प्याब्सन र अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाबिच पठन संस्कार र गुणस्तरीय शिक्षा विस्तारका लागि सहकार्य
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र अक्सफोर्ड युनिभर्सिटी प्रेस (ओयूपी) इन्डियाबिच नेपालमा पठन संस्कार प्रवर्द्धन र गुणस्तरीय शिक्षाको विस्तारका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। काठमाडौँमा सम्पन्न कार्यक्रममा ३५ वर्षदेखि नेपालमा गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्दै आएको प्याब्सन र विश्वप्रसिद्ध शैक्षिक प्रकाशक ओयूपी इन्डियाबिच दीर्घकालीन सहकार्यको औपचारिक सुरुवात भएको हो। समझदारीसँगै नेपालभरका विद्यालयहरूमा […]

