रिभर फल्स पावरले पायो हकप्रद बिक्रीको अनुमति

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १:१ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले १०० रुपैयाँ प्रतिकित्ताको दरले ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

पिपुल्स पावरको लक इन अवधि कहिले सकिंदैछ ?

काठमाडौं । पिपुल्स पावर लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि भदौ १२ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सर्वसाधारणलाई २०७९ भदौ १२ गते सेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट […]

वीरगञ्ज नाकाबाट २ हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात, कति उठ्यो राजस्व ?

काठमाडौं । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा १ अर्ब ६४ करोड मूल्य बराबरका साना ठूला २ हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट १ अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन गरेको हो । गत आवमा  १२ करोड ६ लाख मूल्य पर्ने १६ थान विद्युतीय […]

बतास एमएडब्ल्यू कमर्सियललाई भोल्भो आइसरको उपाधि

काठमाडौं । ‘सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया’ पुरस्कारबाट बतास एमएडब्ल्यू कमर्सियल भेहिकल सम्मानित भएको छ । १६ जुलाईदेखि २० जुलाईसम्म मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकल (भीईसीई)द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५ मा प्रतिष्ठित ‘सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया’ पुरस्कारबाट सो कम्पनी सम्मानित भएको हो । यो पुरस्कार भीईसीईका एम्डी तथा सीईओ विनोद अग्रवालले प्रदान गरेका थिए । हेमन्त पुराणिक […]

काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड बराबारको सामान आयात

काठमाडौं । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ४७ अर्ब ६० करोड ६ लाख ९३ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । आव २०८०/८१ को तुलनामा गत आवमा २ अर्ब ९३ करोड ८१ लाख बढीको सामान आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका […]

लोभ देखाएर बन्धक बनाइ मानब बेचबिखन गर्ने दुई जना पक्राउ

काठमाडौं । भारतमा आकर्षक तलबको लोभ देखाएर मानव बेचबिखनमा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार सिन्धुलीका २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोकका ४५ वर्षीय रेशमबहादुर खत्रीलाई पक्राउ गरी अनुसन्धान थालिएको हो । निजहरूलाई अदालतमा पेस गरिएकामा अदालतको आदेशअनुसार पाँच दिनको म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको […]

कम्बोडियासँग युद्ध हुनसक्ने थाइल्यान्डको चेतावनी

काठमाडौं ।  थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाइले शुक्रबार कम्बोडियासँगको सीमापार झडपले एक लाख ३० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको भन्दै यो झडप ‘युद्धमा परिणत’ हुनसक्ने चेतावनी दिएका छन् । लामो समयदेखि चलिरहेको सीमा विवाद बिहीबार जेट, तोपखाना, ट्याङ्क र स्थल सैनिकहरुसहित तीव्र लडाइँमा परिणत भएको छ र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले शुक्रबार पछि यस सङ्कटमा […]

प्रधानमन्त्रीद्वारा तराई मधेसको सुक्खा क्षेत्रको अवलोकन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गरेका छन् । यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस–प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाका समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश […]

सानिमा बैंकको अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा

काठमाडौं । सानिमा बैंकले फोन पेसँगको सहकार्यमा अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले फोन पे नेटवर्कमा आवद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सक्नेछन् । यो सेवाले दुर्गम स्थानका शाखामा सिमित एटिएम पहुँच भएका ग्राहकहरुलाई आपतकालीन अवस्थामा […]

५० दरको नोट छपाइका लागि राष्ट्र बैंकले गर्‍यो बोलपत्र आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाएको छ । बैंकले ५० दरको ४२ करोड थान नयाँ नोट छाप्नका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो । राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बोलपत्रको शुल्क नेपाली रुपैयाँमा २० हजार रहेको छ भने अन्य विदेशी मुद्राहरुमा यूएस डलर १४६, यूरो १२६ […]