पेरिसमा भारी हिमपातका कारण १४० उडान रद्द, चिसोले यात्रु समस्यामा

पेरिस। हिमपात र अत्यधिक चिसोका कारण बुधबार बिहान फ्रान्सको राजधानी पेरिसस्थित चाल्र्स डे गल विमानस्थलमा करिब १०० उडान रद्द गरिएको छ भने ओर्ली विमानस्थलमा थप ४० उडान स्थगित गरिएको फ्रान्सका यातायातमन्त्री फिलिप टबारोटले जानकारी दिए। मङ्गलबार राति उडान अवरोधको सम्भावना देखिएको उल्लेख गर्दै मन्त्री टबारोटले सिएनयुज टेलिभिजनसँग कुरा गर्दै ‘आज दिउँसोसम्म अवस्था क्रमशः सामान्य हुने अपेक्षा […]

राष्ट्रियसभामा कांग्रेसका सुनिल थापा निर्विराेध निर्वाचित

विराटनगर । राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । खुल्ला कोटामा अरु कसैको मनोनयन दर्ता नभएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध भएकाे घाेषणा भने पुस २७ गते हुनेछ ।

ओलीले भने-रवि-बालेन समूहले आउने २० वर्षसम्म बहुमत ल्याउने गरी चुनाव जित्दैनन्

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रवि-बालेन समूहले आउने २० वर्षसम्म बहुमत ल्याउने गरी चुनाव जित्न नसक्ने दाबी गरेका छन्। बुधबार काठमाडौँमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी संगठनको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव भएमा एमालेले नै जित्ने जिकिर गरे। एमाले र नेपाली कांग्रेसले जित्ने देखिएमा चुनाव नराउने चर्चा भइरहेको जिकिर […]

आठ दश वर्षको योजना अनुरुप भदौ २३ र २४ को घटना भएको हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को आन्दोलन आठ दश वर्ष अघिको योजना भएको बताएका छन् । आन्दोलनको नाममा भएको देश जलाउने कामहरु जेनजीहरुबाट नभएको बताउँदै उनले देश जलाउने काममा जेनजीहरु कार्यमा नलागेको भन्दै उक्त घटना तात्कालिक नभएर आठ दश वर्ष अघिको योजना भएको बताए । नेपाल राष्ट्रिय […]

सालपा विकास बैंकको आईपीओ शुक्रबार बाँडफाँड हुँदै

काठमाडौं । सालपा विकास बैंकको आईपीओ बाँडफाँड गर्ने मिति तय भएकाे छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार बाँडफाँड पाैष २५ गते शुक्रबार बिहान ९ बजे हुनेछ । बैंकले पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ निष्काशन गरेको थियो । जहाँ २३ लाख ८३ हजार ४०७ जनाले २ […]

कामना सेवा विकास बैंकद्वारा बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिराटचोक मार्फत द्यचभबतजभ या ीषभ (बाल आश्रम) लाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकको कोशी प्रदेश प्रमुख खिमलाल भुसालले बाल आश्रमका सञ्चालक निर्मला राईलाई खाद्यान्न तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै सञ्चालक राईले गरिब […]

महासंघका अध्यक्ष ढकाल र यूएई वित्त मन्त्रालयका सचिवबीच भेटवार्ता: नेपाल–यूएई आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) को वित्त मन्त्रालयका सचिव महामहिम अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल–यूएईबीचको द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली महामहिम राजदूत तेजबहादुर क्षेत्रीको […]

सानिमा रिलायन्स लाइफले विद्यालयमा वितरण गर्यो शैक्षिक सामाग्री

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री सन्जीवनी मा.बि धुलिखेल काभ्रेका दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई ब्रेल शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । कम्पनीका क्षेत्रीय प्रबन्धक बलराम खत्री लगायत एरिया म्यानेजर सनी खाछें श्रेष्ठको उपस्थितिमा श्री सन्जीवनी मा.बिलाई सो सामाग्री हस्तान्तरण गरिएको हो। हाल यस विद्यालयमा २८ विद्यार्थीहरू अध्ययन गरिरहेका छन् […]

राधी विद्युतको स्थगित साधारण सभा पुस ३० गते हुने

काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले स्थगित भएको आफ्नो वार्षिक साधारण सभा पुनः आगामी पुस ३० गते गर्ने भएको छ । कम्पनी ऐन बमोजिम आवश्यक गणपूरक सङ्ख्या (कोरम) नपुगेपछि पूर्वनिर्धारित सभा स्थगित गरी नयाँ मिति तय गरिएको जनाएको छ । पुस २२ गते मङ्गलवार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले स्थगित साधारण सभा पुनः […]

टेलिकमको अनलाइन केवाईसी अपडेट परीक्षण शुभारम्भ

काठमाडौं  नेपाल टेलिकमले जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण शुभारम्भ गरेको छ । जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुको कम्पनीमा रहेको ग्राहक विवरण (केवाईसी) क्यूआर कोडबाट लिंक प्राप्त गरी अपडेट गर्न सकिने कार्यको परीक्षण शुभारम्भ गरिएको हो । हाल दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएको कम्पनीले जनाएको छ । सोसम्बन्धी परीक्षण कार्यको शुभारम्भ नेपाल टेलिकमका प्रमुख […]