यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु […]

नेरुडे मिर्मिरे लघुवित्तको झण्डै २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले करिब २ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले ७ जना संस्थापक सदस्यहरुको नाममा रहेको १ लाख ७२ हजार ६३४ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त संस्थापक सेयरमा हाल कायम कम्पनीका सेयरधनीहरुले ३५ दिन भित्र आवेदन पेश गर्न भनिएकोमा उक्त समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेकाले आम […]

विश्वकप फुटबल : जापान र स्वीडेनले खेले बराबरी, दुवै नकआउट चरणमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ को आफ्नो समूहको अन्तिम खेलमा बराबरी खेल्दै जापान र स्वीडेन नकआउट चरणमा प्रवेश गरेका छन् । अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १–१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् । खेलको ५६ औं दाइजेन माएदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । […]

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण गरेको छ । बहत्तर जना किसान, फार्म र समूहलाई ६० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरिएको हो । कृषिकार्यको लागत घटाउन, किसानको सहजता र समयको बचतका लागि यान्त्रिक हलो वितरण गरिएको मालिका गाउँपालिकाका कृषि विकास अधिकृत सुस्मिता सुवेदीले बताए। ‘वडा कार्यालयमार्फत किसानहरूबाट माग संकलन गरेर […]

ट्युनिसियामाथि नेदेरल्याडस्को सहज जित, समुह विजेता बन्दै नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ शुक्रबार सम्पन्न खेलमा ट्युनिसियालाई पराजित गर्दै नेदरल्यान्डस् समुह ‘एफ’को विजेता बनेको छ । भर्खरै सम्पन्न खेलमा नेदरल्यान्डस्ले ३–१ गोलअन्तरले ट्युनिसियालाई पराजित गरेको हो । नेदरल्यान्डस्ले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । ट्युनिसियाका इलएस सखिरीले खेलको ३ मिनेटमै आत्मघाती गोल गरेका थिए । त्यसपछि खेलको ७ औँ मिनेटमा नेदरल्यान्डस्का ब्रायन […]

प्रभु महालक्ष्मी लाइफको करिब १९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले करिब १९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज सूचना जारी गरेर १८ लाख ९९ हजार २४१ कित्ता सेयर बिक्रीमा राखेको हो । यस अघि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको सूचना जारी गरिएको भए पनि उक्त सेयरमा आवेदन नपरेकाले आम रुपमा सबैले खरिद गर्न […]

आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा, कुरासाओ पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को खेलमा कुरासाओसँग जित निकाल्दै आइभरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ । शुक्रबार बिहान भएको खेलमा आइभरी कोस्टले कुरासाओविरुद्ध २–० गोलअन्तरको जित निकालेको हो । खेलमा आइभरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गरे । उनले खेलको ७ औं र ६४ औं मिनेटमा गोल गरेका हुन् […]

भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या १८८ पुग्यो

काठमाडौं । भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा १८८ पुगेको छ भने १५ सयभन्दा धेरै मानिस घाइते भएका छन् । अस्ति बेलुकी गएका ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पले राजधानी काराकाससहित ला ग्वाइरा राज्यमा ठूलो क्षति पुर्‍याएको हो । राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म १०० भन्दा बढी भवन पूर्ण […]

जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौं । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा उपाधि दावेदार जर्मनीलाई २–१ ले हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा जर्मनी पराजित हुन पुग्यो । जर्मनीले खेलमा दोस्रो मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । लेरोय […]

आजको मौसम : मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने सम्भावना

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली […]