बजेटपछिकाे सातामा १८ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ? 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरे पछिको हप्ता दिनमा सुनको मूल्यमा भारी वृद्धि देखिएको छ । गत जेठ १५ गते सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्यो । उक्त दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तर, त्यसको एक हप्तापछि […]

न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, ६ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागको थोरै […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ […]

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस फुटबल क्लबबीच सहकार्य सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लब बीच खेलकुद क्षेत्रको विकास, खेलाडी तथा कर्मचारीहरूको वित्तीय सुरक्षा अभिवृद्धि तथा संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले आपसी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम […]

आर्थिक बर्ष २०८३\८४ को बजेटका सम्बन्धमा नाडाको धारणा

काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले हालै संघिय संसदमा प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०८३\०८४ को बजेटका सम्बन्धमा यस एशोसिएशनको विशेष रुपले ध्यान आकृष्ट भएको छ। सरकारले विद्युतिय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउने व्यवस्था गरेको छ। सरकारको बर्तमान कर नीतिले विद्युतिय लगायत इन्धनबाट चल्ने सवारी साधनहरु समेतको मूल्य बढने देखिएको […]

श्रीलंकन चेम्बर र एफएनसीसीआईबीच बीटुबी मिटिङ सम्पन्न, दुई खर्ब लगानीको प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र सिलन चेम्बर अफ कमर्सबीच बीटुबी बैठक सम्पन्न भएको छ। महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ टोलीको नेतृत्वमा गएको व्यवसायिक भ्रमणका क्रममा दुई देशका उद्योगी व्यवसायीबीच लगानी प्रवर्धन गर्ने सम्बन्धमा छलफल भएको थियो। उक्त छलफलमा सिलन चेम्बरमा आबद्ध उद्योगी व्यवसायीहरूले आफूहरू नेपालमा लगानी गर्न तयार भएको बताएका हुन् । यसरी कार्यक्रममा […]

वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा तथा सुरक्षित आवास नपाएको लगायतका गुनासो बढ्दै गएपछि सरकारले वैदेशिक रोजगार व्यवसायी तथा सम्बन्धित निकायलाई श्रमिकहरूको नियमित अनुगमन गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले युवा, श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नियमित अनुगमन कार्यान्वयन गराउनका लागि निर्देशन दिएको हो। पत्रमा […]

सीजी मोटोकर्पद्वारा राष्ट्रव्यापी सुजुकी समर सर्भिस क्याम्पको शुभारम्भ

काठमाडौं । CG Motocorp Pvt. Ltd., नेपालमा Suzuki अटोमोबाइल्सको अधिकृत वितरकले “सुजुकी समर सर्भिस क्याम्प”को घोषणा गर्न पाउँदा अत्यन्त हर्षित छ। यो राष्ट्रव्यापी सेवा अभियान जुन ७ देखि ९, २०२६ (जेठ २४–२६, २०८३) सम्म नेपालभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरहरूमा सञ्चालन हुनेछ। नेपालमा गर्मी र मनसुनपूर्वको मौसम प्रारम्भ भइसकेको सन्दर्भमा, जुन बेला भारी वर्षा र […]

सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चाँदनी सुक्खा बन्दरगाह अवलोकन

महेन्द्रनगर। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसहितको टोलीले आज कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामको प्रगतिका विषयमा जानकारी लिएको छ । सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरका विभिन्न क्षेत्रको अवलोकनका क्रममा दोधारा चाँदनी सुक्खा बन्दरगाहको प्रगतिका विषयमा जानकारी लिएका हुन् । निर्माणाधीन सुक्खा बन्दरगाहका नेपालतर्फका प्रतिनिधि एवं कञ्चनपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तेजबहादुर चन्दले […]

नेपालकाे जलविद्युत् क्षेत्रमा लगानी गर्न श्रीलङ्काका व्यवसायी तयार

काठमाडौं । श्रीलङ्काका व्यवसायीहरुले आफूहरु नेपालमा लगानी गर्नका लागि आफूहरु तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र सिलोन चेम्बर अफ कमर्सबीच भएको छलफलमा दुई देशबीच लगानी प्रवर्द्धनका लागि छलफल हुनुका साथै श्रीलङ्काका व्यवसायीहरुले आफूहरु नेपालमा लगानी गर्न तयार रहेको बताएका हुन् । महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले नेपालमा ४० हजार मेगावाटभन्दा बढी […]