कार्तिक शुक्ल प्रतिपदा : आज गोरु, गोवद्र्धन र हलि पूजा

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदाको दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि […]

आजदेखि  नेपाल संवत् ११४६  प्रारम्भ

काठमाडौं । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका थिए । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध […]

आजको मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव

काठमाडौं । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम  प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै विभागका अनुसार कोशी, […]

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको […]

सरकारले चुनाव गराउन भन्नेमा आशंका छ : एमाले 

काठमाडौं । नेकपा एमालेले निर्धारित समयमा वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा एमालेले यस्तो आशंका व्यक्त गरेको हो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार बैठकमा सहभागी एमाले नेताहरूले वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेका छन्। उनीहरू […]

सर्वदलीय बैठकमा दलहरूको चासो चुनावी सुरक्षा 

काठमाडौं । सर्वदलीय बैठकमा दलहरूले चुनावी सुरक्षाबारे चासो राखेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सर्वदलीय बैठक जारी छ । नेताहरूले पालैपालो बोल्ने क्रम चलिरहेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार पहिलो चरणमा सबैले बोल्ने क्रम करिब अन्त्यतिर पुगेको छ । मन्त्री खरेलका अनुसार ‘निर्वाचनमा जाने कुरामा सबैको सहमति […]

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

लिस्बन । पोर्चुगलमा अवस्थित नेपाल कल्चर कमियुनिटि कोइम्ब्रा द्वारा आयोजना गरिएको तिहार विशेष सांस्कृतिक कार्यक्रम आइतबार, (अक्टोबर १९, २०२५) कोइम्ब्रामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता म्याक्स श्रेष्ठले गरेको थिए भने प्रमुख अतिथि पोर्चुगली प्रतिनिधि क्यातरिना पिइरेस रहेका थिए। कार्यक्रममा कोइम्ब्रा र वरपर क्षेत्रका नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सञ्चालक सन्तोष पाण्डेको […]

ऊर्जा मन्त्रीले लिए लक्ष्मीपुजाको दिन विद्युतको माग र आपूर्तिको जानकारी

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन सोमबार साँझ नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको भ्रमण गरेका छन् । ऊर्जा,जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरु, विद्युत विकास विभागका […]

विद्युत प्राधिकरणले काट्यो जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ र घोराही सिमेन्टसहित ६ उद्योगको लाइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेर प्रिमियम महसुल नतिर्ने उद्योगहरूको विद्युत आपूर्ति बन्द गरेको छ। मंगलबार बिहानैदेखि प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्स का लाइन काटेको हो। यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत प्रयोग गरे पनि प्राधिकरणलाई तिर्नुपर्ने थप […]

‘घोडाजस्तै काम गर्नुस्’– जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची

काठमाडौं । जापानको राजनीतिक इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्रीको रूपमा साने ताकाइची पदासीन भएकी छन्। अक्टोबर २१ मा संसदबाट निर्वाचित भएपछि उनले कार्यभार सम्हाल्दै देश पुनर्निर्माण र सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (LDP) लाई पुनः सशक्त बनाउन निरन्तर परिश्रम गर्नुपर्ने बताइन् । प्रधानमन्त्री बनेकी ताकाइचीले पदग्रहण भाषणमा परम्परागत वर्क–लाइफ ब्यालेन्सको अवधारणालाई अस्वीकार गर्दै ‘कडा परिश्रम’लाई मात्र […]