इञ्जिनीयरिङ बीमा सम्बन्धी समसामयिक विषयमा छलफल

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले इञ्जिनीयरिङ बीमा सम्बन्धी समस्या तथा चुनौतीहरूका सम्बन्धमा निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र निर्माण व्यवसायीहरूसँग छलफल आयोजना गरेको छ  । इञ्जिनीयरिङ बीमा अन्तर्गत देखिएका समस्या तथा चुनौतीहरूको समाधानका लागि निर्माण व्यवसायीहरू र बीमकहरूसँग  राय सुझावहरू लिन छलफल आयोजान गरिएको प्रधिकरणले उल्लेख गरेको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक […]

नाडा नेतृत्व र यातायात व्यावस्था बिभागका बिच सवारी आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२, माथि छलफलल

काठमाडौं ।  सरकारले ल्याउन लागेको सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ सम्वन्धमा  नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल छलफल गरेको छ ।  प्रतिनिधिमण्डलले  विभागले ल्याउन लागेको सवारी साधन आयात उत्पादन तथा जडान सम्बन्धि निर्देशिका २०८२ का सम्बन्धमा छलफल गरेको  छ  । छलफलमा विशेषगरी सवारी आयात, […]

गभर्नर पौडेलको चेतावनीः लचिलो मौद्रिक नीति भन्दै हौसिनुहुँदैन, योजनाबद्ध रूपमा कर्जा विस्तार गर्नुस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वाणिज्य बैंकका अध्यक्षहरूलाई लचिलो मौद्रिक नीतिका कारण अनावश्यक रूपमा हौसिन नहुन र योजनाबद्ध रूपमा मात्रै कर्जा विस्तार गर्न चेतावनी दिएका छन्। बुधबार वाणिज्य बैंकका अध्यक्षहरूसँग छलफल गर्दै गभर्नर पौडेलले चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको जानकारी दिँदै सोहीअनुसार योजना बनाउन आग्रह गरेका हुन्। […]

प्रधानमन्त्री ओली, ‘नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने बताएका छन् । राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै उनले नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने बताए । उनले विगत लामो समयदेखि प्रयत्नरत रहेको बताउँदै  ४५ देशको (एलडिसी) समूहको नेतृत्व गरेको नेपाल ७ मुलुकसँगै अर्को वर्ष स्तरोन्नति हुने बताए । अन्तर्राष्ट्रिय छवी […]

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ४९ करोड राजस्व सङ्कलन

काठमाडौं । जुम्लाको आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०८१÷८२ मा वार्षिक लक्ष्यभन्दा कम ४९ करोड ४६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य ६३ करोड ७१ लाख रुपैयाँ रहेको थियो । आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार कार्यालयले कूल ७८ प्रतिशत राजस्व सङ्कलन गरेको छ […]

१० दिनभित्र युक्रेन युद्ध अन्त्य गर्न रुसलाई अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने तर्फ ठोस प्रगति गर्न रुसलाई १० दिनको समयसीमा घोषणा गरेका छन्  । उनले समयसीमा पालन गर्न असफल भएमा नयाँ प्रतिबन्धहरु लगाइने चेतावनी दिए । स्कटल्याण्डबाट संयुक्त राज्य अमेरिका फर्कने क्रममा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले मङ्गलबारदेखि १० दिनभन्दा कम समयमा युद्धविराम हुनुपर्नेछ । ट्रम्पले रुस र युक्रेनबीचको द्वन्द्व […]

साङ्घाईमा आँधीका कारण करिब ३ लाख मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । शक्तिशाली आँधी को-मेका कारण बुधबार भारी वर्षा र तीव्र हावा आएपछि साङ्घाइ सहरका लगभग दुई लाख ८३ हजार मानिसहरुलाई सुक्षित स्थानमा स्थानान्तरण गरिएको छ । ‘साङ्घाई सेन्ट्रल मेट्रोलोजिकल अब्जर्भेटरी’ले बुधबार दिउँसो वर्षाका कारण जोखिम आउनसक्ने खतराको चेतावनीलाई कमजोर हुँदै गएको बताएको छ । को–मेले पूर्वी झेजियाङ प्रान्तमा बुधबार बिहान ४ः३० बजे अवतरण गरेको […]

बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन

काठमाडौं । अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । कार्यदलमा अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका छन् । सदस्यहरुमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपचिव, अर्थ मन्त्रालय कानुन तथा फैसला महाशाखाका उपसचिव र विषय विज्ञमा पूर्व सहसचिव निर्मलहरी अधिकारी छन् । कार्यदलको सदस्य सचिवमा […]

रिलायबल समृद्धि योजनाको नाफा ३ करोड ३२ लाख

काठमाडौं । रिलायबल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित रिलायबल समृद्धि योजनाको न्याभ ९.९६ रुपैयाँबाट बढेर १०.२८ रुपैयाँ पुगेको छ । सार्वजनिक भएको रिपोर्ट अनुसार फन्डले असारसम्म ५९ करोड १५ लाख रुपैयाँ बराबरको रकम सूचीकृत सेयरमा लगानी गरेको छ । जेठमा यसले १४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यो फन्डको बैंक मौज्दात […]

एनएमबि क्यापिटलका ४ वटा म्युचुअल फन्डको वित्तीय अवस्था कस्तो ?

काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ वटै म्युचुअल फन्डको असार महिनामा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । साथै, यी फन्डहरुको नाफामा पनि सुधार देखिएको छ । जसमध्ये एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-२ को न्याभ असारमसान्तमा १२.३८ रुपैयाँबाट बढेर १३.३७ रुपैयाँ पुगेको छ । फन्डले असारमसान्तसम्म १ अर्ब ४४ करोड ७ लाख रुपैयाँ बराबरको […]