निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले पहल गरिरहेको बताएका छन्। यसमा सरकारको नेतृत्व र विकास साझेदारहरुसंगको सहकार्य आवश्यक रहेको अध्यक्ष ढकालले नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का दशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग बिहीबार भएको भेटमा बताएका हुन्। भेटमा महासंघका […]

नेपाल टेलिकमको नयाँ लाइसेन्स पाउने बाटो खुल्यो, तर कसरी दिने भन्ने निर्णय अझै गोप्य

काठमाडौं । सरकारले नेपाल टेलिकमलाई जीएसएम सेलुलर मोबाइल सेवाको नयाँ लाइसेन्स दिने निर्णय गरेको छ। आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने निर्णय गरेको हो। टेलिकमले यसअघि २०५६ वैशाख २९ गते लिएको जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स भोलि (शुक्रबार) सकिँदै छ। नेपाल दूरसञ्चार ऐन २०५३ मा अनुमति पत्रको अवधि बढीमा २५ वर्ष […]

सूर्यकुण्ड हाइड्रोलाई आईपीओ निष्कासन स्वीकृति

काठमाडौं । विद्युत नियमन आयोगले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको लागि पूर्व स्वीकृति प्रदान गरेको छ । कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजार को प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको हो । प्राथमिक सेयर निष्काशन (आईपीओ) को लागि कम्पनी र कुमारी क्यापिटलबीच सम्झौता […]

अर्थतन्त्र सुधार हुन निजी क्षेत्रको मनोबल बढाउँनु पर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रमा सुधार ल्याउनका लागि निजी क्षेत्रको मनोबल उच्च बनाउनु पर्ने बताएका छन् । काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले निजी क्षेत्रको मनोबल बढाउनका लागि नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा सरकारले उदार नीति लिनुपर्ने बताएका हुन् । कार्यक्रममा चेम्बर अफ कमर्समा आबद्ध […]

५.६३ अंकले सुध्रिएको सेयर बजारमा कारोबार रकम ३ अर्ब

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । बिहीबार सेयर कारोबार नेप्से परिसूचक ५.६३ अंकले बढेर १ हजार ९ सय ६६.२३ अंकमा पुगेर बन्द भएको छ । यो सँगै बुधबार स्थिर रहेको सेयर बजारमा बिहीबार भने सुधार देखिएको हो । बिहीबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.१९ अंकले बढेर […]

२४ प्रतिशतले घट्यो राष्ट्रिय बीमा कम्पनीको नाफा

काठमाडौं । सरकारीस्वमित्वको राष्ट्रिय बीमा कम्पननीको नाफा २४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको नाफा २४ दशमभलव ८ प्रतिशतले घटेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५१ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको […]

बीवाईडीका एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धकको नेपाल भ्रमण

काठमाडौं । वीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ जुलियाबले हालै नेपाल भ्रमण गरेका छन् । बीवाईडीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जुलियाबले मे ४ देखि मे ६ सम्म नेपाल भ्रमण गरेका हुन् । जुलियाबले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग समेत विशेष भेटवार्ता गरेका थिए । उनले नेपाल भ्रमणको सुरुवात कम्पनीको नक्साल, काठमाडौं र पुल्चोक, ललितपुरमा रहेको शोरुमको […]

सप्तरीमा बैंकको सुरक्षा गार्डको हत्या

सप्तरी। सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ। सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुर शाखाका सुरक्षागार्डको हत्या भएको अवस्थामा बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार फत्तेपुर वडा नम्बर २ बस्ने ५५ वर्षीय परशुराम फुँयालको हत्या भएको हो। उनी राति ड्युटीका लागि […]

बाल मन्दिर जग्गा प्रकरण : अध्यक्ष रीता सिंह सहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो । बालमन्दिरकी तत्कालीन अध्यक्ष सिंह सहित , पूर्वपदाधिकारीहरू […]

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ । बिहीबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले ढकाललाई अभिनन्दन–पत्रसहित खादा लगाएर सम्मान गरेका हुन् । अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको योगदानको कदर गर्दै […]