डिजेल र मट्टीतेलको मूल्य ३० रूपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३ गते (बिहीबार) बिहान १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको जानकारी दिएको हो । नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने हवाई […]

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारीत विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलर र युरोको मूल्य घटेको छ भने पाउण्डको मूल्य बढेको छ । निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा तोकिएको छ । अघिल्लो […]

इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा

काठमाडौं । इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन् । उनलाई इरानले आज (बुधबार) रिहा गरेको हो । परराष्ट्रमन्त्री शिशिर खनालले पनि उनी रिहा भएको जानकारी गराए । उनी रिहा भएकोबारे परिवारका सदस्यहरूलाई पनि सरकारी अधिकारीहरूले जानकारी गराएका छन् । इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनु अगाडि इन्धन ल्याउन झा इरान पुगेका थिए […]

सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा

काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि सञ्चालनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रसाशन विभागका विभागीय प्रमुख भोजानन्द राईले पूजा गरेपछि पौडी पोखरी सञ्चालनमा आएको हो । सो अवसरमा आपूर्ति तथा भण्डार शाखाका प्रमुख देवराज कट्वाल, अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख लीलाराम बस्नेतलगायतको उपस्थिति रहेको थियो […]

शिब थापा मगरको कौराहा गित जाला जोवन सार्वजनिक

काठमाडौं । गायक शिब थापा मगरको मौलिक कौराहा गित जाला जोवन सार्वजनिक भएको छ । थापाको स्वरमा रहेको गित शिव थापा युटुव च्यानलबाट २०८२ चैत १८ गते सार्वजनिक गरिएको हो । शब्द संगित शिब थापाको रहेको गित ओटु स्टुडियो कपुरधारमा रेकर्ड भएको हो । गितको भिडियो संञ्जय बुढाथोकिले छायाँकन गरेका हुन् भने सम्पादन राज कुमार […]

प्रधानमन्त्री कार्यालयले माग्यो मन्त्रालयका गाडी कसले चढिरहेको विवरण

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयमा भएका सवारी साधनको विवरण पठाउन निर्देशन दिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत आनन्दराम श्रेष्ठले सबै मन्त्रालयलाई सवारी साधनहरूको विवरण उपलब्ध गराउन आग्रहसहित पत्र पठाएका हुन् । ‘… मन्त्रालय र अन्तर्गत विभाग/कार्यालयमा प्रयोगमा रहेको र मर्मत कार्य भइरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको विवरण […]

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, आजको बैठकले जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा तीन सदस्यीय समिति गठन गर्नेदेखि २०६२/०६३ यताका उच्च पदस्थ कर्मचारी […]

रुसले चीनको ऊर्जा अभाव पूर्ति गर्ने सङ्केत

बेइजिङ । मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण विश्व ऊर्जा आपूर्तिमा देखिएको अनिश्चितताबीच रुसले चीनको सम्भावित ऊर्जा अभाव पूर्ति गर्न सक्ने स्पष्ट सङ्केत दिएको छ । विशेषगरी होर्मुज जलडमरूमध्यबाट हुने ढुवानीमा अवरोध आएपछि उत्पन्न परिस्थितिमा मस्कोले आफूलाई वैकल्पिक आपूर्तिकर्ताका रूपमा प्रस्तुत गरेको हो । रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो देश […]

यूएईले १२८ जना नेपालीलाई दियो आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । रमजानको अवसर पारेर यूएईले विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । ‘पवित्र रमजानको शुभ अवसरमा १२८ नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकारले संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ,’ परराष्ट्र […]

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच सम्झौता

काठमाडौं । मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई एसर ल्यापटप र एप्सन प्रिन्टर खरिदमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार मर्केन्टाइल अफिस सिस्टम प्रा. लि.का कार्यकारी निर्देशक सूरज क्षेत्री र प्रभु बैंकका मार्केटिङ म्यानेजर सबिन शमशेर ज.ब.रा. राणाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतापछि प्रभु बैंकका कर्मचारीले […]