यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]

बर्दिबासको पर्यावरणबारे बढ्दै चासो

महोत्तरी । महोत्तरीको पूर्वपश्चिम लम्बाइको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवद्र्धनबारे चासो बढेको छ । चुरे क्षेत्रमा ३० किलोमिटर बढी लम्बाइको यस नगर क्षेत्रमा धार्मिक, पुरातात्विक, ऐतिहासिक र प्राकृतिक सम्पदाको भण्डार रहेको यहाँ अवलोकन गर्नेहरूले बताएका छन् । “मनोरम प्राकृतिक सम्पदाको बर्दिबास नगरक्षेत्र सम्पन्न रहेछ”, बर्दिबास–३ राइमण्डलस्थित गिद्ध बासस्थानको […]

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँके । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै गएपछि बर्सेनि उत्पादन घट्दो क्रममा छ । तेलहन बालीअन्तर्गत जसोतसो तोरीखेती गरे पनि अन्य खेतीको क्षेत्रफल घट्दै जाँदा त्यसको प्रत्यक्ष असर उत्पादनमा पर्दै गएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष पाठकले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा बाँकेमा छ हजार ५३० हेक्टर क्षेत्रफलमा […]

आजसम्म कायम सेयरधनीले मात्रै आशा लघुवित्तको लाभांश पाउने 

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले आफ्ना ९ औँ वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर २२ गते बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज मंसिर २१ गते अन्तिम दिन रहेको हो । कम्पनीले आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत […]

रिलायन्स स्पिनिङ्ग मिल्सले मंसिर २२ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले यही मंसिर २२ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएकोमा त्यसको १० प्रतिशतले हुन आउने १ लाख १५ हजार ५९६ कित्ता पहिलो चरणमा वैदेशिक […]

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ । विशेषगरी अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)का सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ । सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन प्रारम्भ गरिएको हो । त्यसको दुई वर्षपछि संयुक्त राष्ट्रसङ्घको महासभाले यो दिवसलाई […]

एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । अपराह्न ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् । प्रतियोगितामा सुदूरपश्चिम […]

मौसममा पश्चिमी वायुको प्रभाव, आंशिक बदली हुने

काठमाडौं । देशका केही स्थानमा आज आंशिक बदली रहे पनि मुख्यतया मौसम सफा रहेनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर मौसममा आंशिक बदली रहनेछ । विभागले राति कोसी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको हिमाली भूभागको एक/दुई स्थानमा […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर-पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने नेपालीमा खासै घुम्ने बानीको विकास भइसकेको थिएन । जाडोको मौसम व्यवसायीले ‘अफ सिजन’ भन्दै अन्त घुम्न जाने सोच बनाउँथे । कोही गोवा पुग्थे त कोही थाइल्याण्ड, तर अचेल समय बदलिएको छ । […]