सुनचाँदीको मूल्यमा वृद्धि, कतिले बढ्यो भाउ ?

काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने १५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आइतबार २ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ । यस अघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ थियो । यता, चाँदीको भाउ ४ […]

अमेरिका–इरान वार्ता असफल: आणविक विवाद, हर्मुज तनाव र कडा सर्तबीच शान्ति प्रक्रिया अन्योलमा

काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा सम्पन्न अमेरिका र इरानबीचको बहुप्रतीक्षित उच्चस्तरीय वार्ता अन्ततः कुनै सहमतिबिना टुंगिएको छ । २१ घण्टासम्म निरन्तर चलेको यो वार्ता विश्व राजनीतिमा नयाँ मोड ल्याउने आशा गरिएको थियो, तर परिणाम उल्टै अनिश्चितता र तनावलाई थप गहिरो बनाउने खालको देखिएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता असफल भएको पुष्टि गर्दै इरानले […]

इरान र अमेरिकाबीचको शान्ति वार्ता निष्कर्षविहीन

काठमाडौं । अमेरिका र इरानबीच पाकिस्तानमा सम्पन्न उच्चस्तरीय शान्ति वार्ताबाट कुनै ठोस सहमति हुन नसकेको बीबीसीले जनाएको छ ।पाकिस्तानको मध्यस्थतामा झन्डै २१ घण्टा लामो वार्तापछि अमेरिकी टोली अब पाकिस्तान छोड्ने तयारीमा रहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उपराष्ट्रपति भ्यान्सले अमेरिका ‘सद्भावका साथ’ वार्तामा सहभागी भए पनि इरानबाट आणविक हतियार […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३२, आलु रातो प्रतिकिलो रु २३ र आलु रातो (भारतीय) प्रतिकिलो रु […]

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट। जिल्लाको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग गरिँदै आइएको छ । यहाँका ग्रामीण भेगका नागरिकले हिजोआज खाना पकाउनका लागि परम्परागत चुलोमा गुइँठाको प्रयोग गर्दै आएका छन् । ग्रामीण क्षेत्रका आर्थिक अवस्था कमजोर भएका, विपन्न तथा दलित परिवारले परम्परागत चुलोको प्रयोग गर्दै आएका हुन् । खाना पकाउने ग्यास अभाव तथा चर्को मूल्य पर्ने […]

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा कुल सात हजार ६४८ वटा विपद्का घटना हुँदा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन् । कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका घटना हुनुले पनि सावधानीका लागि सरकारी निकायले पनि उत्तिकै चासो र सक्रियता देखाउनुपर्ने आवश्यकता बढेको छ । आगलागी र […]

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर गणक तथा आवश्यक सुपरिवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ । आगामी वैशाख २ गतेदेखि देशभर आर्थिक गणनाको काम सुरु हुनेछ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार […]

चेन्नईको पहिलो जित, पञ्जाबले हैदराबादलाई हरायो

काठमाडौं । चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २३ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । चेन्नईमा हिजो पहिले ब्याटिङ गरेको चेन्नईले २ विकेट गुमाएर २१२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको दिल्ली १८९ रनमा अलआउट भएपछि चेन्नई २३ रनले विजयी भयो । चेन्नईका लागि ओपनर सन्जु स्यामसनले शानदार […]

अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् २०११ अप्रिल ७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यससम्बन्धी प्रस्ताव पारित गरेर प्रत्येक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवसका रूपमा मनाउने निर्णय भएको हो । यो दिवसले अन्तरिक्ष […]

आजको मौसम : केही स्थानमा वर्षा र हिमपात हुने 

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले गर्दा मौसममा फेरबदल भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रको मौसम सामान्यतया सफा देखिएको छ। आज आइतबार कोशी प्रदेशका पहाडी र हिमाली भेगसहित अन्य हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने देखिन्छ। […]