कति बैंक तथा वित्तीय संस्था परे सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यको सुपरिवेक्षण कारबाहीमा ?

काठमाडौं । नेपाल सरकारले आफनो लगानी गैरकानुनी रुपमा लगानी नगर्ने प्रतिवद्धता गरेको छ । सरकारले विभिन्न संघ संस्था तथा व्यक्तिलाई समेत गैरकानुनी तथा आतङ्ककारी कार्य प्रयोग नगर्न भनिरहेको अवस्थामा सरकार भने उक्त प्रतिवद्धताबाट चुकेको देखिन्छ । फलस्वरुप सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अनुसन्धान र कानुन कार्यान्वयनमा राजनीतिक नेतृत्वको उपेक्षाका कारण नेपाल ‘ग्रे लिस्ट’ मा रहेको छ । सम्पत्ति […]

निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेमा मन्त्रालयसँग सम्बन्धित कलेजका सबै काम रोकिने बताएका छन्। आज स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकका प्रतिनिधिहरूबीच भएको वार्तामा उनले  निर्वाह भत्ता दिनुपर्ने विषयमा चिकित्सा शिक्षा आयोगले निर्णय गरिसकेको कुरामा तर्क गरिराख्नुको औचित्य नभएको बताए । […]

चार दिन पछि बढ्यो शेयर बजार, नेप्से र कारोबार रकम सामान्य अंकले बढ्यो

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । आइतबार देखि घटेको शेयर बजार बिहीबार बढेको हो । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८.०२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.२३ अंकले बढेर ४४७.२६ विन्दुमा पुगेर बन्द भएको छ । […]

एनएमबीको सीईओमा घिमिरे

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त​ भएका छन् । उनले बुधबारदेखि नै औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ वर्षदेखि एनएमबि बैंकसँग आबद्ध छन् । ​ बैंकको विभिन्न विभाग तथा शाखाहरूसमेतको नेतृत्व गरेर कार्य अनुभव हासिल गरेका घिमिरे यस अघि […]

एक सातादेखि अवरुद्ध गल्फागाड श्रीनगर सडक सञ्चालनमा

अदानचुली (हुम्ला) । बाढीले अवरुद्ध बनाएको गल्फागाड श्रीनगर सडक खण्ड सञ्चालनमा आएको छ । वैशाख ४ गते परेको अविरल वर्षासहितको पहिरोका कारण भत्काएको सडक मर्मतपछि सञ्चालनमा आएको हो । नियमित रूपमा सञ्चालनमा रहेको उक्त सडक खण्ड वर्षाका कारण एक सातादेखि पूर्ण रूपमा अवरुद्ध भएको थियो । गाउँपालिकाले एक्स्काभेटरमार्फत निरन्तर मर्मत गरेपछि सञ्चालनमा आएको छ । […]

बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् प्रतिनिधिसभाको भोलि सुरु हुने बैठकमा सम्बोधन गर्ने भएका छन् । संसद्‌को बजेट अधिवेशन भोलि सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठकमै प्रधानमन्त्री ओलीको सम्बोधन हुने एमाले मुख्य सचेतक महेश बर्तौलाले बताए । सरकारले संसद्लाई महत्व दिने र संसद्‌मा जनताका कुरा सम्बोधन गर्ने सन्देश दिनका लागि प्रधानमन्त्रीले सम्बोधन […]

स्थानीयले आफ्नै घरका पेटी भत्काएर गरे सडक विस्तार

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन् । दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयले आफ्ना घरहरू आँगनका संरचना भत्काएका मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए । यसअघि तीन दशमलव पाँच मिटर फराकिलो सडकको दायाँ बायाँका संरचना हटाएर पाँच […]

‘प्रोजेक्ट बैंक’मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौती

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनयोग्य र नतिजामुखी आयोजना तथा कार्यक्रममा मात्रै केन्द्रित गर्ने सरकारको तयारीपछि राष्ट्रिय आयोजना बैङ्क (प्रोजेक्ट बैङ्क) मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौतीमा परेका छन् । जथाभावी आयोजना प्रविष्ट (इन्ट्री) गरेर बजेट माग्ने प्रवृत्ति बढेपछि राष्ट्रिय योजना आयोगले पुरानो प्रोजेक्ट बैङ्कलाई नै निष्क्रिय तुल्याएको छ । आयोगका […]

दुई लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन, आजदेखि कारोबार 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरिएको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको हो। स्वाभिमान लघुवित्तले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेसँगै कम्पनीको शेयर मूल्य समायोजन गरिएको हो। समायोजनको आधार मूल्य कम्पनीको अन्तिम […]

बेजोड स्टाइल र अद्वितीय फिचरले भरिएको दिपल इभीमा अब ‘छुटाउनै नमिल्ने’ प्रि–बजेट अफर

काठमाडौं । नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा उच्चकोटीको इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल इभी खरिद गर्ने सोचिरहनु भएका ग्राहकका आकर्षक अफरहरुसहितको ‘अनमिसेबल’ (छुटाउनै नमिल्ने) प्रि–बजेट स्किमको घोषणा गरेको छ । बजेट आउनुभन्दा पहिलो सार्वजनिक गरिएको यो स्किम बेजोड स्टाइल र अद्वितीय फिचरहरुले भरिएको दिपल इभीलाई आकर्षक अफरहरुसहित खरिद गर्ने यो […]