माइडियाले वारेन्टीसहित ल्यायो ब्लु स्माइल सिरिज माइक्रोवेभ ‌ओभन

काठमाडौं । विश्वस्तरको घरेलु उपकरण निर्माता माइडियाले नेपालमा आफ्नो नयाँ ब्लु स्माइल सिरिज माइक्रोवेभ ‌ओभनको सार्वजनिक घोषणा गरेको छ। यो सिरिजमा प्रयोग गरिएको इन्भर्टर क्वाट्रो टेक्नोलोजीले खाना समान रूपमा तताउने, ऊर्जा–दक्ष र भरपर्दो कुकिङ अनुभव सुनिश्चित गर्ने माइडियाको वितरक सीजी इलेक्ट्रोनिक्सले जनाएको छ । यसमा दिइएको १० वर्षे वारेन्टीले दीर्घकालीन भरपर्दो प्रदर्शनको ग्यारेन्टी प्रदान गर्ने सीजीले […]

ह्विल लक गरेपछि न्यूरोड ताम्राकार हाउसमा महानगर प्रहरी र व्यवसायीबीच तनाव

काठमाडौं ।  काठमाडौँका न्यूरोडको ताम्राकार हाउस क्षेत्रमा व्यवसायीहरूले सटर बन्द गरेका छन् । नगर प्रहरी बलले ग्राहकहरूलाई एक छिन मोटरसाइकल रोक्दा पनि ह्विल लक गरेको भन्दै नगर प्रहरीसँगको विवाद पछि व्यवसायीहरूले सटर बन्द गरेका हुन् । सवारी साधन रोक्न पाएको छैन महानगरप प्रहरी आएर ह्विल लक गर्दा समस्या भएको व्यवसायी कुवेर कुँवरले बताए । आजपनि […]

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक पुनर्लेखन जरुरी छैन : राजस्व सचिव घिमिरे

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक पुनर्लेखन जरुरी नरहेको बताएको छ। सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक पुर्नलेखन गर्न अर्थ समितिबाट आग्रह भइरहेका बेला अर्थ मन्त्रालयका अधिकारीहरुले भने अहिले त्यो जरुरी नरहेको स्पष्ट पारेका हुन्। संसद्को अर्थसमितिमा बिहीबार बाफिया विधेयकमाथि भएको छलफलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले दुई वर्षअघि सरकारले पेस गरेको विधेयक डेट […]

गृहमन्त्री लेखकसमक्ष बैतडीको शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे ‘ब्रिफिङ’

बैतडी । गृहमन्त्री रमेश लेखकले बैतडीको शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिएका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेर शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिएसँगै गृहमन्त्री लेखकले जिल्लास्थित सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशनसमेत दिए । गृहमन्त्री लेखकलाई जिल्लाको समग्र शान्तिसुरक्षा र विपद् व्यवस्थापनका बारेमा जानकारी गराइएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । उनले भने, […]

दुनाटपरी उद्योगबाट मासिक हजारौं बचत

कैलाली । धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानीमा दुनाटपरी उद्योग सञ्चालन गर्दै आएका छन् । छ वर्षदेखि ‘सानीडाँडा फूलबारी दुनाटपरी उद्योग’ दर्ता गरी रु आठ लाख लगानीमा उनले व्यवसाय गर्दै आएकी हुन् । सुरुमा सामूहिक लगानीमा उद्योग सञ्चालन गरे पनि अहिले व्यक्तिगत लगानीमा व्यवसाय सुरु गरेको मगरले बताइन् । उनले […]

अरनिको राजमार्ग  : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो

काभ्रे । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण रोकिएको छ । मनसुन बाहिरिएपछि पुनः काम सञ्चालन हुने आयोजनाले जनाएको छ । उक्त सडकखण्डको पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधका कारण चार महिनादेखि काम ठप्प छ । उक्त क्षेत्रको करिब दुई सय मिटर क्षेत्रमा विस्तार कार्य रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दीबास सडक आयोजनाले जनाएको […]

राजश्वमा ४० प्रतिशत सवारीकरको योगदान

रसुवा। भन्सार शुल्कको कुल आयमध्ये चालीस प्रतिशत राजश्व चिनियाँ सवारी साधनले ओगटेको छ । आर्थिक वर्ष २०८१\८२ को साउनदेखि यही असार १७ गतेसम्मको राजश्व असुली विश्लेषणका आधारमा करिब ४० प्रतिशत हिस्सा सवारी साधन करबाट मात्र प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार चालू आवको यस अवधिमा रु २९ अर्ब […]

विश्वकै ठुलो शालिग्राम एक महिनादेखि डुबानमा

पर्वत । पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थलमा रहेको विश्वकै ठुलो शालिग्राम विगत एक महिनायता डुबानमा परेको छ। मनसुन सुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेका कारण शालिग्राम डुबानमा पर्नुका साथै आसपासका संरचनासमेत भत्किएर जोखिममा परेको छ। शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमा स्थल डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिए। उनका अनुसार जेठ […]

साताभर बढ्यो शेयर बजार, २७०० माथि नेप्से पुग्दा कारोबार भने घट्यो

काठमाडौं । आइतबार देखि बढेको शेयर बजार बिहीबार पनि बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१९ अंकले बढेर ४६४.४६ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.०२ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.८५ अंकले […]

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तर्क्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

मेड्रिड (स्पेन)। प्रधानमन्त्री केपी ओलीले स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी र प्रतिनिधिसँग अन्तर्क्रिया गरेका छन् । स्पेनको सेभियामा संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त सम्मेलनसँग सम्बन्धित कार्यक्रम सकिएपछि हाल मेड्रिडमा रहेका प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीसँग गएराति भेटघाट भएको हो । स्पेनका लागि नेपाली राजदूतको निवासमा भएको भेटमा एमालेनिकट मञ्चका पदाधिकारीहरूले प्रधानमन्त्री ओलीलाई स्पेनमा […]