प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भ

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएको छ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा प्रतिनिधिसभा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, श्रम संस्कृति पार्टीका […]

गृहमन्त्री गुरुङद्वारा पशुपति मन्दिरको दर्शन तथा पूजाअर्चना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन् । आज बिहान पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजाअर्चना गर्नुका साथै मन्दिर क्षेत्रको समग्र अवलोकन गरेको हो । उनि गृहमन्त्री नियुक्त भएपछि पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुगेका हो । हनुमान जयन्तीको अवसर पारेर उनि पशुपतिनाथ मन्दिर पुगेका मन्त्री गुरुङको सचिवालयले जनाएको छ । मन्दिर […]

पर्यटन सभापति देशबन्धुको महासंघमा सफल कार्यकाल, भन्छन्–पर्यटन क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी छ 

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले नेपालको पर्यटन क्षेत्रले हालसम्म हासिल गरेका उपलब्धिमा निजी क्षेत्रकै सबैभन्दा ठूलो योगदान रहेको बताएका छन् । महासंघमा आफ्नो कार्यकारिणी समिति सदस्यको तीन वर्षे कार्यकाल सकिन लाग्दा बस्नेतले आफूले पर्यटन तथा हवाई यातयात समितिको सभापतिका रुपमा सरकार र मातहतका निकायसँग पटकपटक […]

“दिमाग घोच्ने मान्छे” अब आधिकारिक रूपमा डी गो (DGO) OTT प्लेटफर्ममा हेर्न सकिने

काठमाडौं । नेपालका दूरदर्शी चिन्तक र राजनीतिक सुधारक स्व. उज्वल थापाको जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र “दिमाग घोच्ने मान्छे” अब आधिकारिक रूपमा डी गो (DGO) OTT प्लेटफर्ममा हेर्न सकिने भएको छ। यस वृत्तचित्रको प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य अंश  ‘उज्वल थापा फाउन्डेसन‘ लाई प्रदान गरिने निर्माण पक्षले घोषणा गरेको छ। यस पहलले उज्वल थापाले सुरु गर्नुभएका […]

काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ। ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ। उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, […]

महासंघका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका लागि को-को हुन् प्रतिस्पर्धी, कसको छ बलियो दाबेदारी ?

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन मानिने नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा उद्योगी तथा व्यवसायीहरुले वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । यही २९ र ३० चैतमा हुने महासंघको ६० औं वार्षिक साधारण सभामार्फत् वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष बन्नका लागि उद्योगी तथा व्यवसायीहरुले प्रतिस्पर्धा र्गन लागेका हुन् । वरिष्ठ उपाध्यक्ष […]

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार गर्न कार्यदल गठन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ तयार गर्ने भएको छ । यसका लागि प्राधिकरणको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख, सहसचिव रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा १८ सदस्यीय कार्यदल गठन भई कायम थालिएको हो । प्राधिकरणका प्रवक्ता उपसचिव शान्ति महतले मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ […]

सार्वजनिक निकायलाई सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा सूचना प्रवाहलाई एकरूप र पारदर्शी बनाउन सरकारी सञ्चार माध्यममार्फत मात्रै सूचना प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ । कार्यालयको चैत १८ गतेको सचिवस्तरीय निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सार्वजनिक निकायलाई यस्तो व्यवस्था लागू गर्न अनुरोध गरिएको हो । […]

तनहुँका १ हजार ५०० जनाको निःशुल्क आँखा जाँच

दमौली । तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा एक हजार पाँच सय जनाको परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित सो शिविरमा मोतियाविन्दुको समस्या देखिएका ११० जनाको शल्यक्रिया समेत गरिएको छ । आइतबारदेखि सुरु भई बुधबार सकिएको शिविर अन्तर्गत भानु–१३, भानु –९, भानु–१ र भानु […]

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति

काठमाडौं । पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा एक जनाको ज्यान गएको छ भने भवनहरूमा क्षति पुग्नुका साथै सर्वसाधारण त्रसित बनेर सडकमा निस्किएका छन् । प्रारम्भिक रूपमा सुनामीको चेतावनी जारी गरिए पनि केही समयपछि खतरा टरेको घोषणा गरिएको छ । सुलावेसी र मालुकु टापुबीच केन्द्रविन्दु रहेको भूकम्पका कारण […]