“कर र महँगीको असर कम गर्न जापान सरकारको विशेष पहल”

काठमाडौं । जापान सरकारले साना तथा मध्यम व्यवसायहरूलाई अमेरिकाबाट लगाइएको आयात करको असरबाट जोगाउन १५ अर्ब ५० करोड डलरभन्दा बढी बराबरको राहत कार्यक्रम सार्वजनिक गरेको छ । अमेरिकाले जापानसहित धेरै देशका सामानहरूमा १० प्रतिशतको आधारभूत आयात कर तथा सवारीसाधन, फलाम र एल्युमिनियममा अझै बढी दरको कर लगाएको छ, जसको प्रत्यक्ष असर जापानी व्यवसायहरूमा परेको छ । […]

चीनको अन्तरिक्ष यात्राः ब्रह्माण्ड बुझ्ने दिशामा नयाँ पाइला

काठमाडौं । चीनले ‘तियानवेन–२’ नामक अन्तरिक्ष यान यही मे २९ गते प्रक्षेपण गर्ने घोषणा गरेको छ । उक्त यानले पृथ्वीको नजिक रहेको एउटा क्षुद्रग्रह तथा ग्रहहरू बीच रहेको एउटा अनौठो पुच्छ्रेताराको अध्ययन तथा नमुना सङ्कलन गर्नेछ । ‘तियानवेन–२’ चीनको दोस्रो अन्तरिक्ष अन्वेषण मिसन हो, जसले पृथ्वी नजिकको क्षुद्रग्रहु बाट नमुना सङ्कलन गर्ने र ग्रहपथको पुच्छ्रेताराको अध्ययन […]

विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पास गर्नेगरी सरकारले काम गरिरहेको छः उर्जामन्त्री खड्का 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पास गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन् । निजी उर्जा उत्पादकहरुको संस्था ९इप्पान० नेपालले सोमबार साँझ यहाँ आयोजना गरेको ‘इप्पान डेभलपर्स मिट–२०२५’ मा बोल्दै उनले विद्युत विद्येयकलाई चाँडो संसदबाट पास गर्नेगरी सरकारले काम गरिरहेको बताएका हुन् । “निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्नेगरी ल्याउन […]

सिटिजन्स बैंकका ग्राहकलाई हिल्टन काठमाडौं होटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नक्साल, काठमाडौँ स्थित हिल्टन काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिल्टन काठमाडौंमा १० प्रतिशत आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद […]

वित्तीय र मौद्रिक नीतिमा सहजीकरण गर्न योजना आयोग र राष्ट्र बैंकबीच छलफल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा।विश्वनाथ पौडेल बिच भेटवार्ता भएको छ । मङ्गलवार सिंहदरबारस्थित योजना आयोगमा भएको भेटमा उनीहरू बिच वित्त नीति र मौद्रिक नीतिको अन्तरसम्बन्ध र स्वतन्त्रताको बारेमा छलफल भयो । उनीहरु बिच उक्त दुई नीतिहरू सँगसँगै कार्यान्वयनमा लैजाने नीति कार्यान्वयनमा एक अर्कामा सहजीकरण गर्ने […]

सगरमाथा लुम्बिनी इन्सुरेन्सको ४ लाख ८२ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्स लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले इच्छुक संस्थापक सेयरधनीलाई आजदेखि ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। इच्छुक संस्थापकहरूले कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन दिँदै आफू कति सेयर खरिद गर्न चाहन्छन् भन्ने विवरण खुलाउनुपर्नेछ। कम्पनीले तोकेको समयसीमाभित्र […]

एक अंकले पनि बढेन शेयर बजार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार एक अंक भन्दा कमले बढेको छ । नेपाल राष्ट्र बैंकले शेयर कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम गरे पनि त्यसको प्रभाव पर्न नसकिरहेको भन्दै आलोचना भएको समया ज्यादै न्यून अंकले शेयर बजार बढेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ विन्दुमा […]

दुई वडालाई जोड्न लिस्तुनखोलामा झोलुङ्गे पुल निर्माण

पर्वत । पर्वतको मोदी गाउँपालिकाका गाउँपालिका–४ क्याङ र वडा नं ५ बाजुङ दुई वडालाई जोड्न लिस्तुनखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । दुवै वडाको सिमानामा रहेको लिस्तुनखोलामा झोलुङ्गे पुल बनाइएको हो । पुलको लम्बाइ ७० मिटर लामो रहेको छ । मोदी गाउँपालिकाको पाँच लाख ४२ हजार ३५० र एसडब्लुएपी (स्वाप)को ३५ लाख ४६ हजार १३८ […]

सडक विभागको महानिर्देशकमा डा.जैसी नियुक्त 

काठमाडौं ।सडक विभागको महानिर्देशकमा डा. विजय जैसी नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रामहरि पोखरेललाई महानिर्देशकबाट मन्त्रालय तानेर विभागकै उपमहानिर्देशक जैसीलाई महानिर्देशक बनाएको हो । केही दिनअघि उक्त निर्णय भए पनि कार्यान्वयन भने सोमबार मात्र भएको हो । नवनियुक्त महानिर्देशक जैसीले सोमबारदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । सोमबार विभागमा आयोजित कार्यक्रममा डा. जैसीको स्वागत गरिएको विभागले […]

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

काठमाडौं । विश्वव्यापी प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले टिकटकले नयाँ गाइडेड मेडिटेसन सुविधा सार्वजनिक गरेको छ। यो नयाँ इन–एप टुल प्रयोगकर्ताहरूलाई ध्यान र मानसिक सन्तुलन अभ्यास गर्न सजिलो बनाउने उद्देश्यले ल्याइएको हो। साथै, टिकटकले २.३ मिलियनको ‘ग्लोबल मेन्टल हेल्थ एजुकेशन फन्ड’ समेत घोषणा गरेको छ । जसले विश्वभरका विश्वसनीय संस्थाहरूलाई सहयोग पुर्याउनेछ। विद्यालय जीवनमा रहेका […]