एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको समितिले प्रतिनिधिहरुको विवरण अध्यावधिक गरिरहेको जनाइएको छ । विभागका प्रमुख अधिकारीका अनुसार प्रतिनिधिमध्ये दुई हजार १५४ भूगोल र गैरभूगोलबाट निर्वाचित […]

सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ सङ्कल्प आवश्यक रहेकामा जोड दिएकी छिन् । सार्कको ४१औँ चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रका सरकार र जनतामा शुभकामना व्यक्त गर्दै उनले साझा उद्देश्यमा एकताबद्ध भएर यस क्षेत्रका चुनौतीहरूको सामना गर्न, आम हितको रक्षा गर्न […]

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ ।कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराएको हो । स्थलगत अनुगमनका क्रममा यो क्रसरले अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको जिल्ला […]

समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज जारी  सन्देशमा मुख्यमन्त्री आचार्यले सुशासनलाई मजबुत बनाउँदै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताए । ‘भ्रष्टाचार आर्थिक दुराचार मात्रै होइन । यसले सामाजिक मूल्यमान्यता, लोकतान्त्रिक प्रणाली, राजनीतिक […]

मतदाताको उमेर अठार वर्ष पुग्ने मिति (Cut-off Date) निर्धारण र मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्‍चालन हुने 

काठमाडौं । संवत् २०८२ साल फागुन महिनाको २१ गते बिहीबारका दिन सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने सम्बन्धमा संवत् २०८१ साल फागुन २१ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति (Cut-off Date) निर्धारण गरी मिति २०८१/०८/०५  सम्म देशभरबाट सङ्‍कलित मतदाताको विवरणलाई अद्यावधिक गर्ने गरी आयोगबाट मिति २०८२/०८/२० मा […]

१ हजारले घट्यो सुनको मूल्य , चाँदीको बढ्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसदिन चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । […]

तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

झापा इनर्जीले बोलायो साधारण सभा, सेयरधनीलाई छैन लाभांश

काठमाडौं । झापा इनर्जी लिमिटेडले पुस १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा इन्द्रेणी ब्यांकेट, वर्तामोर्ड-४, झापामा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण गरिएको आव २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र वित्तीय विवरणसहितका अनुसूचीहरू […]

मोरङको रतुवा—केशलिया सडक निर्माणको ठेक्का तोडियो

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा— केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग २३ कात्तिक […]

काबेली हाइड्रोपावरले आईपीओ अनुमति माग्दै सेबोनमा निवेदन दियो

काठमाडौं । काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डमा औपचारिक आवेदन पेश गरेको छ। कम्पनीले मङ्सिर ८ गते बोर्डमा आवेदन दर्ता गराउँदै सेयर निष्काशनका लागि अनुमति माग गरेको हो। कम्पनीले कुल ४१ करोड २५ लाख रुपैयाँ बराबरको ४१ लाख २५ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना अघि सारेको […]