एमसीसी परियोजनाका लागि साढे ८ अर्ब बजेट विनियोजन
काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल परियोजनाका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा ८ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थ मन्त्रालयका अनुसार सो बजेटमध्ये २ अर्ब ७७ करोड रुपैयाँ मात्रै सरकार आफैंले खर्च गर्नेछ भने बाँकी ५ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक अनुदानबाट जुटाइनेछ। […]

