सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइनेछः स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ आर्थिक वर्षमा न्यूरो साइन्सेस सेन्टर स्थापना गरिने बताएका छन् । राष्ट्रिय सभामा सदस्य जगप्रसाद शर्माले उठाएको प्रश्नको जवाफ दिंदै उनले नेपाल सरकारको आर्थिक वर्ष २०८२ । ८३ को स्वीकृत नीति कार्यक्रममा एक सुविधा सम्पन्न न्यूरो साइन्सेस सेन्टर स्थापना गर्ने उल्लेख भएको र बजेट समेत व्यवस्था भएको […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विश्व रक्तदाता दिवसको अवसर पारेर गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रम हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय, बबरमहल, काठमाडौंमा भएको थियो । उक्त कार्यक्रममा कम्पनीका कर्मचारी, बीमित वर्ग, सेवाग्राहीहरू गरेर ३३ जनाले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा फ्रन्टलाइन अस्पतालले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो । […]

चार मुख्य न्यायाधीश सिफारिस, वैदेशिक रोजगार न्यायाधिकरणमा पनि सरुवा

काठमाडौं । न्याय परिषद्ले देशभरका उच्च अदालतमा रिक्त रहेका मुख्य न्यायाधीश पदहरूमा नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले चारजना न्यायाधीशलाई विभिन्न उच्च अदालतका प्रमुखका रूपमा सिफारिस गरेको हो। परिषद्ले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा कार्यरत न्यायाधीश राजनप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा सिफारिस गरेको छ। त्यसैगरी, उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश […]

ग्रीन डेभलपमेन्ट बैंक एनपीएस-एनसीएस तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा […]

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रालि र बैंकबप्च वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड […]

कार्यविधि चाँडै तयार गर्न कृषि मन्त्रीको निर्देशन, पालिकामा अनुगमनको तयारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षको वजेट कार्यन्वयनका लागि आवश्यक कार्यविधि चाडै तयार गर्न मन्त्रालयका सचिव, महानिर्देशक,महाशाखा प्रमुख एवं मातहतका कार्यलयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । सिंहदरवार स्थित मन्त्रालयमा आज वसेको मन्त्रालयका उच्च नेतृत्वको वैठकमा मन्त्री अधिकारीले स्थानीय तहमा शसर्त संचालनमा रहेका कार्यक्रमहरुको अनुगमन र मुल्याङ्कन गर्ने व्यवस्था मिलाउन पनि […]

संसद्को अवरोध खुलाउन एमाले र माओवादीबीच सहमति

काठमाडौं । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच जारी संसद् अवरोध खुलाउने विषयमा सहमति भएको छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा नेपालले भने यो समझदारी पत्रमा सहमति जनाएको छैन ।

डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि आवश्यक सुझाव पेश गर्न नेपाल धितोपत्र बार्डका पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको हो । नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका […]

बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदमः सिबिफिन

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरज्यूको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीहरुको पहिचान र ठोस समाधानसहितका सुझाव पेश गर्नका लागि गठित सुझाव समितिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले स्वागत गरेको छ । नेपालको बैंकिङ इतिहासमा पहिलोपटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको सिबिफिनको निष्कर्ष […]

सानिमा रिलायन्सको ‘दम्पती जीवन बीमा’ योजना, यसकारण बन्दैछ ग्राहकको रोजाइमा

काठमाडौं । मानव जीवन अनिश्चित छ । कतिबेला कसलाई के हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । दुर्घटना, बिरामी, मृत्युजस्ता अकल्पनीय घटना मानव जीवनमा जतिबेला पनि आउन सक्छ । अनिश्चित जीवनमा निश्चिता भएर रहने हरेकको चाहना हुन्छ । अनिश्चित जीवनमा यी सबै घटनाहरुबाट आर्थिक सुरक्ष। र निश्चितता भएर रहनको लागि जीवन बीमा महत्वपूर्ण छनोट हुन […]