जापानमा विदेशी बासिन्दाको सङ्ख्या करिब ४० लाख पुग्यो

टोकियो । जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूको सङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । देशमा श्रम शक्ति अभावका कारण पछिल्ला वर्षहरूमा विदेशी कामदारहरूलाई ठूलो सङ्ख्यामा स्वीकार गरिँदै आएको छ । सरकारी तथ्याङ्क अनुसार सन् २०२५ को जुन महिनाको अन्त्यसम्म जापानमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने विदेशी बासिन्दाहरूको सङ्ख्या ३९ लाख ५६ हजार पुगेको हो […]

कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य पुनः नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार सम्पन्न १९ औं वार्षिक साधारणसभा पछि बसेको सञ्चालक समितिको ४०१ औं बैठकले आचार्यलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । आचार्य यसअघि पनि बैंकको अध्यक्ष पदमा मै थिए । बैंकको शुक्रबार सम्पन्न १९ औं वार्षिक साधारणसभावाट आगामी चार […]

जेनजी आन्दोलनमा भएको क्षतिमा २३ अर्ब २२ करोड रुपैयाँ बीमा दाबी, कति भयो भुक्तानी ?

काठमाडौं । देशमा हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कूल बीमा दाबी रकम करिव रू. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ । विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमा दाबीको करिव रू. २३ अर्ब २२ करोड ८७ लाख दाबी […]

विपी राजमार्ग सञ्चालनमा

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने विपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगैको बाढी पहिरोबाट राजमार्गको काभे्र र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थायी रुपमा मर्मत गरी एकतर्फी रुपमा सञ्चालन गरिएको छ । […]

‘जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई महानगरपालिकाद्वारा पाँच लाख सहयोग

ललितपुर । यही भदौ २३ गते ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त शहीद विनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिकाले रु ५ लाख सहयोग गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले शहीद महर्जनकी आमा लता महर्जनलाई रु ५ लाख खातामा जम्मा गरिएको भौचरसहित समवेदना पत्र प्रदान गरे । यही असोज १० गते बसेको महानगर कार्यपालिका […]

राष्ट्र बैंकद्वारा फस्ट पेको लाइसेन्स रद्द, प्रभु टेक्नोलोजी पनि कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ । प्रभु टेक्नोलोजी र फस्ट पे टेक्नोलोजीलाई केन्द्रीय बैंकले कारबाही गरेको हो । फस्ट पेको लाइसेन्स नै रद्द गरिएको छ भने प्रभुको नविकरण नगरिएको राष्ट्र बैकले जनाएको छ । यससँगै उक्त संस्थाहरुले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन […]

एटीएमबाट एक पटकमा २० हजार मात्र झिक्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएमबाट रकम झिक्ने सिमा घटाएको छ । केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ लाई संशोधन गर्दै एटीएमबाट झिक्न मिल्ने रकमको सिमा घटाएको हो । अब एटीएमबाट एक पटकमा २० हजार रुपैयाँ मात्र झिक्न पाइने भएको छ । यस अघि एक पटकमा २५ हजार रुपैयाँ झिक्न सकिन्थ्यो । यसैगरी, एक दिनमा ५० […]

सम्पत्ति छानबिनको जोडदार माग उठेको समयमा विभागको नेतृत्वमा आए ठाकुर, कसरी अघि बढ्ला सम्पत्ति शुद्धीकरणको विषय  ?

काठमाडौं । पछिल्लो समय मुलुकमा आएको राजनीतिक परिवर्तनसँगै सम्पत्ति शुद्धीकरणको विषयले प्राथमिकता पाएको छ । जेनजी आन्दोलनका कारण सरकार परिवर्तन भएको अवस्थामा उनीहरुले सम्पत्ति शुद्धीकरणको समेत माग गर्दै आएका छन् । जेन–जी पुस्ताले आफ्नो प्रमुख माग २०४६ सालदेखि यता बनेका सरकार र ती सरकार सञ्चालनको क्रममा भएको भ्रष्टाचार छानबिनको माग गरेका छन् । साथै २०४६ […]

भेनेजुएलाकी मारिया कोरिना माचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

काठमाडौं । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो लाई २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ। नर्वेजियन नोबेल समितिले उनलाई भेनेजुएलामा स्वतन्त्र र निष्पक्ष चुनावको मागका लागि अहिंसात्मक रूपमा संघर्ष गर्ने साहसी नेतृका रूपमा सम्मान गरेको हो। माचाडोले राष्ट्रपति निकोलास मदुरोको अधिनायकवादी शासनविरुद्ध लोकतन्त्र र मानवअधिकारका पक्षमा लामो समयदेखि अभियान चलाई आएकी छिन् । […]

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

गोरखा। यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५ करोड राजस्व सङ्कलन भएको छ । यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् रु १५ करोड ७६ लाख ४० हजार १९५ राजस्व सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि […]