पाँच वर्ष पुरानो लाभांश बुझ्न लाइफ इन्स्योरेन्स कर्पोरेशनको आग्रह

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझ्न आग्रह गरेको छ । कम्पनीले हालै सूचना जारी गर्दै ३५.५३ प्रतिशत नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरूलाई सम्पर्क गर्न भनेको छ । कम्पनीको २०७६ साल साउन २४ गते बसेको १७ औं वार्षिक साधारणसभाले सेयरधनीहरूलाई ३५.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो […]

एशियन लाइफको शेयरमूल्य समायोजन

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको ५ दशमलव १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । बिहीबार कायम अन्तिम शेयरमूल्य ५३८ रुपैयाँ ४४ पैसाको आधारमा नेप्सेले कम्पनीको बोनस पछिको शेयरमूल्य प्रतिकित्ता ५१९ रुपैयाँ ७७ पैसा तोकेको […]

गरिमा विकास बैंकको ९८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ९८ हजार २८ दशमलव ८४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा विक्री नभएपछि यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरेको हो । यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, […]

पौने ६६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्दै नेपाल इन्स्योरेन्स

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको आधारमा ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ […]

अमेरिकी कर वृद्धिका कारण श्रीलङ्काको कुल गार्हस्थ्य उत्पादन १.५ प्रतिशतले घट्ने : आइएमएफ

काठमाडौं । संयुक्त राज्य अमेरिकाले श्रीलङ्काको निर्यातमा ४४ प्रतिशत कर कायम गरेमा र प्रतिस्पर्धी व्यापारिक साझेदारहरूमाथिको कर घटाएमा श्रीलङ्काको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा १.५ प्रतिशतसम्म गिरावट आउन सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को एक प्रतिवेदनले देखाएको छ । संयुक्त राज्य अमेरिकाले श्रीलङ्काविद्ध लगाएको ४४ प्रतिशत कर जुलाई ९ सम्मका लागि स्थगित भएको छ भने हाल […]

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक

काठमाडौं । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि बिहान ५ः०० बजेसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने जनाएको हो । कार्यालयद्वारा आज जारी सार्वजनिक सूचनामा मनसुन सक्रिय भएको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित […]

मन्जुश्री फाईनान्सद्वारा वीरगन्जको केडिया आँखा अस्पतालाई एसी सहयोग

काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक दायित्व कार्यक्रम अन्तर्गत वीरगन्ज शाखा मार्फत आरएम केडिया आँखा अस्पताल, वीरगन्जलाई दुइ थान एसी सहयोग स्वरुप हस्तान्तरण गरेको छ। बिगत ५ दशक देखि सर्वसाधारणलाई सेवा पुर्याउदै आइरहेको केडिया आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा चल्दै आएको छ । सुरुवातमा ५ ओटा बेडबाट सुरु भएको अस्पताल, यो समयमा […]

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ । सोही अन्तर्गत बैंकको मार्तडी–बाजुरा शाखाद्धारा […]

हिम स्टार उर्जाको आईपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । हिम स्टार उर्जा लिमिटेडले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याई शेयरको बाँडफाँड सम्पन्न गरेको छ। एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा भएको उक्त आईपीओ बाँडफाँड कम्पनीले सार्वजनिक जानकारी गराएको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पूँजीको ५ प्रतिशत अर्थात १ लाख ८६ हजार ५०० कित्ता साधारण […]

बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । बेलायत–नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास, लन्डनको संयुक्त आयोजनामा लण्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू रहेको बताउँदै बेलायती व्यवसायीहरुलाई लगानीको लागि आग्रह गरेका हुन् । […]