१९ सहकारीका कर्मचारी र ऋणीलाई असार ३२ भित्र ऋण चुक्ता गर्न ताकेता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १९  सहकारीका निलम्बित सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य तथा कर्मचारीहरूलाई असार ३२ भित्र ऋण चुक्ता गर्न अन्तिम ताकेता गरेको छ । समितिले आइतबार सूचना जारी गर्दै असार मसान्तभित्र आफ्नो दायित्व राफसाफ गर्न भनेको हो । पटक पटक सार्वजनिक सूचना प्रकाशित गर्दा समेत आफ्नो दायित्व राफसाफ नगरेकाले समितिले अन्तिम सूचना जारी […]

आज कुन तरकारीको मूल्य कति?

काठमाडौँ । कालिमाटी तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ । आज ठूलो नेपाली गोलभेँडा ६६, सानो लोकल गोलभेँडा ३२, टनेलको गोलभेँडा ४५, रातो आलु ४३, सुकेको भारतीय प्याज ४९, लोकल गाँजर ७८, बन्दा ३७, स्थानीय काउली ६८, हाइब्रिड सेतो मुला २३, लाम्चो भन्टा २०, डल्ले भन्टा ३४, […]

आज धान दिवस, दही चिउरा खाएर मनाइँदै असार १५

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि […]

प्रतिनिधिसभा बैठक बस्दै, निजामती विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । आइतबार संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपरान्ह १२:१५ बहे राष्ट्रियसभा र दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । आजको प्रतिनिधिसभा बैठकबाट निजामती विधेयक पारित गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो । आजका लागि […]

माबिलुङ इनर्जीले असार २२ देखि आईपीओ निष्काशन गर्दै

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले असार २२ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्दैछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त १८ लाख ९० हजार ५३० कित्ता शेयरमध्ये आयोजना प्रभावितका लागि ३ लाख ८५ हजार ८२४ कित्ता र […]

४५ अर्ब पुग्यो गैरबैंकिङ सम्पत्ति, कुन वाणिज्य बैंकमा कति थुप्रियो गैरबैकिङ सम्पत्ति ?

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् । यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय […]

सन नेपालको २ लाख २४ हजार कित्ता शेयर लिलामीमा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाँडफाँटमा नपरेको हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउने भएको छ । यसअघि कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर असार १२ गते बाँडफाँड  भएको थियो । बाँडफाँडमा नपरेको २ […]

आज कुन मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ३९ […]

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली, बाग्मती प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर […]

प्रधानमन्त्री ओलीले भने-गायिकाद्वय समीक्षा र एलिना साहसी छोरीहरू

काठमाडौं । चर्चित गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले सामाजिक सञ्जालमा अभद्र र अश्लिल टिप्पणी गर्ने फेसबुक प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गर्ने अभियान सुरु गरेका छन् । उनीहरूले अभद्र र अश्लिल टिप्पणी गर्ने केही व्यक्तिको आफ्नो फेसबुकमार्फत फोटोसहित प्रोफाइल सार्वजनिक गर्दै धन्यवाद दिन थालेपछि अन्य कलाकाहरूले पनि त्यसको सिको गर्न थालेका छन् । र, सामाजिक सञ्जालमा […]