देशभर वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सातै प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिउँसो कोशी प्रदेशका केही स्थानहरूमा, देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा अन्य क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा […]

इजरायली आक्रमणपछि गाजाका अमेरिकी सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द

काठमाडौं । संयुक्त राज्य अमेरिकाको सहयोगमा रहेको मानवीय सहयोग निकायले वितरण केन्द्रहरूतर्फ जाने सडकलाई लडाइँको क्षेत्र मानिने इजरायली सेनालाई चेतावनी दिँदै गाजाका सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द गरिने बताएको छ । मङ्गलबार गाजामा इजरायली सेनाले संयुक्त राज्य अमेरिकाको सहयोगमा रहेको गाजाको ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ) द्वारा सञ्चालित एक केन्द्र नजिकै गोली चलाउँदा २७ जनाको मृत्यु भएको थियो […]

‘शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ: उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन् । साथसाथै फाउण्डेसनले कोइला ऊर्जाको प्रयोग बन्द गर्ने अभियानसम्बन्धी आज ज्ञापनपत्र बुझ्दै उनले कार्बन उत्सर्जन शून्यमा झार्नका लागि सरकारले विभिन्न योजनाबद्ध कार्यक्रमलाई अगाडि सारेको बताए । मन्त्री खड्काले हरित ऊर्जालाई अगाडि बढाउनका लागि सरकारले कानुनी र नीतिगत […]

प्रोग्रेशिभ फाइनान्स एनपीएस–एनसीएस तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय […]

जापानमा जन्मदरमा निरन्तर कमी, गत बर्ष सात लाखभन्दा कम शिशुको जन्म

काठमाडौं । जापानमा गत वर्ष पहिलो पटक सात लाखभन्दा कम शिशुले जन्म लिएको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । जापानले सन् २०२४ मा छ लाख ८६ हजार ६१ नवजात शिशुलाई स्वागत गरेको छ । योसन् २०२३ को तुलनामा ४१ हजार २२७ ले कम हो । यो सङ्ख्या सन् १८९९ मा रेकर्ड सुरु भएयताकै सबैभन्दा कम […]

एमआरपी र लेवलिङमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एमआरपी र लेवलिङ कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । उपाध्यक्ष दिपक श्रेष्ठ नेतृत्वको चेम्बर अफ कमर्सको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उपभोक्ता र बिक्रेता दुवैलाई सचेतना गराएर मात्रै एमआरपी र लेवलिङ कार्यान्व्यन गर्नुपर्ने सुझाव दिएको हो । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, गुणस्तरीय […]

‘बजेट कार्यान्वयन र सुशासनलाई क्रियाशील र व्यवस्थित बनाउनुपर्छ’

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले बजेट कार्यान्वयन र सुशासनको पाटोलाई क्रियाशील र व्यवस्थित बनाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् । आजको बैठकमा सांसदहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्दै बजेटले निम्न वर्गीय तथा पछाडि पारिएका वर्गलाई सम्बोधन गर्न नसक्ने प्रतिक्रिया दिए । सांसद नरबहादुर विष्टले जनता केन्द्रित भएर बजेट आउने अपेक्षा गरिएकामा त्यसो […]

बजेट वक्तव्य संघीय संसदसमक्ष पेश गर्न स्वीकृतसहित यी हुन् मन्त्रिपरिषद्को १४ निर्णय

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यसहितको राजस्व र व्ययको अनुमान संघीय संसदमासमक्ष पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेका हुन् । यी हुन् मन्त्रिपरिषद्को निर्णय

सिटिजन्स् बैंकका ग्राहकलाई लाईफ क्युइस्ट क्लिीनिकल ल्याबमा छुट

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र पानीपोखरी, काठमाडौं स्थित लाईफ क्युइस्ट क्लिीनिक ल्याब प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले लाईफ क्युइस्ट क्लिीनिक ल्याब प्रालिमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु […]

‘नेपाल ट्राभल स्पेसलिस्ट’ अनलाइन पाठ्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी) नेपालसँगको सहकार्यमा ‘नेपाल ट्राभल स्पेसलिस्ट – बेसिक लेभल’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको छ । पाटा नेपाल र नेपाल एयरलाइन्स अन्य निजी क्षेत्रको सहकार्यमा बोर्डले आयोजना गरेको हिमालयन ट्राभल मार्टको उद्‌घाटन सत्रका अवसरमा मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले ‘क्यूआर’ सार्वजनिक गर्दै अनलाइन तालिमको […]