सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ । जेठ ३० गते कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीका सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन समिति सहित कम्पनीमा कार्यरत सम्बन्धित सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको थियो र काठमाडौं उपत्यका बहिरका प्रदेश प्रमुख साथै […]

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो । गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको थियो । अहिले संकलित राजस्व लक्ष्यको ८३.२२ […]

इजरायलस्थित नेपाली दूतावासले भन्यो– इजरायलका विभिन्न स्थानमा ठूलो जनधनको क्षति ,घरबाहिर ननिस्कनू

काठमाडौं । इजरायलको राजधानी तेल अभिभस्थित नेपाली दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकलाई अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । दूतावासले आइतबार (असार १) एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थान आसपासमै रहन भनेको छ । “आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको […]

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताएका छन् । आयोगको हीरक जयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत सङ्गठित संस्थामा पदपूर्तिका लागि आयोगले गरेको योगदानको प्रशंसा गरेका हुन् । ‘नेपाल र नेपालीको चाहनाअनुरुप कार्य गर्न आवश्यक […]

नेप्से झिनो अंकले बढ्दा घट्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार झिनो अंकले बढेको छ । बुधबार र बिहीबार घटेको शेयर बजार आइतबार भने बढेको हो । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.४६ अंकले बढेर २६५५.८५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६७ अंकले घटेर ४५३.४१ विन्दुमा पुगेर बन्द भयो । साथै […]

बजेटको ‘टेक एन्ड पे’ सच्याउनुपर्छ : सांसद महत

काठमाडौं । पूर्वअर्थमन्त्री तथा संसद प्रकाशशरण महतले टेक एन्ड पेको बजेटको विषय सच्याउनुपर्ने बताएका छन्। उनले जलविद्युत् क्षेत्रको विकासकालागि टेक एन्ड पेको व्यवस्था सच्याएरै अघि बढ्नुपर्ने बताएका हुन्। प्रतिनिधिसभामा छलफल गर्दै महतले बजेटमा धेरै दबाबका बीच व्यावहारिक बजेट ल्याएको बताएका छन्। उनले ३ करोडका आयोजना राख्नु उपयुक्त भए पनि कतिपय टुक्रे आयोजना समेटिएकाले त्यसलाई कडाइ […]

अर्थतन्त्रका चुनौती सामना गर्ने गरी बजेट आएको छ :अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी सरकारले बजेट ल्याएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै पौडेलले अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदै गए पनि चुनौतीहरू कायमै रहेकाले त्यसका सामना गर्ने गरी सरकारले बजेट ल्याएको बताएका हुन् । उनले संसदमा प्रस्तुत […]

आन्दोलन भइरहँदा संसद् चलाउनु संसदीय अभ्यास होइन : प्रमुख सचेतक शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सांसदहरूको विरोधकाबिच संसद् बैठक चलाइएको भन्दै आपत्ति जनाएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद्‍मा आन्दोलन भइरहँदा संसद् बैठक चलाउनु उचित नभएको बताए । सत्तापक्ष र प्रतिपक्षीहरू सबै जनताले जिताएको जनप्रतिनिधि भएको भन्दै उनले भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही होस् भन्ने मागमा सबैले साथ दिन आग्रह […]

बजेटमाथिको सैद्धान्तिक छलफलको समय आधा घट्यो

काठमाडौं । बजेटमाथिको सैद्धान्तिक छलफलको समय आधा घटेको छ । संसदले तय गरेको कार्यसूची अनुसार सरकारले संसद्मा प्रस्तुत गरेको राजश्व तथा व्ययमाथिको अनुमानको सैद्धान्तिक छलफलका लागि दुई दिनको समय दिए सँगै समय घटेको हो । सभामुख देवराज घिमिरेले आइतबार र सोमबार मात्रै यस्तो छलफल हुने गरी तोकिएको जानकारी गराएका छन् । यसअघि चार दिनका लागि […]

हेवा खोला बेलिब्रिज भाँचिएको घटना छानबिन गर्न समिति गठन

काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम ४ र हिलिहाङ् ७ जोड्ने हेवा खोलामा निर्माणाधीन पुल (बेलिब्रिज) भाँचिएको घटनाबारे छानबिनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ । मन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरी ५ सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेका हुन्। सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित […]