिका अध्यक्ष सुरेश कुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो। बैंक, बीमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपाल (विफु नेपाल) का अध्यक्ष धर्मराज मैनाली प्रमुख […]

बढ्यो निजी क्षेत्रमा प्रवाह हुने कर्जा

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले वृद्धि भई ५५ खर्ब ९९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। केन्द्रीय बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार उक्त अवधिमा निजी क्षेत्रमा कर्जा प्रवाह भएको हो। वार्षिक विन्दुगत आधारमा २०८२ मङ्सिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा […]

अनलाईन कारोबारको सिमा घट्यो अब ५ लाख मात्रै अनलाइन मार्फत कारोबार गर्न पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीले ५ लाखसम्मको कारोबार मात्रै अनलाइनबाट गर्न पाउने भएका छन् ।  आज पुष २४ गते नेपाल राजपत्रमा सरकारी निर्णय प्रकाशित भएपश्चात नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद सीमासम्बन्धी बैङक तथा बित्तिय संस्थालाई  निर्देशन दिएको हो। नयाँ व्यवस्थाअनुसार अब वस्तु तथा सेवा खरिदका लागि ५ लाखभन्दा बढीको रकम […]

निर्वाचन तयारी बार प्रधानमन्त्री सुशीला कार्कीले लिईन जानकारी आचारसंहिता लागू गर्ने सम्बनधमा भयो छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगसँग निर्वाचनबारे कार्य प्रगतिका विषयमा जानकारी लिएकी छन् । उक्त अवसरमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि छलफल भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति […]

सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य गराउनेगरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिएका छन् । सञ्चार मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले मन्त्रालयको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै मन्त्रालय र निकायलाई कागजरहित बनाउनुपर्नेमा जोड दिए । सञ्चारमन्त्री खरेलले […]

नाइमाले गर्यो थापाथली क्याम्पससँगको सहकार्यमा मासिक मोबिलिटी संवाद

काठमाडौं । नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमा  ले आएइ थापाथली क्याम्पस  सँगको सहकार्यमा मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला सम्पन्न गरेको छ । क्याम्पस प्रमुख डा. खेम ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको मुख्य विषय “Completely Knocked Down (CKD) Vehicle Assembly: Opportunities, Challenges, and Prospects”   मा छलफल गरेको थियो । कार्यक्रममा क्याम्पस प्रमुख डा. खेम […]