मुग्लिन–नारायणगढ सडकखण्डमा लेदो खस्दा अवरुद्ध
काठमाडौं । मंगलबार साँझदेखि मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । तुईन खोला पुल नजिक माथिबाट लेदो खस्दा करिब ७ः३० बजेदेखि सडक अवरुद्ध बनेको हो । सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउने मेशिन अवरुद्ध सडक तर्फ पठाइएको छ । सडक डिभिजनले अवरुद्ध सडक छिट्टै खुलाउने तयारी भइरहेको जनाएको छ ।

