नेपालीले विदेश घुमफिरमा साढे २१ अर्ब खर्चिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालीले विदेश घुमफिरमा साढे २१ अर्ब बढी रकम खर्च गरेको जनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो तीन महिनामा  विदेश घुमफिरमा जाने नेपालीले साढे २१ अर्ब रुपैयाँ हाराहारी खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार भ्रमण व्यय पहिलो त्रैमासको समीक्षा अवधिमा १६.४ प्रतिशतले बढेर ६४ अर्ब ५९ […]

पौने ३० खर्ब पुग्यो कुल विदेशी विनिमय सञ्चिति

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भई २०८२ असोज मसान्तमा रु.२९७९ अर्ब ८१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ […]

तीन महिनामा १३० खर्ब तरलता प्रशोचन

काठमाडौं । वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि नेपाल राष्ट्र बैंकले विभिन्न समयमा गरी १३० खर्ब बढी तरलता बढी प्रशोचन गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु. ७१४ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत रु.१२३ खर्ब ६१ अर्ब ३० करोड गरी कुल रु.१३० खर्ब ७५ अर्ब […]

तरलताका बाबजुद करिब ८३ अर्बले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा तरलताका बाबजुद पनि निजी क्षेत्रका कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशत (रु.८२ अर्ब ९३ करोड) ले वृद्धि भई रु.५५ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो […]

अप्पर तमाकोशी हाड्रोपावरको नाफा बढ्यो

काठमाडौं । अप्पर तमाकोशी हाड्रोपावरले ‍आर्थिक वर्ष २०८२\८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक  गरेको छ  । विवरण अनुसार कम्पनीको नाफा बढेको छ । यसको विद्युत बिक्री बढेपछि नाफा बढेको देखिन्छ । चालु आवामा कम्पनीलाई १ अर्ब ६७ करोड ४६ लाख  रुपैयाँको नाफा भएको छ । गत आवको तुलनामा यो १ अर्ब ४ करोड २७ […]

डोंगफेङ नामीको उपस्थिति थप मजबुत: बिर्तामोडमा अत्याधुनिक शोरूम उद्घाटनपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

बिर्तामोड।डोंगफेङ नामीको अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रा. लि.बिर्तामोडमा आफ्नो नयाँ अत्याधुनिक शोरूमको उद्घाटन गरेको छ। यो कदम नेपालभर आफ्नो सञ्जाल विस्तार गर्ने कम्पनीको प्रतिबद्धतामा एक महत्वपूर्ण उपलब्धि हो। साथै यसले ग्राहकहरूको आवश्यकता पूरा गर्ने उद्देश्यलाई पनि बलियो बनाएको छ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बलराम थापा, झापा उद्योग वाणिज्य संघका संस्थापक सदस्य,  प्रशन्न पन्त, एमएडब्लू वृद्धि मोटर्सका […]

साढे ५ खर्ब भित्रियो रेमिटेन्स

काठमाडौं ।   विप्रेषण आप्रवाह ३५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई रु ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । २०८२ असोज महिनाको विप्रेषण आप्रवाह रु २ खर्ब १ अर्ब २२ करोड […]

हिमालयन रिइन्स्योरेन्सको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको नाफा बढेको छ । कम्पनीको चालु आवको पहिलो त्रैमासिक अवधिमा खुद नाफा ८.६ प्रतिशत बढेर २४ करोड ५८ लाख रुपैयाँ पुगेको छ। गत आवको यसै अवधिमा यस्तो नाफा २२ करोड ६३ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम आम्दानी ९.३ प्रतिशत बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको छ । गत […]

एसवाई प्यानलको आइपीओ बाँडफाँट

काठमाडौं । एसवाई प्यानल नेपालको आइपीओ आज बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज यो कम्पनीको आइपीओ बाँडफाँट गरिएको हो। यो कम्पनीको ४० लाख ७६ हजार १५६ कित्ता आइपीओ गत कात्तिक १९ गतेदेखि कात्तिक २३ गतेसम्म बिक्री खुला गरिएको थियो। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार अन्तिम दिनसम्म यो आइपीओमा २१ लाख […]

शिवम् सिमेन्टको नाफा साढे १६ गुणाले बढ्यो

काठमाडौं ।  शिवम् सिमेन्टको नाफा १६.५० गुणले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ९६ लाख नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २७ लाख नाफा कमाएको थियो । बिक्री आम्दानी बढेकोले कम्पनीको नाफा बढेको हो । कम्पनीको गत आवको पहिलो त्रैमासमा बिक्री आम्दानी […]