मधेश प्रदेश विपत् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । मधेश प्रदेशका जिल्लाहरूमा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने […]

भारतद्वारा चिनियाँ नागरिकहरुलाई पर्यटक भिसा दिन पुनः सुरु

काठमाडौं । भारतले जुलाई २४ देखि चिनियाँ नागरिकहरुलाई पर्यटक भिसा दिन पुनः सुरु गर्ने भएको छ ।  यस्तो निर्णय ५ वर्षपछि लिइएको बेइजिङस्थित भारतीय दूतावासले बुधबार जानकारी दिएको छ । भारत र चीनबीच सन् २०२० मा हिमाली सीमामा भएको सैन्य झडपपछि दुवै देशबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । सो घटनापछि भारतले चिनियाँ लगानीमा प्रतिबन्ध लगाएको, सयौं […]

अनिवार्य अवकाश पाउनु तीन दिन अघि नायब महान्याधिवक्ता घिमिरले दिएको राजीनामा स्वीकृत

काठमाडौं । अनिवार्य अवकाश पाउनुभन्दा तीन दिनअगाडि नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा घिमिरेले दिएको राजीनामा साउन ४ गते नै बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी गराए । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय नम्बर १० […]

मन्त्रिपरिषद्ले गरेका १० निर्णय सार्वजनिक (सबै निर्णय सहित)

काठमाडौं । सरकारले आइतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेको छ । सरकारले बुधबार साउन ४ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको हो। बैठकले भुटानको राजधानी थिम्पुमा आयोजना हुने ‘प्रोमोटिङ एग्रोइकोलोजिकल एप्रोच्‌स् फर सस्टेन्बल ट्रान्सफर्मेसन अफ एग्री-फुड सिस्टम इन साउथ एसिया’ कार्यक्रममा भाल लिन पठाउने , १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने लगायतका […]

आइपीओ बिक्रीको तयारीमा रहेको अम्बे स्टील्सको ९ महिनाको आम्दानी ६ अर्ब २८ करोड

काठमाडौं । अम्बे स्टील्स् लिमिटेडले गत आर्थिक वर्षको ९ महिनामा ६ अर्ब २८ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष अर्थात, सन् २०२४ मा ८ अर्ब ५ करोड, सन् २०२३ मा ८ अर्ब ३४ करोड, सन् २०२२ मा १० अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले […]

सिराइचुली होटलले आइपीओ जारी गर्ने

काठमाडौं । चितवन अवस्थित होटल सिराइचुली लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । त्यसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।  यो सम्झौतामा होटल सिराइचुली लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष चुडामणी खनाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् […]

बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलले दिइन् राजीनामा

काठमाडौं । बिमा प्राधिकरणकी सञ्चालक सदस्य राधा पोखरेलले राजीनामा दिएकी छिन् । स्वास्थ्यमा समस्या देखिएको कारण बोर्डको बैठकमा समेत सहभागी हुन् नसकेकोले उनले राजीनामा दिएको बताइएको छ । उनको राजीनामा स्वकृति भइसक्यो । पोखरेलको प्राधिकरणमा नियुक्ति प्रकृया पहिलादेखि नै विवादित थियो । उनी गएको चैतमा सञ्चालक  नियुक्त भएकी  थिइन् ।

बजारमा अधिक तरलता ८० अर्व निक्षेप तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता बढे सँगै राष्ट्र बैंकले आज८० अर्ब रुपैयाँ बजारबाट उठाउन लागेको छ । २१ दिनको लागि निक्षेप संकलन उपकरण मार्फतले उक्त निक्षेप रकम संकलन गर्न लागेको हो । राष्ट बैंकका अनुसार आज बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटीमा १० […]

५६ दिनका लागि बैंकिङ प्रणालीबाट ८० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ८० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ५६ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा रोजगारीको अबसर

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर आएको छ  दुई पदका लागि सातै प्रदेशमा कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा गण्डकी प्रदेश प्रमुख, असिस्टेन्ट म्यानेजरमा उपत्यका भित्र तथा बाहिरका शाखाका लागि केही, सिनियर अफिसर, अफिसर र जूनियर अफिसरका लागि केही, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जूनियर असिस्टेन्टका लागि केही कर्मचारी माग गरेको हो […]