हायात प्लेस बुटवलको नेतृत्व जनरल म्यानेजरको भूमिकामा अनुभवी तुषार नगर नियुक्त

बुटवल। हालै सञ्चालनमा आएको हायात प्लेस बुटवलको नेतृत्व, महाप्रबन्धक (जनरल म्यानेजर)को भुमिकामा हस्पितलिटि क्षेत्रका अनुभवी तथा दिग्गज तुषार नगरले सम्हाल्ने भएका छन्। यो नयाँ भूमिकामा, नगरले होटलको दैनिक सञ्चालन, रणनीतिक विस्तार, वित्तीय व्यवस्थापन र सरोकारवालाहरूसँगको समन्वयको नेतृत्व गर्नेछन्। साथै, उनले अतिथि सत्कारमा उच्च गुणस्तर र उत्कृष्ट सेवा प्रवाह गर्ने संस्कृतिको विकासमा मुख्य भूमिका खेल्नेछन्। हस्पिटालिटी […]

संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताएका छन् । मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज यहाँ आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा उनले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य भएको बताएका हुन् । “मानवअधिकार र पीडितको पक्षमा सँधै लाग्नेछु । दण्डहिनताका […]

महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायद्धारा पद तथा गोपनियताको सपथ

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिबाट अध्यक्षको रुपमा चयन भएका राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम बिहीबार गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र ज्यू समक्ष पद तथा गोपनियताको […]

आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको ५ प्रतिशत नगद लाभांश स्वीकृत

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभामा अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायतले सेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको वार्षिक प्रगति, भविष्यका योजना र आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सभामा चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सेयरधनीहरूले सर्वसम्मति मार्फत स्वीकृत गरेका […]

सौर्य विद्युत् उत्पादक संघको अध्यक्षमा भरतकुमार मल्ल

काठमाडौं । नेपाल सौर्य विद्युत् उत्पादक संघको अध्यक्षमा भरतकुमार मल्ल निर्वाचित भएका छन् । संघको २५औँ वार्षिक साधारणसभाबाट मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा दीपक गौतम, प्रथम उपाध्यक्षमा रामेश्वर वाग्ले, द्वितीय उपाध्यक्षमा सुदर्शन बानियाँ, महासचिवमा नेत्रबहादुर खत्री, सचिवमा केशवराज शर्मा र कोषाध्यक्षमा रामप्रसाद कोइराला चुनिएका छन् । सदस्यहरु राजेन्द्रबहादुर खड्का, दीपकराज […]

परराष्ट्रले भन्यो : अमेरिका र भेनेजुएला दुवै पक्षले संयमता अपनाउनु आवश्यक छ

काठमाडौं । अमेरिका-भेनेजुएला तनावबारे नेपालले प्रतिक्रिया दिएको छ । बुधबार राति प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भेनेजुएलामा भइरहेका घटनालाई नजिकबाट नियालिरहेको जनाएको हो । विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान आवश्यक रहेकोमा नेपालले जोड दिएको छ । साथै नेपालले सबै पक्षलाई संयमित हुन पनि आग्रह गरेको छ । […]

बङ्गलादेश–पाकिस्तान प्रत्यक्ष उडान पुनः सुरु

ढाका । बङ्गलादेश र पाकिस्तानबीच १४ वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु हुने भएको छ । ढाकाको राष्ट्रिय ध्वजावाहक बिमान बङ्गलादेश एयरलाइन्सले बिहीबार जानकारी दिँदै दुवै देशबीचको सम्बन्ध न्यानो बन्दै गएको र क्षेत्रीय शक्ति सन्तुलनमा परिवर्तन देखिएको पृष्ठभूमिमा उडान पुनः सञ्चालन हुन लागेको जनाएको छ । बिमान बङ्गलादेश एयरलाइन्सका अनुसार आगामी जनवरी २९ तारिखमा पहिलो […]

सोलु हाइड्रोपावरको आईपीओ स्थानीयलाई बाँडफाँट

काठमाडौं ।  सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको प्रारम्भिक सेयर (आईपीओ) बिहीबार बाँडफाँट गरेको छ । सोलुले स्थानीयलाई प्रदान गरेको १ करोड कित्ता आईपीओ बिहीबार बाँडफाँट गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको १० लाख कित्ता शेयरको बाँडफाँट यसअघि नै सम्पन्न भइसकेको छ। स्थानीय र वैदेशिक रोजगारीको प्रक्रिया सकिएपछि कम्पनीले अब […]

क्यासिनोमा ठगी गरेका आरोपी पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ठमेलको छायाँ सेन्टरमा रहेको ‘वाल्डो क्यासिनो’मा आइलेन्स प्रयोग गरी ठगी गरेको आरोप लागेका चार भारतीयलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । उनीहरुलाई आज पुर्पक्षका लागि कारागार चलान गरिएको हो । कारागार चलान हुनेमा दिल्लीका ५७ वर्षीय सुरेश महाजन, देहरादुनका ३९ वर्षीय प्रमोद मौर्य, उत्तराखण्डका ३२ वर्षीय विक्रमसिंह र भारत हरियानाका ३७ वर्षीय […]

कर्मचारीमाथिको आक्रमणप्रति एनआईसी एशिया बैंकको गम्भिर ध्यानकर्षण, दोषीलाई तत्काल कारवाहीको माग

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो इटहरी शाखामा कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले यस्तो गैरकानूनी र उच्छृङ्खल गतिविधि संवेदनशील बैंकिङ्ग स्थलमा स्वीकार्य नभएको स्पष्ट पारेको छ। बैंकले शाखा कार्यालयभित्र हुलहुज्जत, होहल्ला, आगजनी वा जिउज्यानमा हानि पुर्याउने उद्देश्यले पेट्रोलजस्ता अति […]