समस्यारत मार्जिन कारोबार प्रणाली कार्यान्वयनको माग, करिब एक महिनामा कार्यान्वयन गर्ने आश्वासन
काठमाडौं । धितोपत्र ब्रोकरले लगानीकर्तालाई प्रदान गर्ने मार्जिन कारोबार (सेयर खरिद कर्जा) सुविधासम्बन्धी नीतिगत व्यवस्था भए पनि कार्यान्वयनमा जटिलता कायमै देखिएको छ । स्रोतको सुनिश्चितता, मार्जिन कारोबारका लागि आधारभूत पूर्वाधार पनि नभएकोलगायत कारण यो व्यवस्था अझै प्रभावकारी कार्यान्वयन हुन नसक्ने जानकारहरू बताउँछन् । मार्जिन कारोबारका लागि ब्रोकरहरूले सिस्टम नबनाएकोलगायत कारण अझै पनि लगानीकर्ताले ब्रोकरहरूमार्फत मार्जिन सुविधाको सम्भावना […]

