तीन महिनामा दुई लाख युवाले छाडे देश
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा रोजगारीका लागि देश छोड्ने नेपालीको संख्या तीव्र रूपमा बढेको छ। गत वर्षको सोही अवधिको तुलनामा रोजगारीका लागि विदेश जाने युवाको संख्या २८.१४ प्रतिशतले बढेको हो। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई लाख सात सय ११ नेपालीले रोजगारी अनुमति प्राप्त […]

