बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छ । विहीबार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ थियो  । यता चाँदी पनि २५ रुपैयाँले बढेको छ । यस […]

१८ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्बको १ महिना निक्षेप संकलन गर्न लागिएको छ । राष्ट्र बैंकले २८ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार शुक्रबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० […]

निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा प्रणालीको मुख्य आधारको रुपमा रहेको राष्ट्रिय प्रसारण लाइनलाई बलियो बनाउने उद्देश्यका साथ निर्माणाधीन प्रसारण लाइनको काम समयमै सम्पन्न गर्न उत्पन्न भएका अवरोध हटाउन पहल लिएको हो । मन्त्रालयले बिहीबार निर्माणाधीन १२ […]

कामना सेवा विकास बैंकको क्रेडिट रेटिङमा स्तरोन्नति

काठमाडौं । कामना सेवा विकास बैंकले ‘केयर–एनपी बीबीबी माइनस (इस्युअर)’ रेटिङ प्राप्त गरेको छ । यसलाई हेर्दा बैंकले क्रेडिट रेटिङमा स्तरोन्नति गरेको पाइएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले यस बैंकलाई यसअघि ‘केयर–एनपी बीबी प्लस (इस्युअर)’ रेटिङ प्रदान गरेकोमा यसपटक बढाएर ‘केयर–एनपी बीबीबी माइनस (इस्युअर)’ प्रदान गरेको हो । रेटिङ एजेन्सीका अनुसार ‘केयर–एनपी बीबीबी माइनस’ […]

नेपाल उद्योग वाणिज्य महासंघद्वारा सरकारसमक्ष लगानी, कर र व्यावसायिक सुधारका सुझाव पेश

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकमा लगानी प्रवद्र्धन, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विद्यमान कानुनी, कार्यविधिगत तथा प्रशासनिक व्यवस्थामा सुधार गर्नुपर्ने मागसहित नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मौजुदा २८ प्रकारका विभिन्न ऐन कानूनमा समसामयिक परिमार्जन, थप तथा अद्यावधिक गर्न माग गर्दै सुझाव पेश गरेको छ । महासंघले […]

भोटेकोशी बाढीमा परेका भन्सार कर्मचारीका आफन्तलाई अर्थमन्त्रीले भने- तपाईंहरू एक्लो हुनुहुन्न, हामी साथमा छौँ

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोटेकोशी–रसुवा बाढीमा परी ज्यान गुमाएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा एक्लो महसुस नगर्न आग्रह गरेका छन् ।   बिहीबार मन्त्रालयमा पीडित परिवारका सदस्यहरूसँग सामूहिक भेट गर्दै उनले अर्थ मन्त्रालय र भन्सार प्रशासन परिवारको साथमा रहेको बताए ।सरकारको राजस्व संकलन गर्ने जिम्मा पाएर रसुवास्थित कार्यक्षेत्रमा खटिएका भन्सारका काबिल कर्मचारीहरू अकल्पनीय […]

खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौं । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सुक्ष्म कार्ययोजना तयार गर्ने भएको छ । विगतका वर्षमा महानगरपालिकाले स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाट सञ्चालन हुने खोप कार्यक्रमको मात्र सुक्ष्म कार्ययोजना तयार गर्ने गरेको थियो । जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रमका स्थानीय स्रोत व्यक्ति मैयाँ […]

चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । शुक्रबार चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले आगामी सोमबार अर्थात असोज १९ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम […]

सिद्धार्थ बैंकको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंकको सेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले सिद्धार्थ बैंकको १० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको सेयरमूल्य ४१८ रुपैयाँ ९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको […]

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने तय भएको छ । दुवै बैठकमा विभिन्न विधेयक, वार्षिक प्रतिवेदन, प्रश्नोत्तर तथा विधेयक पारित गर्नेसम्बन्धी कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित […]