आईएमई पे र खल्ती एकआपसमा गाभिए, नयाँ नाम आईएमई खल्ती
काठमाडौं । आईएमई डिजिटल सोलुसनअन्तर्गतको आईएमई पे र खल्ती प्राइभेट लिमिटेड आपसमा गाभिएका (मर्ज) भएका छन् । मर्जपछिको नयाँ नाम आईएमई खल्ती लिमिटेड हुनेछ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न अनुमतिपत्रप्राप्त यी दुई संस्थाले अनुमति प्राप्त गरिसकेका छन् । मर्जपश्चात नयाँ नामबाट कम्पनी साउन १ गतेदेखि सञ्चालनमा आउनेछ ।

