वीरगन्जमा निषेधाज्ञा जारी

काठमाडौं । वीरगन्जको स्थिति तनावग्रस्त बन्दै गएपछि स्थानीय प्रशासनले वीरगन्ज महानगरको निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको आदेशबाट वीरगन्जको पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकाराचार्य गेटसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरिएको हो ।

नेपाल बैंकका कर्मचारी र ग्राहकले मेडिकेयर हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र चावहिलस्थित मेडिकेयर हस्पिटल लिमिटेडबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको डेबिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुले मेडिकेयर हस्पिटलमा छुट पाउने छन् । सो सम्झौता बमोजिम कर्मचारी र कर्मचारी परिवार, बैंकमा पेन्सन […]

अमेरिकी कारबाहीले भेनेजुएला सङ्कट गहिरिँदै, ईयूद्वारा संयम अपनाउन आग्रह

ब्रसेल्स। युरोपेली सङ्घ (ईयू) ले भेनेजुएलामा थप तनाव नबढोस् भन्नका लागि सबै पक्षलाई ‘शान्ति र संयम’ अपनाउन आग्रह गरेको छ । यो अपिल संयुक्त राज्य अमेरिकाले भेनेजुएलाविरुद्ध सैन्य कारबाही गरेपछि आएको हो । ईयूका उच्च प्रतिनिधिद्वारा जारी वक्तव्यमा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको बडापत्र ‘सबै अवस्थामा पालना हुनुपर्ने’ उल्लेख गरिएको छ । साथै संयुक्त राष्ट्रसंघ […]

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ। सिंहदरबारमा आज नियमित बैठक बसेको हो । मन्त्रालयगत एजेन्डा र अन्य विविध विषयमा छलफल गर्न बैठक बसेको हो ।

सिटिजन्स सन्तुलित योजनामा मागभन्दा २५ प्रतिशत बढी आवेदन

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’मा मागभन्दा बढी आवेदन परेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी यही पुस ४ गतेदेखि १८ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिएको १ अर्ब रुपैयाँ […]

महिलामैत्री नीतिका कागजमा मात्र सीमित नरही व्यवहारमा कार्यान्वयन हुनुपर्छः मन्त्री सिन्हा

काठमाडौँ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले महिलामैत्री नीति कागजमा मात्र सीमित नरही व्यावहारिक रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । महिलालाई उद्यम, व्यवसाय र स्टार्टअप क्षेत्रमा वास्तविक पहुँच र अवसर दिन नसकेसम्म नीतिको औचित्य पुष्टि नहुने उनको भनाइ थियो । नीति रिसर्च प्रालिद्वारा आज यहाँ आयोजित ‘स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो’ विषयक […]

दोर्दी खोलाको साधारण सभा स्थगित

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा  स्थगित भएको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को समीक्षाका लागि पुस २१ गते सोमबारका लागि तय गरेको वार्षिक साधारण सभा गणपूरक सङ्ख्या नपुगेका कारण स्थगित भएको छ।

गोर्खा ब्रुअरी l कार्ल्सबर्ग ग्रुपद्वारा स्वच्छ २७ औं पोखरा स्ट्रिट फेस्टिभलको लागि विशेष अभियान

काठमाडौं । पोखरालाई नेपालको एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा सम्मान गर्दै, गोर्खा ब्रुअरी र कार्ल्सबर्ग ग्रुपले २७ औं पोखरा स्ट्रिट फेस्टिभलको अवसरमा स्वच्छ वातावरण अभियानको नेतृत्व गरेको छ। यो अभियान रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रा.लि. सँगको सहकार्यमा सञ्चालन गरिएको हो। प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणका लागि प्रसिद्ध पोखराको पहिचान […]

महिना दिनमै कालोपत्रे गरेको सडक भत्कियो, ठेकेदारले फेरि बनाउने

म्याग्दी । कालोपत्रे गरेको एक महिना पनि नबित्दै म्याग्दीको एउटा सडक भत्किएपछि सरोकारवाला निकाय र ठेकेदारले फेरि मर्मत गर्ने प्रतिबद्धता जनाएका छन्। ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत करिब २३ करोड ३२ लाख लागतमा बनेको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक महिना दिनमै उप्किएर खाल्डैखाल्डा भएपछि चौतर्फी आलोचना भएको थियो। सडकको गुणस्तरमा गम्भीर प्रश्न उठेपछि आइतबार जिल्ला […]

भौतिक पुर्वाधार पुनःनिर्माण कोषमा १३ करोड ३५ लाख रकम सङ्कलन

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म रू १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आज बिहानसम्म उक्त रकम जम्मा भएको हो । कोषमा आज […]