आइक्यानबाट सिल्भरअवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

काठमाडौं । नेपालको लाइफ इन्स्योरेन्स कम्पनी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, -National Best Presented Annual Report Award –NBPA – द्वारा सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान)ले शुक्रबार होटल ¥याडिसनमा आयोजना गरेको एक कार्यक्रमका बीच  माननीय महालेखापरीक्षक तोयम रायाबाट  सो अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत […]

नेपालीले खाए ६४ करोड बढी मूल्यको आँप

काठमाडौं ।हाल नेपालीको लागि फलफलूहरु मध्ये आँपको खाने बेला रहेको छ तर पछिल्लो एक वर्षमा नेपालीहरुले ६४ करोड भन्दा बढीको आँप खाएका छन् । सरकारी तथ्यांक अर्थात् भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा व्यवसायीहरुले ६४ करोड २७ लाख ५८ हजार बराबरको आँप आयात गरेका छन् । विभागका अनुसार उक्त मूल्य बराबरको १२ लाख ९३ हजार […]

नेप्से सूचक ११ महिना यताकै उच्च विन्दुमा, २० अर्ब भन्दा धेरैको कारोबार

काठमाडौं । सेयर बजार ११ महिना यताकै उच्च विन्दुमा पुगेको छ । मंगलबार नेप्से सूचक ८०.९७ अंकले बढेसँगै बजार गएको भदौ ६ गते यताकै हाई पोइन्टमा पुगेको हो । आज मार्केट २९७३.७० विन्दुमा बन्द भएको छ । २० अर्ब ८ करोड भन्दा धेरैको कारोबार भएको छ । लगानीकर्ताहरुको बजार प्रति आकर्षण बढ्दा सूचकमा वृद्धि देखिएको […]

सिन्धु विकास बैंकको नाफामा उल्लेख्य वृद्धि हुनुको कारण यस्तो

काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २८७ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा बैंकले ३ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १९ करोड १४ […]

एन आई सी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट 

काठमाडौं । एन आई सी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लि.बीच बैंकका ग्राहकहरुको स्वास्थ्योपचारमा सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतासँगै अब यस बैंकका ग्राहकहरुले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । उक्त सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट […]

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमक बन्यो नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ -National Best Presented Annual Report Award –NBPA –२०२४) द्वारा सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान)ले शुक्रबार होटल -याडिसनमा आयोजना गरेको एक कार्यक्रमका बीच माननीय महालेखापरीक्षक तोयम रायाबाट […]

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई बाढ्यो २ अर्ब ८४ करोड ब्याज

काठमाडौं । सामाजिक सुरक्षा कोषले गत आर्थिक वर्षमा योगदानकर्तालाई करिब ३ अर्ब रुपैयाँ ब्याज वितरण गरेको छ । कोषका योगदानकर्ताको नाममा जम्मा भएको योगदान रकमको ब्याज प्रदान गरिएको हो । कोषले गत आर्थिक वर्षको चैत ४ गतेसम्म ५.५ प्रतिशत र सोपछि ५ प्रतिशतका दरमा योगदानकर्तालाई व्याज प्रदान गरेको थियो । कोषका सुचना अधिकारी डा.रोशन कोजुले […]

‘मदन पुरस्कार -२०८१’ का लागि सात कृति छनौट

काठमाडौं । ‘मदन पुरस्कार -२०८१’ का लागि सात कृति छनौट गरिएको छ । मदन पुरस्कार गुठीले उक्त कृतिहरु छनौट गरेको हो । गुठीका अनुसार छनौट भएका कृतिमध्ये कुनै एक कृतिलाई २०८१ को मदन पुरस्कार प्रदान गरिनेछ । गुठीलाई कुल २९९ पुस्तकहरु प्राप्त भएकोमा उक्त सात कृति छनौट गरिएको हो ।

१५ खर्ब भन्दा बढी पुग्यो मुलुकको व्यापार घाटा

काठमाडौं । उच्च आयात र न्यून निर्यातका कारण नेपालको तेस्रो मुलुकसँगको व्यापार घाटा बढेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड पुगेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो । आव २०८०/८१ मा व्यापार घाटा १४ खर्ब ४० […]

१८ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाला सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ तोकिएको छ । सोमबार भने छापावाला सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । […]