हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन मिल्ने

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्दैछ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँको दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गर्नेछ। बैंकमा १६ कम्पनी तथा व्यक्तिहरुको ०.५ प्रतिशतभन्दा बढी शेयर लगानी रहेको छ । हाल बैंकमा सर्वसाधारणको सेयर हिस्सा २७ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले […]

शाइन रेसुंगा डेभलपमेण्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । शाइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्कासन गर्दैछ । बैंकले १० वर्षे अवधिको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले  प्रतिकित्ता १००० रुपैयाँ अंकित दरले हुन आउने १० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । १ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको […]

आज चारवटा संसदीय समितिका बैठक हुँदै

काठमाडौं । केही दिनका लागि सङ्घीय संसद्का दुवै सदनका बैठक नभए पनि आज चारवटा संसदीय समितिका बैठक हुँदैछन् । आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठक हुँदैछ । राष्ट्रियसभा र प्रतिनिधिसभाका […]

विवरण बुझाउन बाँकी कम्पनीलाई अन्तिम मौका, आजसम्म जरिवानामा ९० प्रतिशत छुट

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौँले विवरण, सूचना वा जानकारी बुझाउन बाँकी रहेका कम्पनीलाई जरिवानामा भारी छुट दिएको छ । कम्पनी रजिस्टारको कार्यालयले असार मसान्तभित्र विवरण, सूचना वा जानकारी बुझाउने कम्पनीलाई ९० प्रतिशत छुट दिने जानकारी गराएको छ । कम्पनी ऐन, २०६३ (संशोधन सहित) को दफा ८१ को उपदफा (७) बमोजिम, यदि कुनै कम्पनीले […]

अधिकांश विदेशी मुद्राको मूल्य घट्यो

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर, बेलायती पाउन्ड, युरोपियन युरो, कुवेती र बहराइन दिनारसहित धेरै मुद्राको मूल्य घटेको छ । यसदिन  अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७ रुपैयाँ ६० […]

कस्तो रहनेछ आगामी २४ घण्टाको मौसम?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम […]

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्तः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी सांसदहरुले राखेको प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष उर्जा विकास, विद्युत उत्पादन, विद्युत प्रसारण तथा वितरणमा परिचालन हुने बताए । यस्तै सडक […]

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले असार ३२ गते बुधबारदेखि लागू हुने गरि मूल्य घटाएको हो। निगमले पेट्रोलको मूल्य प्रति लिटर ५ रुपैयाँ घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत छ। नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा १५७ […]

स्याफ्रुबेँसी–रसुवा सडकखण्ड नब्बे प्रतिशत खुल्यो

काठमाडौं । स्याफ्रुबेँसी–रसुवागढी खण्डको बिग्रेको राजमार्गको करिब ९० प्रतिशत मर्मत काम सम्पन्न भएको छ । बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फ करिब १४ किलोमिटर सडकमार्गको अधिकांश भाग प्रभावित भएपछि सडक विभागसहित सम्बद्ध अन्य निकायसमेतको सहयोग र सहकार्यमा सडक मर्मतको  कामले तीव्रता पाएसँगै काम अन्तिम चरणमा पुगेको हो । तिब्बततर्फबाट बग्ने ल्हेन्दे खोलामा यही असार २४ गते आएको बाढीका […]

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हन् । यसअघि मन्त्री राजकुमार गुप्ताले आज राजिनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सांसद […]