सामान्य अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । मंगलबार नेप्से परिसूचक ३.२७ अंकले बढेको छ । बजार २५८४.४९ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२८ वटा कम्पनी ९२ हजार ७४६ पटक कारोबार हुँदा ७६ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ३ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा कारोबार […]

डडेल्धुरामा खम्बा पुगे, बिजुली पुगेन

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतिक्षामा छन् । स्थानीय डम्मरी जोशीका अनुसार गाउँसम्म बिजुलीका खम्बा पुगे पनि विद्युत् आपूर्ति सुरु हुन सकेको छैन । चुनावका बेला पटक–पटक आश्वासन दिइए पनि काम अघि नबढेको गुनासो उनले गरिन् । गाडिएका खम्बा हाल कपडा सुकाउने र घाँस राख्ने थामोका रूपमा प्रयोग […]

१ वर्षमा पौन ८ लाख नयाँ करदाता राजस्व विभागले थप्यो

काठमाडौं । आन्तरिक राजस्व विभागले एक वर्षको अवधिमा करिब पौने ८ लाख करदाता थपिएको जनाएको छ । विभागले आर्थिक वर्ष २०८१/८२ मा ७ लाख ७३ हजार ९३३ जना नयाँ करदातालाई करको दायरामा ल्याएको छ । आगामी दिनमा विभागले करदाता शिक्षा,कर परीक्षणलाई आधुनिक र पारदर्शी बनाउने काम गर्दै करदाताको संख्या बढाउने बताएको छ । विभागका अधिकारीहरुका […]

राष्ट्रपतिले तीन दलका शीर्ष नेतृत्वलाई छलफलमा बोलाए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफलमा बोलाएका छन् । पौडेलले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाललाई छलफलमा बोलाएका हुन् । राष्ट्रपति कार्यालयले सुरुमा ओली र देउवालाई मात्रै बोलाएको जानकारी गराएपनि पछि तीनै नेता आउने तय भएको जानकारी दिएको […]

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड आवश्यक रहेको कुरा पुनः दोहोर्‍याएका छन् । डेनमार्कको आर्कटिक स्वायत्त टापु ग्रिनल्यान्डका लागि विशेष दूत नियुक्त गरेपछि कोपनहेगन र वासिङ्टनबीच नयाँ कूटनीतिक विवाद चर्किएको हो । ह्वाइट हाउसमा पुनः फर्किएपछि राष्ट्रपति ट्रम्पले बारम्बार ग्रिनल्यान्ड रणनीतिक र सुरक्षा कारणले अमेरिकाका लागि अत्यन्त महत्त्वपूर्ण […]

काठमाडौंका ४६ होटेल तथा रेष्टुरामा विभागको अनुगमन, ७ वटालाई कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यका केन्द्रित ४६ वटा होटेल तथा रेष्टुरामा अनुगमन गरेको छ । विभागको टोलीले गत शुक्रबार, आइतबार र सोमबार गरी ३ दिनमा ४६ वटा होटेल तथा रेष्टुरामा अनुगमन गरेको हो । जसमध्ये कैफियत भेटिएका ७ होटेल तथा रेष्टुरालाई एक लाख ३० हजार रुपैयाँबराबरको जरिवाना गराएको छ । विभागका […]

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको बताएका छन् । महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले महान्यायाधिवक्ता कार्यालयले अभियोजनमा सुधार हुँदै गएको र अझै वैज्ञानिक ढङ्गले अनुसन्धान तथा अभियोजन गर्नुपर्ने बताए । उनले न्याय सार आदेश र फैसलामा मात्रै नभई कार्यान्वयन महत्त्वपूर्ण विषय भएको […]

प्रभु बैंकले यसवर्ष लाभांश वितरण नगर्ने,, तीन वर्षदेखि सेयरधनीले पाएनन् लाभांश

काठमाडौं । प्रभु बैंकले यसवर्ष पनि सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यो सँगै बैंकले निरन्तर विगत तीन वर्षदेखि सेयरधनीलाई लाभांश दिएको छैन । बैंकले पछिल्लो पल्ट आर्थिक वर्ष २०७८/८९ मा लाभांश दिएको थियो । यसपाली पनि बैंकले […]

स्याङ्जाको राम्चेडाँडा अब पर्यटकीय गन्तव्य

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ । साथै उत्तरतिर हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरिलगायत मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने भएकाले पनि राम्चेडाँडा आन्तरिक पर्यटकको रोजाइमा […]

चुनावमा ज्यान फालेर लाग्नु, काठमाडौँमा जुलुस निकालेर केही हुनेवाला छैन : महावीर पुन

काठमाडौं । काठमाडौँमा हालै राजनीतिक दल, नागरिक समाज, सरकार र निर्वाचन आयोगबिच भएको ६ घण्टा लामो घनिभूत छलफल निष्कर्षविहीन रूपमा टुङ्गिएको छ। विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई मतदानको अधिकार दिने महत्त्वपूर्ण प्रस्तावमाथि कुनै ठोस निर्णय हुन नसकेपछि शिक्षा मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत कडा आपत्ति जनाएका छन्। लामो समयसम्म चलेको उक्त बैठकमा समस्याको समाधान खोज्नुको साटो […]