नेपाल बैंकद्वारा दुर्घटना बीमा अन्तर्गत मृतक शिक्षकको परिवारलाई पाँच लाख रुपैयाँ भुक्तानी

काठमाडौं । नेपाल बैंक लिमिटेडले सडक दुर्घटनामा परि ज्यान गुमाएका शिक्षक तथा बैंकका ग्राहक रघुनन्दन यादवको परिवारलाई बीमा दावी अन्तर्गत पाँच लाख रुपैयाँ भुक्तानी गरेको छ। मकवानपुरको थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालयमा अध्यापनरत यादव पालुङ शाखामा कर्मचारी तलब खाता संचालन गरिहेका ग्राहक थिए। उनको २०८२ जेठ १२ गते थाहा नगरपालिका–३ मा सडक दुर्घटनामा परी […]

होपफुल हराईजन नेपालमा र प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक, ललितपुर स्थित होपफुल हराईजन नेपाल प्रालिमा मानसिक स्वास्थ सम्बन्धि सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ । एक समारोहका बिच होपफुल हराईजन नेपाल प्रालिका तर्फबाट डा. प्रकृति प्रधान (Consultant Psychiatrist) र प्रभु बैंकका तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर रमेश कुमार श्रे्रष्ठले समझदारी ज्ञापनपत्र (MOU) […]

 एनसेल ‘लीग अफ क्रिएटर्स’: अमनले जिते १० लाखको ब्रान्ड डिल

काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने सफल भएका छन् ।  उनले प्रतियोगितामा प्रथम स्थान हाषिल गर्दै पुरस्कार स्वरुप यो डिल हात पारेका हुन् । आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौंकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हाषिल गर्दै रु ५ लाखको ब्रान्ड डिल जितिन् भने बागलुङ्गका मनिष रुचेलले तेस्रो बन्दै रु २ लाख ५० […]

३४ अंकले बढ्यो नेप्से, साढे ९ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक आज बढेको छ । मंगलबार नेप्से परिसुचक ३४.४६ अंकले बढेर २७६०.१७ विन्दुमा बन्द भएको छ । आज ३१७ कम्पनीको ७४ हजार ५७ कित्ता शेयर कारोबार भएको छ । ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख १७ हजार कित्ता शेयर खरिद बिक्री भएको छ […]

एसडीजी कार्यान्वयनका लागि नेपालले ठोस कदम चाल्न जरुरीः उपाध्यक्ष अधिकारी

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले दिगो विकास लक्ष्यहरू कार्यान्वयनका लागि वित्तीय स्रोत परिचालन र विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई अघि बढाउन नेपालले थप ठोस कदम चाल्नुपर्ने बताएका छन् । अमेरिकाको न्यूयोर्कमा दिगो विकास सम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले आगामी पाँच वर्षभित्र २०३० सम्मका लक्ष्यहरू प्राप्त गर्न विश्व समुदाय अझै […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (NPS-National Card Switch तथा NEPALPAY Card मा आवद्ध  

काठमाडौं । एनआईएमबि र एनसीएचएल बीच NPS–NCS तथा Domestic Card Scheme (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरेका हुन् ।  एनसीएचएलले हालै NPS–NCS को पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै […]

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा

काठमाडौं । भेटायोले प्रति सिटर  ६सय  मा प्रोफेशनल सोफा सफाइ सेवा सुरू गरेको घोषणा गरेको छ । यो सेवा हाल काठमाडौं उपत्यकाभित्र मात्र रहेको कम्पनीले जनाएको छ भेटायोको अनुभवी सफाइ टोलीले इको–फ्रेन्डली र उच्च गुणस्तरका सफाइ सामग्रीहरू प्रयोग गरी तपाईंको सोफालाई नयाँजस्तै चम्किलो बनाउने बताएको छ । धुलो, दाग, गन्ध र जीवाणुहरूलाई प्रभावकारी रूपमा हटाउन […]

पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको आज सम्पन्न ४१ औ सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्रा डा कल्याणी मिश्र त्रिपाठीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२÷०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको […]

सेवन्तक पोखरेलले लिए नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले सपथ लिएका हुन्। हिजोको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो । नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद […]

कामना सेवा विकास बैंकद्धारा पशुपति क्षेत्र विकास कोषलाई जुत्ता झोला र टोकन हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई ५००० थान जुत्ता झोला र १००० थान टोकन हस्तान्तरण गरेको छ । पशुपतिनाथ मन्दिरको दर्शन गर्ने भक्तजनहरुको जुत्ता र चप्पललाई सुरक्षित र व्यवस्थित रुपमा राख्नको लागि उक्त झोलाहरु र टोकनहरु हस्तान्तरण गरिएको हो । बैंकका कर्जा प्रशासन विभाग प्रमुख पर्मा ढुङ्गेलले पशुपति […]