बेलायत पठाइदिने भन्दै ठगी गर्नेहरु पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दाङ राप्ति गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौँ स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ महानगरपालिका–१५ बस्ने ३४ […]

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ता सविता भण्डारीले उक्त प्रतिवेदन पेस गरेको हो । वार्षिक प्रतिवेदनमा सरकारी वकिल कार्यालयबाट सम्बन्धित तहको अदालतमा दायर रहेका मुद्दा, रिट तथा निवेदनमध्ये ७५ हजार १६५ थान फछ्र्यौट भएकामा […]

दोस्रो पटक आर्थिक गणना हुने, आगामी चैत १ देखि सुरु गर्ने

काठमाडौं । नेपालमा दोस्रो पटक आर्थिक गणना हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले देशभर आर्थिक गणना सञ्चालन गर्ने भएको हो । ‘अर्थतन्त्र मापनको लागि आर्थिक गणना’ भन्ने नारासहित चैत १ देखि असार मसान्तसम्म आर्थिक गणना गर्न लागिएको हो । तथ्यांक कार्यालयले आर्थिक गणना सम्बन्धमा सोमबार तालिका, लोगो र नारा सार्वजनिक गरेको छ । पहिलोपटक […]

साढे २६ सय विन्दु नजिक पुग्यो नेप्से सूचक, उत्पादन तथा प्रशोधन समूहमा उच्च वृद्धि

काठमाडौं । सोमबार नेप्से परिसूचक २८.७३ अंकले बढेको छ । बजार २६३९.६७ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३३५ वटा कम्पनी ८४ हजार २६९ पटक कारोबार हुँदा १ करोड २३ लाख ३० हजार कित्ता सेयर खरिदबिक्री भएको हो । कारोबार रकम भने ६ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ पुगेको छ। यो रकम […]

मन्त्रिपरिषद् बैठकः जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने

काठमाडौँ । सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बैठकले नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने […]

मायाखोला हाइड्रोपावर कम्पनीको ‘लक इन’ अवधि माघ २५ गते सकिने

काठमाडौं ।  मायाखोला हाइड्रोपावर कम्पनीको स्थानीय बासिन्दा, संस्थापक संस्थाका कर्मचारी तथा कम्पनीका कर्मचारीहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि आगामी माघ २५ गते सकिने भएको छ । कम्पनीको कुल ७६ लाख ४८ हजार कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो। हाल कम्पनीका संस्थापकहरुको ६६ लाख कित्ता, स्थानीयको १० लाख कित्ता र कर्मचारीहरुको ४८ हजार कित्ता सेयर […]

१७ वर्षपछि भिरकाटे–दोवा सडक स्तरोन्नति

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडकमार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ । वि.सं. २०६६ मा स्थानीयले करिब रु एक करोड चन्दा सङ्कलन गरी भिरकाटेदेखि दोवा जोड्ने आठ दशमलव दुई किलोमिटर सडकमार्ग खोलेका थिए । मार्गखुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा जिप, ट्याक्टर र मोटरसाइकल मात्र सञ्चालन हुँदै आएको साँघुरो, ग्रेड र घुम्ती […]

केपी ओलीको स्थानहद फुकुवा

काठमाडौं । कपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओलीलाई जाँचबुझ आयोगले स्थानहद लगाएको थियो । आयोगको सोमबार बसेको बैठकले ओलीको विदेश भ्रमणमा लगाइएको रोक र काठमाडौँ उपत्यका छाड्न नपाउने पूर्ववर्ती निर्णय फुकुवा गरेको हो।

मौसमी कारण देखाउँदै ‘ओपेक प्लस’ द्वारा उत्पादन वृद्धि रोक्ने निर्णय

भियना। तेल निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र उसका साझेदार राष्ट्रहरू मिलेर बनेको ओपेक प्लसले मौसमी कारण देखाउँदै फेब्रुअरी र मार्च महिनामा तेल उत्पादन वृद्धि रोकिरहने निर्णय गरेको छ । ओपेकले आइतबार जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिएको हो । यो निर्णय साउदी अरेबिया, रूस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानलगायत ओपेक […]

वीरगन्जमा निषेधाज्ञा जारी

काठमाडौं । वीरगन्जको स्थिति तनावग्रस्त बन्दै गएपछि स्थानीय प्रशासनले वीरगन्ज महानगरको निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको आदेशबाट वीरगन्जको पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकाराचार्य गेटसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरिएको हो ।