एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्चारमन्त्री खरेल

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच ऐतिहासिक एकता घोषणा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा एनआरएनएको एकतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । ११औँ महाधिवेशनबाट निर्वाचित डा बद्री केसी र अध्यक्ष महेश श्रेष्ठबीच बृहत एकताको सम्झौतामा हस्ताक्षर भएको छ । सञ्चारमन्त्री खरेलको विशेष […]

एमालेको महाधिवेशनका लागि मकवानपुरबाट प्रतिनिधि चयन

बागमती । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनका लागि मकवानपुर क्षेत्र नं १ मा निर्वाचनमार्फत प्रतिनिधि चयन भएको छ । हेटौँडामा सम्पन्न निर्वाचनमा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पराजित भएका छन्। महाधिवेशन प्रतिनिधिका लागि अध्यक्ष पोखरेलसहित २२ जना प्रतिस्पर्धामा थिए । जसमध्ये आठ जना निर्वाचित भएका हुन् । निर्वाचनबाट नवीन सिग्देल, फुर्वा दोर्जे लामा, सुनील […]

‘पर्यटन क्षेत्रको विकासमा एआईको प्रयोग जरुरी’

काठमाडौँ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको प्रयोग आवश्यक रहेको बताएका छन् । ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान)को आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा आजदेखि सञ्चालित ‘प्रविधिमैत्री पर्यटन तथा एआई तालिम’को उद्घाटन सत्रमा उनले […]

काठमाडौँमा जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

काठमाडौँ । गत भदौ २३­ र २४ गते भएको जेनजी प्रदर्शनमा काठमाडौँमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ । आजसम्म कूल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालले जानकारी […]

चार रुग्ण उद्योगको सम्पत्ति मूल्यांकनका लागि ३ कम्पनीको प्रस्ताव स्वीकृत

काठमाडौ। अर्थ मन्त्रालयले सरकारको स्वामित्वमा रहेका चार रुग्ण उद्योगकोे निजीकरण प्रयोजनका लागि सम्पत्ति मूल्यांकन गर्नका लागि ३ कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्रालयले गत साउन २० गते आह्वान गरेको बोलपत्रमा आवेदन दिएकामध्ये ती मूल्यांकनकर्ताहरु योग्य भएका हुन्।छनोटमा परेका ती कम्पनीहरुमध्येबाट पेस गरिएका आर्थिक प्रस्ताव आगामी मंसिर २१ गते खोलिने भएको छ। सरकारले बजेटमार्फत […]

म्याग्दीको मल्कवाङमा पहिलो पटक पुग्यो बस

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाटयात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो । बसका धनी जगत दगामी मगर र चालक श्याम मिजारलाई स्थानीयले अबिर र माला लगाएर स्वागत गरेका छन् । धवलागिरि-५ मल्कवाङका वडाध्यक्ष अमर छन्तयालसहित जनप्रतिनिधि, […]

प्रधानमन्त्रीको प्रष्टीकरण : कुनै धर्म वा समुदायलाई होच्याउने नियत होइन, छैन

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले कुनै धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नरहेको बताएकी छन्। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा आफूले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएपछि उनले प्रष्टीकरण दिँदै सबै धर्मप्रति उत्तिकै सम्मान रहेको बताएकी हुन्। ‘कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन,छैन’ प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा […]

एनआरएनए जस्तै दलभित्र पनि मेलमिलाप आवश्यक छ : प्रधानमन्त्री कार्की

काठमाडौं ।  गैरआवासी नेपाली संघ (एनआरएनए) को एकता घोषणा गरिएको छ। आइतबार बिहान प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा संघको एकता घोषणा गरिएको हो। एनआरएनए को एकता घोषणा सभालाई सम्बोधन गर्दै  प्रधानमन्त्री कार्कीले राजनीतिक दलभित्र पनि मेलमिलापको आवश्यकता रहेको बताएकी छन् ।  प्रधानमन्त्री कार्कीले सङ्कटका बेला एनआरएनएले गरेको सहयोगप्रति धन्यवाद दिँदै यस्तो बताएकी हुन् । ‘यहाँहरूको बलियो […]

बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । जिल्लाको साइपाल केन्द्रबिन्दु भएर मध्याह्न १२ बजेर ९ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

  होटेल ‘हायात प्लेस बुटवल’ को औपचारिक सेवा सुरु

काठमाडौं ।  हायात ब्रान्डको तेस्रो होटेल ‘हायात प्लेस बुटवल’ ले औपचारिक रुपमा सेवा सुरु गरेको छ । यो  होटेलमा हायात प्लेस ब्रान्डको मौलिक डिजाइन, अनौपचारिक तथा आरामदायी वातावरण र निःशुल्क वाइ-फाइ तथा २४ सै घण्टा खानाका परिकार सुविधा रहेको होटल व्यवस्थापनले जनाएको छ । होटेलमा किंग र ट्विन रुमहरू, फरेस्ट भ्यू र हिल भ्यू विकल्पहरू […]