‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज,  । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखिएको युवा पलायन सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् । नेपालगञ्जमा दुई दिनदेखि सञ्चालन भएको उच्च मूल्य कृषिवस्तु उत्थानशिल कार्यक्रमको समापनमा मन्त्री डा परियारले वैदेशिक रोजगारीका लागि युवाको पलायन चिन्ताजनक रहेको उल्लेख गरे । स्थानीय तहलाई कृषिमा उच्च प्राथमिकतामा दिन आग्रह गर्दै उनले स्थानीय […]

नेपालमा रेशम उत्पादनको ठूलो सम्भावना छ : ह्यान्डलूम फेब्रिक्स अध्यक्ष

काठमाडौं ।  ह्यान्डलूम फेब्रिक्स मेकर्स अफ नेपालका अध्यक्ष रोशन कुमार पोखरेलले सोमबार पत्रकार सम्मेलनमा नेपालमा रेशम उत्पादनको ठूलो सम्भावना भए पनि वर्तमानमा नीति र प्रविधिको अभावले उद्योगले लाभ उठाउन नसकेको बताएका छन्। उनका अनुसार, नेपालमा रेशम उत्पादनका लागि उपयुक्त वातावरण रहेको छ। उनले बताए, “यदि २२ हजार हेक्टर जमिनमा किमु खेती गरियो भने वार्षिक ५ […]

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व संकलन लक्ष्यभन्दा बढी

देवदह । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले उक्त अवधिमा पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा १२१ दशमलव एक अर्थात् ६ अर्ब ५० करोड ३२ लाख सात हजार संकलन गरेको हो । कार्यालयले गत आवको सोही अवधिमा रु […]

जिप दुर्घटनामा नेपाली सेनाका अमलदारको मृत्यु

मुगु । जिप दुर्घटनामा नेपाली सेनामा कार्यरत सवारी चालक हरिसिंह ऐडीको मृत्यु भएको छ । यहाँस्थित हनुमानध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पुर्याउन गएको जिप फर्किने क्रममा दुर्घटना हुँदा ऐडीको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए । बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भएका चालक ऐडीलाई मुगु अस्पतालले सोमबार बिहान १ बजेर […]

विश्व बजारमा अमेरिकी–भेनेजुएला तनावको प्रभाव : सुन बढ्यो, तेल र सेयर बजारमा मिश्रित प्रतिक्रिया

काठमाडौं । अमेरिकाले सैन्य कारबाहीमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि विश्व बजारमा अस्थिरता बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा भएको अभियान सफल भएको र मादुरोलाई अहिले अमेरिकामा राखिएको पुष्टि गरेका छन् । यस कदमले अन्तर्राष्ट्रिय बजारमा मिश्रित प्रतिक्रिया ल्याएको छ । विश्वव्यापी लगानीकर्ताले अनिश्चितता बढेको महसुस गर्दा सुन र अन्य कीमती धातुहरुमा वृद्धि […]

केवल तीन वर्षमै तीन फरक महादेशमा यसरी फैलियो डीपल

काठमाडौं । चाङ्गान अटोमोबाइलको महत्वाकांक्षी ‘शाङ्ग्रिला न्यू एनर्जी स्ट्राटेजी’ अन्तर्गत सन् २०२२ को मध्यतिर डीपलले आफ्नो पहिलो मोडल SL03 सार्वजनिक गर्दा यो नयाँ ईभी ब्रान्डले यति छिटो अन्तर्राष्ट्रिय बजारमा प्रभाव जमाउनेछ भन्ने धेरैले अनुमान समेत गरेका थिएनन् । परम्परागत अटोमोबाइल कम्पनी र चर्चित स्टार्टअपहरूले भरिएको उद्योगमा डीपलको प्रवेश भने शान्त र फरक थियो। ठुल्ठूला दाबी वा नाटकीय लन्च कार्यक्रमहरू […]

नेप्सेमा ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सेचन्च (नेप्से) मा विन्ध्यबासिनी हाइड्रोपावर , नेशनल लघुवित्त र एनएलजी इन्स्योरेन्सको बोनस सयेरमा मूल्य समायोजन भएको छ । विन्ध्यबासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा ४५५.१४ रुपैयाँमा कायाम भएको छ ।  सोमबार को अन्तिम कारोबार मूल्य ४७७.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरएको हो । त्यसतै नेशनल लघुवित्तको १४.२५ […]

सिद्धार्थ बैंकले पनि पायो अग्राधिकार शेयर जारी गर्ने अनुमति

काठमाडौं । सिद्धार्थ बैंकले पनि अग्राधिकार शेयर जारी गर्ने अनुमति पाएको छ। योसँगै हालसम्म नेपाल धितोपत्र बोर्डले अग्राधिकार शेयर जारी गर्न अनुमति पाउने बैंकको संख्या ४ पुगेको छ। धितोपत्र बोर्डले आज ३ अर्ब ५० करोड रुपैयाँबराबरको एसबीएल अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको हो। अब बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड […]

स्वदेशी सिमेन्टमा आधारित ‘सेतो पिच’ सडक निर्माणमा जोड

विराटनगर । आयातित विटुमिनमा निर्भरता घटाउँदै स्वदेशी कच्चा पदार्थमा आधारित सिमेन्ट कङ्क्रिट (सेतो पिच) सडकलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल सिमेन्ट उत्पादक संघले नेपाल इन्जिनियर्स एशोसिएसन, कोशी प्रदेशसँगको सहकार्यमा आयोजना गरेको ‘रिजिड पेभमेन्टको डिजाइन र निर्माण’ तालिममा सहभागी सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आयातित विटुमिनमा […]

रामेछापको मन्थलीमा पानीजहाजमा ‘सरर’ : तामाकोसी नदीमा पहिलो पटक जेटबोट सेवा

रामेछाप । अविरल बग्ने तामाकोसी नदी, त्यसैको किनारमा हुर्किएका मन्थलीका स्थानीय बासिन्दाले सायद कल्पनासमेत गरेका थिएनन् । एक दिन यही नदीमा पानीजहाज दौडनेछ। तर अहिले मन्थलीमा त्यो दृश्य यथार्थ बनेको छ । तामाकोसी नदीमा पहिलो पटक जेटबोट (पानीजहाज) सञ्चालनमा आएको छ, जसले रामेछापको पर्यटनमा नयाँ अध्याय थपेको छ । नदीको सतह चिर्दै पानी माथि ठुलो […]