योगदानमा आधारित निवृत्तभरण कोषमा करिव ४ हजार २९० कार्यालय तथा संस्था आवद्ध

काठमाडौं । कर्मचारी सञ्चय कोषबाट संचालित योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्ध हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरूको सङ्ख्या उल्लेख्य रूपले बढ्दै गएको छ । गत आर्थिक वर्ष २०८१-०८२ को असार मसान्तसम्ममा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरू गरी करिव ४ हजार २९० कार्यालय तथा संस्थाहरू योगदानमा आधारित निवृत्तभरण […]

उल्लासपुर्ण २७ बर्षपुरा गरि एन आई सी एशिया बैंक २८ औं वर्षमा प्रवेश

काठमाडौं । एन आई सी एशिया बैंक २८ औं वर्षमा प्रवेश गरेको छ । २८ औं बर्ष प्रवेश गरेको अबसराम बैङकले  अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान दिने समस्त ग्राहक महानुभावहरु, नियामक निकायहरू, शेयरधनी, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू लाई धन्यबाद ज्ञापन गरेको […]

बीवाईडीले उत्पादन गर्यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो उत्सव

काठमाडौं । न्यु इनर्जी भेइकल्स (एनईभीज) क्षेत्रमा विश्वकै अग्रणी सवारी निर्माता कम्पनी बीवाईडीले १ करोड ३० लाखौं युनिट सवारी साधन उत्पादन गरेर एक महत्वपूर्ण कोशेढुंगा (माइलस्टोन) हासिल गरेको छ । चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा माइलस्टोन मोडलको रुपमा याङवाङ यु७ लाई कम्पनीले १ करोड ३० लाखौं सवारीको रुपमा सार्वजनिक गरेर सो […]

माछापुच्छ्रे क्यापिटलले ५० करोड रुपैयाँको माछापुच्छ्रे एसआइपी योजना बिक्रीका लागि धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्डको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरले ‘माछापुच्छ्रे एसआइपी योजना’ को ५ करोड इकाई बिक्री गर्न अनुमति मागेको हो । यस योजनाको व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको छ । यो खुलामुखी योजना हो ।

कालिका पावरको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कालिका पावर कम्पनीको ६ लाख १० हजार ९९५ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई वितरण गरेको ७ प्रतिशत बोनस सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

काठमाडौं । रसुवा जिल्लामा बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भएको भेटवार्तामा सियाओदोङ्गले भौतिक संरचनाहरुको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रकृया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिएका छन् । […]

खरिदकर्ता हावी हुँदा बजार डबल डिजिटले बढ्यो, यी हुन् मार्केट बढ्ने केही आधारहरु

काठमाडौं । साताको दोस्रो कारोबार दिन अर्थात, सोमबार नेप्से सूचक २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा बन्द भएको छ । आज १६ अर्ब ३२ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । कारोबार अवधिको अन्तिम ३० मिनेटमा बजारमा आक्रामक वृद्धि देखिएको हो । यसले पनि बजारमा सकारात्मक माहोल बन्दै गएको देखाउँछ । त्यसो त, नयाँ आर्थिक वर्ष […]

आइपीओ निष्कासनको तयारीमा रहेको दाउन्ने एग्रो फार्मले ९ महिनामा कमायो १ अर्ब १० करोड

काठमाडौं । आइपीओ निष्कासनको तयारीमा रहेको दाउन्ने एग्रो फार्म लिमिटेडले गत वर्षको ९ महिनामा १ अर्ब १० करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष (सन् २०२४) मा कम्पनीले १ अर्ब २१ करोड, सन् २०२३ मा १ अर्ब १४ करोड ८० लाख, सन् २०२२ मा ५० करोड र सन् २०२१ मा ५४ करोड ६० […]

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल प्रकाउ

काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल प्रकाउ परेका छन् । प्रहरीले उनलाई टोखाबाट नियन्त्रणमा लिएको हो । अग्रवाललाई २२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । अग्रवालले सेयर बजारका लगानीकर्ता तथा ब्रोकर कम्पनीलाई पनि ठगी गर्दै आएको आरोप लाग्ने गरेको छ ।

सूर्य नेपालको आम्दानी घट्यो, १ वर्षमा कमायो २८ अर्ब ८१ करोड

काठमाडौं । सूर्य नेपाल प्रा लिले आव २०८०-८१ मा (सन् २०२४) २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा करिब १ प्रतिशत कम हो । सन् २०२३ मा यस कम्पनीले २८ अर्ब ९९ करोड रुपैयाँ र सन् २०२२ मा २७ अर्ब १ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको […]