महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ गतेसम्म रु चार अर्ब २१ करोड १३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । यसमा आन्तरिक आयतर्फ २ अर्ब ६७ करोड ७३ लाख ८८ हजार, राजस्व बाँडफाँटबाट रु ७७ करोड ९९ लाख ८० हजार, सङ्घ तथा प्रदेश सरकारवाट प्राप्त सशर्त अनुदान रु ७५ करोड […]

म्युचुअल फन्डहरुको सेयर बजारमा आधा खर्ब लगानी, मंसिरमा नोक्सानी घट्यो, कुनको कति ?

काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले गएको मंसिरसम्म समग्रमा २ अर्ब ७२ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । अघिल्लो महिना अर्थात, कात्तिकसम्म फन्डहरु ४ अर्ब २४ करोड घाटामा थिए । कात्तिकको तुलनामा यिनीहरुको नोक्सानी घटेको छ । मंसिर महिना सेयर बजारमा केही सुधार देखिएको थियो । त्यसैले नोक्सानी घटेको हो । फन्डको लगानीको ठूलो हिस्सा […]

दराजद्धारा ‘दराज १.१-द नं १’ सेल सार्वजनिक

काठमाडौं ।  देशकैअग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले नयाँ वर्षलाई अझ विशेष बनाउने सोच सहित दराज १.१, द नं १ सेल सार्वजनिक गरेको छ । वर्षको सुरुवात उत्साहजनक अफरहरूसँगै गर्न चाहने ग्राहकहरूका लागि यो सेल डिसेम्बर ३१, २०२५ (पुष १६, २०८२) राति ८ बजे सुरु भई जनवरी ५, २०२६ (पुष २१, २०८२) सम्म सञ्चालन हुनेछ […]

कृषि मन्त्री डा. मदन प्रसाद परियारको प्रगति विवरण: १ सय दिन दिनमा २ लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण

काठमाडौं ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारीमा डा. मदन प्रसाद परियारको  १०० दिन पूरा भएको छ । सोसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १०० दिनमा १०० काम भएको जनाएको छ । मंगलबार एक सय दिनको प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री डा. मदन प्रसाद परियारले सो १०० काममा  अखु किसानहरु र चिनी उधमीसँग छलफल गर्रे आ.व. २०८२\८३ […]

भारत चौथो ठूलो अर्थतन्त्र, जर्मनीमाथि आँखा

नयाँदिल्ली । भारतले जापानलाई पार गर्दै विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभिन पुगेको छ । अधिकारीहरूले तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्ने अपेक्षा व्यक्त गरेका छन् । सरकारको वर्षको अन्त्यको आर्थिक समीक्षाले यस वृद्धिलाई पुष्टि गरेको छ । अहिलेको आधिकारिक स्थिति सन् २०२६ मा वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) तथ्याङ्क सार्वजनिक भएपछि मात्र पक्का हुनेछ । […]

रवि र बालेन्द्रको राजनीतिक समिकरणले सबैमा छाएको खुसियाली र कौतुहलता

विशाल भण्डारी नयाँ राजनीतिक समीकरण पश्चयात रवि र बालेन्द्रलाई पत्र नेपाल देश परापुर्व काल देखि नै आफ्नो पहिचान विश्व सामु बनाएर शान्तिको देश नेपाल र बहादुर नेपालीको नाम बाट परिचित राष्ट्र हो । विगत केही वर्षको राजनैतिक अस्थिरता र ध्रुवीकरणले नेपाल र नेपालीलाई निरासाको चक्रपथमा घुमाइरहेको थियो। विभिन्न कालखण्डमा भएका परिवर्तनले देशको मुहार फेर्न त […]

सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छ : मन्त्री घिसिङ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ गरेमा निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने बताएका छन् । समयमै काम सम्पन्न नगरेमा पेनाल्टी तिर्नुपर्ने व्यवस्था लागू गरिने र आवश्यक परे ठेक्का नै रद्द गर्न बाध्यता हुने उनले बताएका हुन् । आज सडक बोर्ड नेपालको २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले तोकिएको समयसीमाभित्र सडक निर्माण […]

पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबिच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपतिद्वय विद्यादेवी भण्डारी र डा.रामवरण यादवबिच भेटवार्ता भएको छ । मंगलबार उनीहरुबिच भेटवार्ता भएको हो । उनीहरुबिच वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि दुई पूर्वराष्ट्रप्रमुखबिच भेटवार्ता भएकाे हाे ।

कर्णालीका ३ जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

जुम्ला । ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पुर्‍याउने उद्देश्यका साथ नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम भेगमा टावर विस्तार गरेको छ । नेपाल टेलिकम शाखा कार्यालय जुम्लाको कार्यक्षेत्र पर्ने जुम्लालगायत कालीकोट र मुगुमा ८६ वटा टावर विस्तार गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिए । कालीकोटमा २२, […]

उद्योगी विदुषी राणा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको सूचीमा किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक विदुषी राणा छिन् । गोल्डस्टारको जुत्ता चप्पल उत्पादन गर्दै आएको किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक राणा रास्वपाको बन्दसूचीमा परेका हुन् । बालेन शाह र कुलमान घिसिङको पार्टी उज्यालो नेपालसँगको सहमति अनुसार रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि ११० जनाको समानुपातिक उम्मेदवारको सूचीमा निर्वाचन […]