विदेशबाट फर्केर गाउँमै ‘सस्तोबजार’ सञ्चालन
कञ्चनपुर । वैदेशिक रोजगारीमा १६ वर्ष बिताएर स्वदेश फर्केका यहाँको बेदकोट नगरपालिका–१ सुडाका बसन्तराज भट्टले विदेशमा सिकेका सीप र अनुभवलाई उपयोग गर्दै गाउँमै व्यवसाय सुरु गरेका छन् । उनले गाउँमै ‘आफ्नो बजार, सस्तोबजार’ नामक किराना तथा दैनिक उपभोग्य सामग्री पसल सञ्चालन गर्न थालेका हुन्। कुवेतमा वर्षौँसम्म पसल तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित काम गरेका भट्टले त्यही […]

