सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कालिकोट जिल्लामा अविरल वर्षाका कारण प्रभावित परिवारहरुलाई आवश्यक राहत सामग्री वितरण गरेको छ । कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको समन्वयमा कालिकोट जिल्लाका शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका तथा तिलागुफा नगरपालिकाका विभिन्न वडाका ५७ विपद् प्रभावित परिवारलाई आवश्यक राहत सामग्रीस्वरूप […]

जनताको आकांक्षा पूरा हुने गरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं ।  सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानहरूले जनताको अपेक्षा र आकांक्षा पूरा हुने गरी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएको छ । गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक देवराज ढुंगानालाई आज मन्त्रालयमा नियुक्तिपत्र प्रदान गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले संस्थागत सुशासन, पारदर्शिता र कानुनसम्मत कार्यसम्पादन गर्न निर्देशन दिए […]

सरकारप्रति पूर्ण विश्वास नहुँदासम्म पुँजी बजारमा लगानीको वातावरण बन्दैन : अर्थविद् चन्द्रमणि अधिकारी

काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले पूँजीबजारको वर्तमान अवस्थालाई केवल एउटा कारणसँग जोडेर व्याख्या गर्न नसकिने बताएका छन् । बजारमा सीमित व्यक्तिको प्रभाव, इन्साइडर ट्रेडिङका आरोप तथा लगानीकर्ताको मनोविज्ञानजस्ता विभिन्न पक्षले बजारलाई असर गरिरहेको उनको भनाइ छ । उनले विगतमा सेयर बजारमा सीमित व्यक्तिको पकड रहेको र इन्साइडर ट्रेडिङ भएको भन्ने चर्चा बजारमा व्यापक रूपमा […]

आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

काठमाडौं । नेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत सेयर आईपीओमार्फत निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ भने संस्थापक सेयरधनीतर्फ पनि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने विषयमा छलफल भइरहेको जनाएको छ । आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले […]

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा सेबोनका नवनियुक्त अध्यक्षलाई बधाई तथा पुँजी बजार सम्बन्धित छलफल

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्ट तथा सेबोनका कार्यकारी निर्देशकहरूसँग शिष्टाचार भेट गरी नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टज्युलाई पदभार ग्रहण गरेको अवसरमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । भेटका क्रममा नेपाल मर्चेन्ट बैंकर्स संघले अध्यक्ष डा.भट्टको नेतृत्वमा नेपालको […]

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । महालक्ष्मी विकास बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाहरुको संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठ, हरि प्रसाद गिरि, अशोक श्रेष्ठ, नवराज बहादुर सिंह तथा सीताराम प्रसाईकोको स्मृतिमा स्थापित छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर […]

दराज नेपालद्वारा ‘७.७ महाबचत बजार’ अभियानको घोषणा

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘७.७ महाबचत बजार’ अभियान सार्वजनिक गरेको छ। आगामी असार २२ गते (जुलाई ६) बेलुका ८ बजेदेखि सुरु हुने यस अभियानमा ग्राहकले ७५ प्रतिशतसम्म छुट, डिजिटल भुक्तानीमा अतिरिक्त छुट, निःशुल्क डेलिभरी तथा विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउने भएका छन्। कम्पनीका अनुसार सेल अवधिभर विभिन्न […]

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्री यादवको छड्के अनुगमन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनी दर्ता प्रक्रिया पूर्ण रूपमा डिजिटल बनाएको भन्दै प्रविधिमैत्री सेवा विस्तार र पारदर्शी सेवा प्रवाहमा जोड दिएकी छन्। शुक्रबार त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयको छड्के अनुगमन गर्दै मन्त्री यादवले मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहित कार्यालयका विभिन्न शाखाको निरीक्षण गरी सेवाग्राहीलाई सहज, छिटो र झन्झटरहित सेवा […]

युवा उद्यमशीलतामै नेपालको समृद्धि जोडिएको छ :सदस्य मल्ल

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले नेपालमा युवा उद्यमशीलताको ठूलो सम्भावना रहेको भन्दै उद्यमशीलता प्रवद्र्धनमार्फत देशभित्रै रोजगारी र समृद्धिको आधार निर्माण गर्नुपर्ने बताएका छन् । शुक्रबार सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायी पुरस्कार कार्यक्रममा बोल्दै मल्लले अमेरिकामा १७ वर्ष अध्ययन र काम गरेपछि नेपाल फर्किनुको मुख्य कारण गाउँ–गाउँमा रहेका युवा तथा महिला उद्यमीको […]

आयल निगममा ओभरटाइम भत्ता कटौती गर्ने सरकारको तयारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगममा कर्मचारीलाई अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता पुनरावलोकन गरी सिफ्ट प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ । निगममा ओभरटाइमका नाममा भइरहेको ठूलो आर्थिक खर्च, कार्यप्रणालीमा देखिएको असन्तुलन तथा वित्तीय अनुशासन कायम गर्ने उद्देश्यले मन्त्रालयले यस्तो गृहकार्य थालेको हो। नेपाल आयल निगमको कर्मचारी प्रशासन […]