नेप्सेमा एउटा कम्पनीको हकप्रद सेयर सूचीकृत  

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पिपुल्स पावर  लिमिटेको ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर  सूचीकृत भएको छ। यस कम्पनीले सेयरधनीहरुलाई जारी गरेको ५० प्रतिशत हकप्रद सूचीकृत भएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।

भारत–अमेरिका बीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर

क्वालालम्पुर । भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी युद्धमन्त्री पिट हेगसेथले शुक्रबार मलेसियाको राजधानी क्वालालम्पुरमा ऐतिहासिक १० वर्षे ‘भारत–अमेरिका प्रमुख रक्षा साझेदारी ढाँचा’ मा हस्ताक्षर गरेको  छ । २ देशबीच बढ्दो रणनीतिक सहकार्यलाई बलियो बनाउने उद्देश्यले गरिएको यो सम्झौताले भारत–अमेरिका रक्षा सम्बन्धलाई नयाँ युगतर्फ अग्रसर गराउने बताइएको छ । सम्झौतापछि अमेरिकी युद्धमन्त्री हेगसेथले आफ्नो सामाजिक […]

मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

मुस्ताङ।  अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डको आधादर्जन स्थानमा पहिरोले क्षति पु-याएको छ । जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । जोमसोम–कागबेनी सडकअन्तर्गत जोमसोमदेखि कागबेनी जाने पाण्डा खोला नजिकको तीन स्थानमा पहिरोले सडक संरचनामा क्षति पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद […]

सस्तोमा सेयर खरिद गर्ने अवसर, ९ कम्पनी बजार भाउ २०० भन्दा कम, कुन-कुन हुन् ?

काठमाडौं । पछिल्लो ५ कारोबार दिनमा सेयर बजार १०० अंकभन्दा धेरैले बढको छ । बजारसँगै अधिकांस कम्पनीहरुको सेयर भाउमा पनि वृद्धि आएको छ । तर, अझै पनि केही कम्पनीहरुको सेयर सस्तोमा खरिद गर्न सकिन्छ । यसअघिको हाई विन्दुबाट हेर्दा हाल नेप्से सूचक निकै तल झरिसकेको छ । त्यसैले यो समय सेयर खरिद गर्नका लागि  अवसर हुने […]

बिपी राजमार्ग अवरुद्ध

धुलिखेल। वर्षाका कारण बिपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिकाको विभिन्न स्थानमा आज सडकमाथिबाट लेदो आएर सडक अवरुद्ध भएको छ । रोशी–७ स्थित चारसय बेँसी, वडा नं ९ को बिरुवाडाँडा, बोक्सेकुना, नार्के र वडा नं ११ को डालाबँसीमा सडक माथिबाट लेदो र ढुङ्गा खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । अवरुद्ध सडक […]

नारायणगढ–मुग्लिन सडक सञ्चालन

मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाकामना–५ तुइनखोला पुल नजिकै पहिरो खसेपछि सडकमा यातायात आवगमन अवरुद्ध भएको थियो । सडक विभागको मेसिनले पहिरो पन्छाएपछि बिहान १०ः२५ बजेदेखि दुईतर्फी रुपमा यातायात सञ्चालन भएको उनले जानकारी […]

वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ । दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल रु २५ करोड ९६ लाख ३८ हजार ३४० को लागतमा निर्माणाधीन छ । हालसम्म ९० प्रतिशत निर्माण पूरा भएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए । पुल निर्माणसँगै नदी नियन्त्रणका सिलसिलामा पुल वरपर तटबन्धको काम पनि जारी […]

नेशनल लाईफ इन्स्योरेन्सको ‘सफलताको शुरुवात’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि १ रात २ दिनको “सफलताको शुरुवात” कार्यक्रम पोखरा स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८२ भाद्र महिनामा संचालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई  महानायक राजेश हमालको उत्प्रेरणात्मक बिचार तथा अनुभव शेयर गर्ने उदेश्यले कार्यक्रम […]

भक्तपुरमा पनि ‘एक्सप्रेस–टी’ डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’ का ग्राहकहरूका लागि भक्तपुरमा नयाँ डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकामा बढ्दो एक्सप्रेस–टीको प्रयोग र ग्राहकको सहजतामाथि केन्द्रित हुँदै सिप्रदीले भक्तपुरको सल्लाघारीमा यो नयाँ सर्भिस सेन्टर सुरु गरेको हो। अब बालकुमारी र गोंगबुमा रहेका सर्भिस सेन्टरसँगै एक्सप्रेस–टीका सबै […]

बढ्यो सुनचाँदीको मू्ल्य ,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २ हजार ७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सनु शुक्रबार २ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ रहेको थियो । यसदिन चाँदीको मूल्य ८० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँ […]