मेची भन्सार कार्यालय : आयात बढ्दा निर्यात घट्यो

झापा । आर्थिक वर्ष २०८२\८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट रु १६ अर्ब दुई करोड पाँच लाख मूल्यबराबरका सामान आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिमा रु १४ अर्ब २८ करोड ८७ लाखबराबरको वस्तु तथा सामान आयात भएका थिए । गत आवको तुलनामा चालु आवको पहिलो चौमासिकमा […]

नेपाल र जापान सरकारबीच करिब ३२ अर्ब रुपैयाँ ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा अर्थमन्त्री रामेश्वर प्रसाद खनालको समुपस्थतिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ।जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब रु.३१.७६ अर्ब) बराबरको ऋण सहायता उपलब्ध गराएको छ। जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि […]

गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

काठमाडौं । गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ परेका छन्। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सम्बन्धमा अनुसन्धान गर्दै आएको प्रहरीले सोही अनुसन्धानको सिलसिलामा शाक्यलाई नियन्त्रणमा लिएको हो। यसअघि बैंकका सीईओ शेरचनसहित ३ जनालाई पक्राउ गरिएको थियो। प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक देवीप्रकाश भट्ट र सञ्चालक कुसुम लामासहित अन्य तीन जनाविरुद्ध रेमिट्यान्स कारोबार र धरौटी […]

नक्कली नेपाली रुपैयाँसहित भारतीय र नेपाली नागरिक पक्राउ

दाङ । रौतहटमा नक्कली नेपाली नोटसहित तीन जना पक्राउ परेका छन् । मंगलबार अपरान्ह जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले ईशनाथ नगरपालिका–४ लतमरीस्थित नेपाल–भारत सीमानाकाबाट एक भारतीय नागरिकसहित तीन जनालाई नक्कली रूपैयाँका साथ नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर०५एटी ०९८३ नम्बरको मोटरसाइकललाई नियमित चेकजाँच गर्दा नोट बरामद भएको प्रहरीले जनाएको छ […]

एनआई ३१’ का ईकाइहरुको कारोबार खुल्ला

काठमाडौं ।  नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना एन आई ३१ (NI 31) नामक योजनाका ईकाइहरुको खरिद\बिक्री कार्य यहि मंसिर १५ गते सोमबारबाट सुरु गरिएको व्यहोरा कम्पनीले जनाएको छ । यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजना Systematic Investment Plan (SIP) मा […]

नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै केही थप व्यवस्था तथा संशोधन गरेको थियो । बाढी पहिरोबाट प्रभावित इलामलगायतका जिल्लाका उद्यम व्यवसायका लागि प्रवाहित कर्जालाई ऋणीको अनुरोधमा कर्जाको पुनर्संरचना गर्न […]

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् । सन्देशमा प्रधानमन्त्रीले अपाङ्गता भएका […]

चन्द्रागिरि हिल्स मंसिर १५ गते देखि संचालनमा

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटे मंसिर १५ गते सोमबारदेखि पुन सुचारु भएको छ । गत भाद्र २४ गतेको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण क्षतिग्रस्त भई पूर्ण रुपमा बन्द भएको थियो । आवश्यक मर्मत सम्भार तथा प्राविधिक परिक्षण पश्चात पुनः सुचारु भएको हो ।

अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य : नेपाल

दाेहा– अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोग हुनुपर्नेमा नेपालले जोड दिएको छ । अल्पविकसित राष्ट्रहरूको वैश्विक समन्वय ब्युरोको अध्यक्ष नेपालका तर्फबाट परराष्ट्रसचिव अमृतबहादुर राईले मङ्गलबार दोहामा आयोजित अल्पविकसित देशहरूको दिगो विकास एवं साझेदारीसम्बन्धी उच्चस्तरीय बैठकमा उक्त कुरामा जोड दिएका हुन् । दोहास्थित नेपाली राजदूतावासका अनुसार सचिव राईले अल्पविकसित देशहरूको आर्थिक उन्ननयनका निम्ति अन्तर्राष्ट्रिय बजारसम्म […]

शुभम् पावरका अध्यक्षमा पौड्याल

काठमाडौं । शुभम् पावर लिमिटेडको अध्यक्षमा जमुना पौड्याल नियुक्त भएकी छन् । मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिले पौड्याललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै बैेठकले यसअघिका अध्यक्ष श्रीजेस गुरागाईको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ । गुरागाईले आफ्नो कार्यव्यस्तताका कारण गत मंसिर १४ गते अध्यक्ष पदबाट राजीनामा दिएका […]