हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भन्ने कामना गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै उनले अरुमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको र त्यस्तो दीप विवेक भएको बताएका छन् । गुरु पूर्णिमालाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइने गरेको […]

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग […]

निर्माण व्यवसायीको ३० अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी

काठमाडौं । अर्थ मन्त्रालयले निर्माण व्यवसायीहरुको रकम भुक्तानी गरेको जनाएको छ । मन्त्रालयका अनुसार अघिल्लो वर्षको दायित्व ३० अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गरेको हो । यो सँगै निर्माण क्षेत्रको भुक्तानी समस्या समाधान भएको मन्त्रालयका उच्च अधिारीहरुले बताएका छन् । मन्त्रालयका अधिकारीहरुले चालु आर्थिक वर्षमा निजी क्षेत्रलाई पूर्ण महत्व दिएको बताएका छन् । उनीहरुले चालु […]

रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय

काठमाडौं । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ मा स्थित रसुवागढीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई सरकारले क्षतिपूर्ति दिने निर्णय गरेको छ । मृतकका परिवारलाई जनही २ लाखको दरले नगद दिने निर्णय गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले बताए । उनले भने,‘मृतकका परिवारलाई २ लाखको दरले क्षतिपूर्ति दिने निर्णय गरेका छौँ […]

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । सरकारले वित्त नीतिमार्फत् लिएको छ प्रतिशतको आर्थिक वृद्धि र साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीतिलाई सघाउनेगरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनेछ । कर्जा विस्तार गर्ने, खराब कर्जा घटाउने, ब्याजदर सन्तुलन, बाह्य क्षेत्र व्यवस्थापनलगायत विषय पनि मौद्रिक नीतिको प्राथमिकता रहेका […]

खानीखोला हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ भोलि असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आजसम्म कायम सेयरधनीहरुले मात्र यो कम्पनीको हकप्रद सेयर खरिद गर्न सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट यस कम्पनीले गत असार १० गते चुक्तापुँजीको १ः१ अनुपातमा […]

इष्टर्न सहारा कम्पनीले आईपीओका लागि पायो ‘डबल बी’ रेटिङ

काठमाडौं । लगानी कम्पनी इष्टर्न सहारा कम्पनी लिमिटेडले प्रस्तावित सार्वजनिक सेयर निष्कासन (आईपीओ) का लागि डब्बल बी रेटिङ पाएको छ। रेटिङ एजेन्सी, केयर रेटिङ्ग नेपालबाट इष्टर्न सहाराले प्रस्तावित साधारण शेयर निष्काशनका लागि यस्तो रेटिङ पाएको हो। यस्तो रेटिङ प्रापक सेयर जारीकर्ता कम्पनीले वित्तीय दायीत्वहरू समयमै पुरा गर्ने सम्बन्धमा मध्यम स्तरको जोखिम निहित हुन्छ। इष्टर्न सहाराले […]

पाण्डेको नेतृत्वमा उद्योग परिसंघको नयाँ कार्यसमिति चयन

काठमाडौं । निर्माण उद्योगी वीरेन्द्रराज पाण्डे नेपाल उद्योग परिसंघको अध्यक्षमा चयन भएका छन् । परिसंघको २२ औं वार्षिक साधारण सभाबाट वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे विधानअनुसार स्वत: अध्यक्ष निर्वाचित भएका हुन् । उनी नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् । कृषि, हरित सामग्री र शिक्षा क्षेत्रमा पनि सक्रिय उनी सिभिल इन्जिनियरिङ, आवास र शहरी विकास, […]

त्रिविको नयाँ उपकुलपतिमा भैरव अर्यालका छोरा दीपक नियुक्त

काठमाडौं । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर दीपक अर्याललाई नियुक्त गरेका छन् । अर्याल वरिष्ठ हाँस्यव्यङ्ग्य निबन्धकार, पत्रकार तथा कवि स्वर्गीय भैरव अर्यालका छोरा हुन् । २०५२ सालमा सेवामा प्रवेश गरेका अर्याल यसअघि त्रिवि जल तथा मौसम केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख रहेका थिए । तीन दशकदेखि त्रिविमा सेवारत […]

गुन्द्रुक प्रतिकिलो रु ३५०,पार्सले एक हजार

काठमाडौं । काठमाडौँ, २६ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५८, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु […]