मूल्यवृद्धि घट्यो ,  हिमालको तुलनामा काठमाडौं घट्यो मूल्यवृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय खाद्य, गैर खाद्य, पेय पदार्थ लगायतका समाग्रीको मूल्य वृद्धि घटेको बताएको छ । राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । राष्ट्र बैंकका अनुसार २०८२ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ […]

राप्ती हाइड्रोको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको १:१ अनुपातमा जारी भएको हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन गरिसक्नुपर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो। यो हकप्रद कम्पनीको हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख […]

तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ४.८ प्रतिशत

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिकमा नेपालको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) ४. ८० प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विद्युत् उत्पादन, निर्माण, वित्तीय सेवा, खानी तथा खनिज उत्खननजस्ता क्षेत्रमा देखिएको उल्लेखनीय सुधारले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको हो । यस त्रैमासिकमा अर्थतन्त्रको धनात्मक […]

खानेपानी महासंघद्वारा कर खारेजीको माग

काठमाडौं । खानेपानी सरसफाइको व्यवस्थापन र सञ्चालन गरिरहेका उपभोक्ता समितिको रकममा सरकारको २५ प्रतिशत कर लगाउने निर्णय सच्याउन खानेपानी महासंघले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अनुरोध गरेको छ । खानेपानी जस्तो संवेदनशील विषयमा सहजीकरणको भूमिका निर्वाह गरिदिनको लागि खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको हो । सरकारले उपभोक्तालाई २५ प्रतिशत कर लगाउने निर्णय अव्यवहारिक […]

केयी इ–क्यूट ०२ः अब मात्र २० लाख ९६ हजारमा उपलब्ध

काठमाडौं । नेपालमा केयी गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले केयी इ–क्यूट ०२—बजारमा उपलब्ध सबैभन्दा व्यावहारिक २–ढोके इलेक्ट्रिक गाडीहरू मध्ये एक मात्र २० लाख ९६ हजार रुपैयाँको विशेष मूल्यमा उपलब्ध हुने भएको हो। यो आक्रामक मूल्य निर्धारणले यसलाई नेपालमा उपलब्ध सबैभन्दा सस्तो र फिचर–युक्त इलेक्ट्रिक गाडीहरू मध्ये एक बनाएको छ। केयी इ–क्यूट ०२ आधुनिक […]

एनआरएनए अमेरिका टेक्सास च्याप्टरको उपाध्यक्षमा बन्जाडेको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका टेक्सास च्याप्टरको आगामी कार्यकालका लागि उपाध्क्षय पदमा सुबास बन्जाडेले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। हाल बोर्ड सदस्यको जिम्मेवारी निर्वाह गरिरहेका बन्जाडेले २०२५ देखि २०२७ सम्मको कार्यकालका लागि उपाध्क्ष सम्हाल्ने उद्देश्यसहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। बन्जाडे टेक्सास च्याप्टरलाई आगामी दुई वर्षभित्र अमेरिका एनसीसी अन्तर्गतकै उत्कृष्ट च्याप्टरको रुपमा स्थापित गर्ने […]

प्रधानमन्त्री केपी शर्मा ओलीको केरुङ र लेन्देखोला बाढीको उद्दारका लागि सूचना समन्वयका लागि अनुरोध

काठमाडौं । आज बिहान रसुवा जिल्लाको रसुवा गढी क्षेत्रमा चीनको केरुङ र लेन्देखोलातर्फबाट अचानक आएको भीषण बाढीले रसुवागढी क्षेत्रमा ठूलो  धनजनको क्षेति भएपश्चात प्रधानमन्त्री केपी शर्मा ओलिले मौसमजन्य विपद्को उद्धारका लागि सरकारले विपद् व्यवस्थापन विभागलाई ‘हाई एलर्ट’मा राखेको  बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आज बिहान पोष्ट लेख्दै यस्तो बताएका हुन । उनले भनेका […]

केरुङ–लेन्देखोलाको बाढीले रसुवागढी जलविद्युत र सुख्खा बन्दरगाहमा ठूलो क्षति

काठमाडौं । आज मंगलबार बिहान चीनको केरुङ र लेन्देखोलातर्फबाट अचानक आएको भीषण बाढीले रसुवागढी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवागढी जलविद्युत आयोजना अन्तर्गतको बाहिरी संरचना पूर्ण रूपमा ध्वस्त भएको जनाइएको छ। मंगलवार बिहान करिब ३ बजे आएको बाढीले टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा समेत क्षति पुर्‍याएको छ। बन्दरगाह परिसरमा भन्सार जाँचका लागि राखिएका र […]

राप्ती हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सतशप्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत असार १ गतेदेखि निष्कासन भएको हकप्रदमा आवेदन दिने दिन यसअघि असार २२ गतेसम्म रहेकोमा २ दिन थप गरी असार २४ गतेसम्म कायम गरिएको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको […]

दाउरा काट्न जाँदा त्रिशूलीको बाढीमा फसेका दम्पत्तिको हेलिकोप्टरबाट उद्धार

काठमाडौं । दाउरा काट्न जाँदा चीनमा भएको वर्षाको कारण एक्कासी त्रिशुली नदीमा आएको बाढीमा फसेका दम्पत्तिको हेलिकोप्टरबाट उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट नुवाकोट, विदुर नगरपालिका १ लभडाँडा मिलन चौतारा बस्ने ६७ वर्षीय पाल्देन तामाङ र श्रीमती ६२ वर्षीय मंगली तामाङको उद्धार गरिएको हो । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उनीहरु दुवैको […]