विदेशमा रहेका नेपालीको सूचना संकलन  गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

काठमाडौं । श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण संकलन  गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण सङ्कलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट आज शुभारम्भ गरेका हुन् । […]

क्रेस्ट माइक्रो लाइफको बाह्य लेखापरिक्षक नियुक्त

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बाह्य लेखापरिक्षकमा श्री जेएन उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त भएको छ । कम्पनीको जेठ २३ गते सम्पन्न भएको दोस्रो वार्षिक साधारणसभाले चालु आर्थिक वर्ष २०८१/०८२ को लागि निर्णयले श्री जेएन उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्तलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।  

म्याग्दीमा व्यावसायिक अरिङ्गालपालन

म्याग्दी । पाखो बारीको भित्तामा सासाना प्वाल छन् । नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिङ्गालका गोला छन् । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिङ्गालपालन गर्दै आएका छन्। शाहीले नजिकैको जङ्गलबाट ल्याएर ११ गोला अरिङ्गाल पाल्न थालेको बताए । राहुवडामा खुर्सानीखेतीका लागि सम्याएको पाखाको भित्ता र […]

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

काठमाडौं । पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ । सरोकारवालाहरुसँग भएको छलफलले सो निर्णय गरेको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभागका महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानीमहलको स्वरुपमा ल्याएर संरक्षण गर्ने र त्यसका लागि गुरुयोजना बनाएर […]

श्रम क्षेत्रका सम्पूर्ण सेवाहरु डिजिटलाइजेसन हुनुपर्छः श्रममन्त्री

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम क्षेत्रलाई व्यवस्थित गर्न सम्पूर्ण सेवाहरु डिजिटलाइजेसन हुनुपर्ने बताएका छन । बिहिबार ललितपुरमा कोरिया इन्टरनेशनल कर्पाेरेसन एजेन्सी (कोइका) ले आयोजना गरेको हामी एप सार्वजनिक एवम आप्रवासन सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको समस्या समाधानका लागि सबै सेवाहरु डिजिटलाइजेसन हुनुपर्नेमा जोड दिएका हुन […]

ढुंगा पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । सडकमा खसेको ढुंगा पन्छाएसँगै बन्द गरिएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरले सडकमा खसेको ढुंगा हटाउनका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेको थियो। कार्यालयले जारी गरेको सूचना अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम छ। तसर्थ सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि डिभिजन […]

निरन्तर तीन दिन घट्यो शेयर बजार, नेप्से फेरि ओर्लियो २५०० मा कारोाबार पौने २ अर्बले बढ्यो

काठमाडौं । मंगलबार देखि घटेको शेयर बजार साताको अन्तिम दिन बिहीबार पनि घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२१ अंकले घटेर ४४३.९० विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.३८ अंकले र सेन्सेटिभ फोल्ट […]

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

सिमकोट, (हुम्ला) । नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले आज मात्रै १४ वटा उडान गरेका छन्। सडकमार्गबाट जोडिन नसकेको हुम्ला सदरमुकामस्थित सिमकोट विमानस्थलमा नेपालगञ्जबाट सीता, समिट र तारा एयरका १४ वटा उडानमार्फत १५० जना भारतीय पर्यटक यहाँ आइपुगेका छन्। भारतीय पर्यटकहरु सिमकोटदेखि हिल्सा हुुँदै चीनमा रहेको मानसरोवर र कैलाश दर्शनका लागि […]

बजेटबाट टेक एण्ड पे पीपीए हटाउनु महत्वपूर्ण उपलब्धि : इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सरकारले आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही (रन अफ दी रिभर( जलविद्युत आयोजनालाई लिऊ र तिर (टेक एण्ड पे) ढाँचामा विद्युत खरिद विक्री सम्झौता (पीपीए) गर्ने व्यवस्था हटाउनु महत्वपूर्ण उलपब्धि भएको बताएको छ । बिहीबार काठमाडौंको होटल एभरेष्टमा भएको पत्रकार सम्मेलनमा इप्पान अध्यक्ष गणेश कार्कीले […]

४९ प्रतिशतले घट्यो अडलटबाट हुने शेयर कारोबार

काठमाडौं । पछिल्लो समय शेयर लगानीकर्ताहरुले अडलट कारोबारमा कमी गर्दै गएका छन् । नेपालको धितोपत्र बजारमा सहज नमानिने अडलट करोबारमा पछिल्लो सयम ४९ प्रतिशतले गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज, नेप्सेले जनाएको छ । नेप्सेका अनुसार चालु आर्थिक वर्ष (आव)को ११ महिनामा लगानीकर्ताहरुले १ करोड ३६ लाख ८५ हजार कित्ता शेयर ५ अर्ब ३७ करोड १४ […]