जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

कैलाली । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका-७ टिक्लीगढ बस्ने २१ वर्षीय अमन चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अमनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । संखुवासभा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका-७ फलाटे […]

ऊर्जा सुधारमा सरकारको जोडः १८० दिनभित्र पिपिए टुङ्ग्याइने

काठमाडौं । सरकारले गत शुक्रबार सार्वजनिक गरेको शासकीय सुधारअन्तर्गत एक सय बुँदे कार्यसूचीमा ऊर्जा तथा जलस्रोत क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । मन्त्रिपरिषद्को शुक्रबारको निर्णयअनुसार ऊर्जा क्षेत्रको विकासलाई तीव्र बनाउने उद्देश्यसहित विभिन्न महत्त्वपूर्ण कदम अघि सारिएका छन् । सरकारका योजनामा ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार गर्ने, विद्युत् उत्पादन, प्रसारण, वितरण तथा निर्यातमा रहेका अवरोध हटाउने, […]

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गरेका छन् । शीलत निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका अवस्थामा प्रधानन्यायाधीश राउतले भेट गरेको हो । प्रधान न्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिदैछ ।

ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । ओलीकी पत्नी राधिका शाक्यले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । भदौ २३ र २४ गते जेनजी आन्दोलन […]

महासघंको टोलीद्वारा अर्थमन्त्रीसँग भेटघाट, नीतिगत स्थिरता, संरचनागत सुधार र निजी क्षेत्रसंगको सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसँग सोमबार अर्थ मन्त्रालयमा भेट गरी समसामयिक आर्थिक मुद्दाहरूमा छलफल गरेको छ । छलफलका क्रममा महासंघको टोलीले नीतिगत सुधारका लागि महासंघकै आग्रह बमोजिम दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगले पेश गरेका सुझावहरुलाई पनि सरकारले ग्रहण गरि […]

४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यूनिभर्सल पावर, एनएलजी इन्स्योरेन्स, विन्ध्यबासिनी हाइड्रोपावर  र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये, यूनिभर्सल पावरको २० लाख ५१ हजार ९३६.९३२ कित्ता सेयर  सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर दिएको थियो । एनएलजी इन्स्योरेन्सको १० लाख २६ हजार […]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदारबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा गठन भएको सरकारको यो दोस्रो बैठक हो।  

अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा

काठमाडौं । अर्थ मन्त्रालयले एकसाथ ३० उपसचिवको सरुवा गरेको छ । अर्थमा कार्यरत उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा गरिएको छ ।यसबाहेक कतिपय उपसचिवहरूको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरूको सरुवा भएको हो ।  

गृहमन्त्री सुधन गुरूङद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन

काठमाडौं ।  गृहमन्त्री सुधन गुरूङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए। गृहमन्त्री गुरूङलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरे । सो क्रममा उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा […]

पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिइन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा पुगि उनले आज अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिइन् । पूर्वराष्ट्रपति भण्डारीले चिकित्सकसँग पनि उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन ।अध्यक्ष ओलीलाई गत भदौ […]