छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य

काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो […]

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर […]

‘पुनःनिर्माणपछि हायात होटल सञ्चालनमा आउँछ’

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडपछि बन्द रहेको हायात होटल पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने जनाइएको छ । होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आज विज्ञप्ति जारी गरी गत भदौ २३ र २४ गते प्रदर्शनका क्रममा होटलमा धेरै क्षति भएको उल्लेख गर्दै पुनर्निर्माणपछि जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । जेनजी आन्दोलनका क्रममा […]

डिजिटल भुक्तानीमा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीमा सावधानी अपनाउन आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले डिजिटल भुक्तानीमा सावधानी अपनाउन आग्रह गरेको हो । राष्ट्र बैंकले क्युआर कोर्ड स्क्यान गर्दा सतर्क रहनुपर्ने बताउँदै पैसा पठाउन क्युआर कोर्ड स्क्यान गर्नुपर्ने तर, पैसा प्राप्त गर्न क्युआर कोर्ड स्क्यान गर्नु नपर्ने जानकारी दिएको […]

नेपाल अमेरिकासँग १०६ रनले पराजित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल अमेरिकासँग फराकिलो अन्तरले पराजित भएको छ । आज भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो । अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालले ३९ ओभर २ बलमा सबै विकेट गुमाएर १५६ रनमात्र बनाउन सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले ४०, आसिफ शेखले […]

अमादब्लम आरोहण क्रममा दुई विदेशीको मृत्यु

काठमाडौं । जारी शरद ऋतुमा अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार हिमालयन भिजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत गएका फ्रान्सेली नागरिक हुगो लुसियो लाजारोको मृत्यु भएको छ । ६ कात्तिकमा अमादब्लम सफल आरोहण गरी फर्कने क्रममा उनको स्वास्थ्यमा समस्या आएको थियो । उनलाई क्याम्प ३ बाट हेलिकप्टरबाट उद्धार […]

बैंकहरुको भन्दा फाइनान्स कम्पनीहरुको एनपीएल २ गुणा बढी, किन देखियो यस्तो ?

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य र विकास बैंकहरुको समग्र औसत एनपीएल भन्दा फाइनान्स कम्पनीहरुको एनपीएल २ गुणा बढी देखिएको छ । पछिल्ला वर्षहरुको तथ्यांक अनुसार बैंकहरुको भन्दा फाइनान्सहरुको एनपीएल २ देखि ३ गुणा बढी देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार समग्रमा फाइनान्स कम्पनीहरुको निष्कृय कर्जा अनुपात गत असारसम्म ११.०५ प्रतिशत (Ag देखिएको छ । […]

जापानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आपूर्ति पुर्‍याउन नयाँ कार्गो यान सफलतापूर्वक प्रक्षेपण

टोकियो । जापानको अन्तरिक्ष एजेन्सीले आइतबार आफ्नो सबैभन्दा शक्तिशाली फ्ल्यागशिप एच–३ रकेटको सफल प्रक्षेपण गरेको छ । यसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आपूर्ति पुर्‍याउने पहिलो मिसनका लागि नवीनतम मानव रहित कार्गो अन्तरिक्ष यान एचटिभी–एक्स–१ बोकेको छ । जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) ले एचटिभी–एक्स–१ सफलतापूर्वक उडान भरेको पुष्टि गर्दै जापानको दक्षिणी क्षेत्रमा अवस्थित तानेगासिमा […]

रुसद्वारा नयाँ आणविक क्षमतायुक्त क्रुज मिसाइल ‘ब्युरेभेस्टनिक’ को सफल परीक्षण

मस्को : रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार देशले विकास गरेको नयाँ आणविक–सञ्चालित क्रुज मिसाइल ‘ब्युरेभेस्टनिक’ को अन्तिम सफल परीक्षण सम्पन्न भएको औपचारिक घोषणा गरेका छन् । उनले यस मिसाइललाई ‘संसारमा अद्वितीय र अतुलनीय सिर्जना’ भन्दै यसको रणनीतिक क्षमताको प्रशंसा गरे । क्रेमलिनले सार्वजनिक गरेको भिडियो सन्देशमार्फत युक्रेनमा जारी युद्धका बीचमा आयोजित उच्चस्तरीय सैनिक बैठकलाई सम्बोधन […]

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती सुधार आयोजनाले सोमबार हुने छठ पर्वलाई लक्षित गरी धाप ड्यामको पानी बागमती नदीमा छोड्ने भएको छ । बागमती नदीमा पानीको सतह बढाउन र बर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले आयोजनाले आजदेखि ड्याममा जम्मा भएको पानी नदीमा छाड्न सुरु गरेको जनाएको छ । उप–आयोजना निर्देशक […]