राष्ट्रिय परिचयपत्र विवरण हेरफेर गरेको आरोपमा कर्मचारीसहित २ पक्राउ
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सिस्टम दुरुपयोग गरी विवरण हेरफेर गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विभागमै विवरण दर्ता अपरेटरको रूपमा कार्यरत सुनसरीको छिटाहा घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नं.३ बस्ने २८ वर्षीय सुनित प्रभाग रेग्मी र गोरखा घर भई […]

